calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

जीवनका पानाहरू

भुवन पोख्रेल

जीवनका पाटाहरु स्मरण गर्दा अनेकन र उल्झन, बाधा, कठिनाइसँग जुझ्दै, सिङ्गौरी खेल्दै अघि बढ्नु पर्दो रहेछ । पछाडि फर्केर समेत हेर्ने फुर्सद हुँदो रहेननछ र समयको रफ्तारसँग कैयौँ सम्बन्ध टाढिएर जाँदा रहेछन् र केयौँ नयाँ सम्बन्ध जोडिने रहेछन् । सम्बन्धको जालोमा जीवन जेलिरहँदा तोडिने र जोडिने क्रम चलिरहने रहेछ । जिन्दगीको जोडघटाउमा औँला भाँच्दाभाँच्दै समयले कोर्रा हानेर नेटो काटेका पाटो हुँदा बल्ल पो झल्यास्स भइँदोरहेछ । मनका पाटा पल्टाउँदै जाँदा यसले भन्दोरहेछ, ‘ए !

जिन्दगी तँ सुस्त–सुस्त चल तँसँग मेरो थुप्रै हिसाबकिताब र लेनदेन बाँकी छ । तैँले लगाएका धेरै गुण तिर्नु छ, तँसँग फुर्सदमा भलाकुसारी गर्नुछ ।’ जिन्दगीले यो चाला देखेर मन कुँडिदोरहेछ । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन नपाइ जिन्दगीका स्वर्णिम पलहरु बितिसक्दा रहेछन् । अब आफ्नो जिन्दगीसँग गुनासो गर्ने केही ठाउँ रहँदैन । जीवन जिउने शैली, खानपान रहनसहन, भेषभूषा व्यक्ति स्वयम्लेभन्दा ऊ बाँचेको समाजले निधो गर्दोरहेछ । व्यक्तिका यच्छा, आकाङ्क्षा, रहर त घरभित्रको पर्खालमा सीमित हुँदा रहेछन् । भेट्नु र छुट्नु नै जिन्दगीको नियति रहेछ, त्यसैले त जिन्दगीसँग कुनै गुनासो गर्ने ठाउँ रहने रहेनछ । जिन्दगी त चल्छ आफ्नै तालमा र सुरमा तर त्यस सुरुमा लय र ताल मिलाउनेको बन्छ जिन्दगी सङ्गीतमय । जिन्दगीको मिठास लिन जिन्दगी जिउने कला सिक्नु पर्दोरहेछ अनि मात्र बन्ने रहेछ जिन्दगी प्रेरणमय ।

जिन्दगी जिउनु मात्र होइन यसमा उर्जा भर्नु पर्छ अनि मात्र बन्छ जिन्दगी अर्थपूर्ण । जिन्दगीमा हामीले थुप्रै सपना पूरा गर्न खोज्दछौँ तर सबै सपना पूरा हुँदैनन् । एउटा सपनाको अवसान भयो भने सोच्दछौँ जिन्दगी वर्वाद भयो, बाँच्नुको के अर्थ अनि जन्म हुन्छ नकारात्मक सोच । एउटा सपनाको अवसान हुनु भनेको अर्को सुन्दर सपनाको सिर्जना पनि हुनु हो भन्ने सकारात्मक सोचका साथ अघि बढ्नु पर्दछ । सकारात्मक प्रवृत्तिले जिन्दगीका अँध्यारो पाटाहरुलाई चिर्दै आशाको दियो बाल्न मद्दत गर्दछ ।

मानिसमा रहेको एक किसिमको अदृश्य तङ्खव उसको अन्तरइच्छा हो, त्यसले उसलार्य आवश्यकता पूरा गर्न अग्रसर गराउँछ । आवश्यकता देखाप¥यो भने प्रेरणाको पनि जन्म हुन्छ । ती आवश्यकता पूरा गर्न व्यक्तिभित्र चाहना जाग्छ । भित्री चाहना पूरा नहुँदा तनाव हुन्छ, तनावले मान्छेमा सकारात्मक उर्जा थप्दै क्रियाशील बनाउँछ । काम ग¥यो भने आवश्यकता पनि पूरा हुन्छन् र मानिसलाई सन्तुष्टि प्राप्त हुन्छ । सन्तुष्टि भनेको जीवन जिउने मूलमन्त्र हो । जीवनमा कोही पनि पूर्ण सन्तुष्ट हुँदैन । पढाइमा असन्तुष्ट, जागिरमा असन्तुष्ट, व्यापारमा असन्तुष्ट, सम्बन्धहरुबाट असन्तुष्ट, व्यवसायमा असन्तुष्ट । जीवनमा कोही पनि पूर्ण हुँदैन तसर्थ आत्मसन्तुष्टि नै जिन्दगीलाई रङ्गीन बनाऔँ ।

