Goraksha

National Daily

वार्षिक उत्सव तथा साधारणसभाको तयारी पूरा

लक्ष्मण बस्नेत
तुलसीपुर, ३० कार्तिक । पतन्जली योग अरनिको साधना केन्द्र तुलसीपुर ५ को मंसिर १ गते शनिवार हुने दोस्रो वार्षिक उत्सव तथा साधारणसभाको तयारी पूरा भएको छ ।

अरनिको समिक्षालय भवनमा हुने साधारणसभाको पतन्जली योग लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
बिहान साढे चार बजेदेखि सुरु हुने साधारणसभाको मंच ब्यवस्थापन,आतिथ्य सत्कार,जलपान,प्रचारप्रसार लगाएत सबै तयारी पूरा भएको केन्द्रका अध्यक्ष लोकराज गिरीले जानकारी दिनु भएको छ ।

सभामा महासचिव बिमल श्रेष्ठले केन्द्रले वर्षभरी गरेका प्रगती तथा प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष हरि कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैबिच आयोजक अरनिको साधना केन्द्रले साधारणसभालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न पतन्जली योग प्रदेश,जिल्ला,नगर तथा साधना केन्द्र,सहयोगी दादा, योग अनुरागी दिब्यजन लगाएत सबैमा गरिमामय उपस्थितिलागि हार्दिक अनुरोध गरेकोछ ।