रोग प्रतिरोधात्मक क्षमताबृद्धी गर्न आयुर्बेद पद्धति प्रयोग गर्ने : मन्त्री बराल

सुशील बस्नेत
दाङ,१४ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र प्रदेश सरकार तथा प्रदेश सभासदहरुको भूमिकामा भिडियो कन्फ्रेरन्स मार्फत संबाद भएको छ ।

आईतबारको संबादमा प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुर्दशन बराल, सार्वजनीक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, जनता समाजबादी पार्टीका सभासद सन्तोष पाण्डे र नेकपा पार्टीका सभासद् थनाकुमारी थापाबीच संबाद भएको थियो ।

संबादमा मन्त्री बरालले आयूर्बेद चिकित्सा पद्धतिलाई अगाडी बढाउन लागिएको जानकारी दिएका छन । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्बेद चिकित्सा पद्धति र ओखती प्रभाबकारि हुने भएकाले आयुर्बेद स्वास्थ्य संस्थाहरुमा परिपत्र गरि सकिएको जानकारी दिएका हुन । त्यसबाहेक कोभिड १९ को टेष्टका लागि तालिम प्राप्त स्वास्थ्य प्राबिधिकहरुलाई स्वाथ्य चौकिमा खटाईन लागिएको उनको भनाई थियो ।

प्रदेश ५ मा शैक्षिक गतिबिधिलाई कसरी संञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सोमबार सरोकारवाला पक्षसँग छलफल आयोजना गरिएको बताएका मन्त्री बरालले पहाडी क्षेत्रमा सामाजीक दुरीलाई ध्यान दिदै बिद्यालय सञ्चालन गर्ने तयारी भईरहेको बताए । उहाँले पाठ्यपुस्तक खरिदका लागि स्टेशनरी पसलहरु खुल्ला राख्ने गरि तयारी गरिरहेको बताएका थिए ।
प्रदेश ५ का बिभिन्न जिल्लामा झण्डै २० लाख ३० हजार मानिस भित्रिएको जानकारी दिए । उनले भने–‘जमुना नाकाबाट मात्र २५देखि ३० हजार,कोईलाबास नाकाबाट १८ देखि २५ हजार र बेलीया नाकाबाट २५देखि ३५ हजार मानिस भित्रिएका छन ।’ त्यस्तै अन्य नाकाबाट समेत ठुुलो मात्रमा मानिस भित्रिएका छन ।

सार्वजनीक लेखा समितका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग मानिस भित्रिएको तथ्याङक नभएको बताए । उनले कति जना क्वारेन्टाईनमा बसे र कति बसेन्न त्यसबारेमा पनि प्रदेश सरकारले बिशेष निगरानी राख्नुपर्ने बताएका थिए ।

उनले प्रदेश सरकारसँग भएको झण्डै १३ करोड रुपैया कहिले खर्च गर्ने प्रस्न गर्दै यो अबस्थामा नगरेको खर्च कहिले गर्नुे हो भनेर प्रश्न समेत गरे ।

जनता समाजबादी पार्टीका प्रदेश सभासद सन्तोष पाण्डेले सबै जना प्रदेश सभासदहरुलाई कम्तीमा दैनिक १ पटक फोन सम्पर्क गर्दा सहकार्यको ढोका खुल्ने बताए । एक जना मन्त्रीले १५,१६ जना सभासद्लाई फोन गर्न सक्छ उनले भने ।

उनले सबैभन्दा खटिने र दुख गरेका तल्लो दर्जाका प्रहरीहरुलाई स्याबासी दिनुपर्ने बताउनुभयो ।
नेकपाका सभासद थनाकुमारी थापाले लकडाउनको समयमा लैगिंक हिंसाका घटना भएको भन्दै दुख ब्यक्त गर्नुभयो । लकडाउनमा हुनै नसक्ने घटना भए जुन बलत्कार भएका छन् । उनले कोरोनाका कारण कडाउनमा महिलाहरु झनै पीडित भएको बताए ।

संबाद समूहले यसअघि प्रमुख जिल्ला अधिकारी, चिकित्सक, किसान, राजनीतिक दल, जिल्ला समन्वय समितिका संयोजक, पालिका प्रमुख, पत्रकार, नागरिक समाज लगायतसँग कोभीड १९ को त्रासमा यसमा अपनाउनुपर्ने सर्तकता र सरोकारवाला पक्षको भूमिकाका बारेमा संबाद गराएको छ । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गराएका थिए ।