लकडाउन दश दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १४ वैशाख । सरकारले थप दश दिन लकडाउन थप्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्रि परिषदको बैठकले बैशाखको १५ गतेसम्म भएको लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । नेपालमा ५२ जना कोरोना भाइरसका बिरामीहरु रहेका छन । पछिल्लो पटक आज झापामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्वसमा दुई लाख ३ हजार चार सय ३२ जनाको मृत्यु भैसकेको छ ।