मानिस एउटा आवश्यकता पूरा भयो भने एकछिन् सन्तुष्ट हुन्छ तर अर्को आवश्यकता जन्मिहाल्छ, फेरि त्यो आवश्यकता पूरा भएन भनी असन्तुष्ट भइदिन्छ । अभाव र समस्याका बिच जिन्दगीमा आशा जगाउनका लाग हानी निष्क्रिय होइन सक्रिय भएर बाँच्नु पर्दछ । विगतमा चालेका गलत कदमबाट पाठ सिकनेर वर्तमान जीवन सहज बनाइ अघि बढाउनु पर्दछ । अतीतको पश्चातापमा वर्तमानको सुन्दर भविष्य बोझिलो बनाउनु हुँदैन । जिन्दगीमा यो चाहिँ राम्रो गरिएन, यहाँनेर गल्ती गरियो, समयलाई सदुपयोग गर्न जानिएन, समय वर्वाद गरियो भनेर आत्मसमीक्षा गर्नु त सकारात्मक पक्ष हो ।

आत्ममूल्याङ्कन गरेर जीवनलाई उज्यालो पाटोतिर मोडनु पर्दछ । जिन्दगीले हामीलाई कहिले किनारामा फालिदिन्छ, कहिले मझधारमा हेलिदिन्छ, कहिले छालहरुमा डुबाइदिन्छ, कहिले उतारिदिन्छ, कहिले डुबाइदिन्छ । तसर्थ जीवन एउटा प्रवाहशील नदीहरुको आरोह अवरोहलाई झेल्नु पर्छ । नदीको प्रवाहशील बेगजस्तै जीवनमा सुख–दुःख दुवै झेल्नु पर्छ । उकालीओराली पार गर्नु पर्छ । नदीले आफ्नो धारलाई परिवर्तन गरेझैँ जीवनकै धार पनि बदलिन सक्छ । त्यसर्थ जिन्दगीमा विचलित हुनु हुँदैन । जिन्दगीका उल्झन, समस्या र अप्ठ्यारा पक्षलाई चुनौतीका पहाड जस्तो मात्र नबनाई यसलार्य अवसरको चाङ देख्नु पनि जिन्दगीको उज्यालो पक्ष हो । जीवन भनेको खुसी मात्र होइन यो दुःखको भुमरी पनि हो भन्ने तीतो यथार्थलार्य हामीले बुझ्यौँ भने आत्म संयमित भएर बाँचने कला सिक्छौँ । जिन्गीका बाटोहरुमा फूलैफूल विछ्याएको हुँदैन । तिखा काँडाहरु पनि पार गरेर हिड्न सिक्नु पर्छ ।

जीवन हाँसो मात्र कहाँ हो र, यहाँ आँसु र रोदन पनि भोग्नु पर्दो रहेछ । जीवनमा सधौ खुसीको वर्षा छाओस् अनि दुःखको एउटा छिटा पनि नपरोस् भन्ने सबैको चाहना हुँछ । आफ्नो भागमा हामी सुख मात्र खोज्छौँ । त्यो बाँकी रहेको दुःख पनि त कहाँ जाओस् त घुमिफिरी आउँछ । हामी स्वार्थी सोच राख्दछौँ, सुखभोग आफूले मात्र गर्ने हो र अरुलाई के सुख चाहिँदैन र ? यस्तो नकारात्मक सोच पाल्यो भने हामीले आफैँ आफ्नो जीवन पीडादायी बनाउँछौँ । जिन्दगीको मैदान सङ्घर्षपूर्ण छ, सुख–दुःख जीवनका पाटा हुन्, यी पालोपालो आउँछन् भन्ने तीतोसत्यलाई नकार्न पुग्दछौँ ।

जिन्दगीका कुनै घुम्ती वा मोडहरुमा अलिकति समस्या र अप्ठेरो पर्नासाथ हामी विचलित भइदिन्छौँ, त्रसित र आतङ्कित भइदिन्छौँ । जीवनको यात्रा कठिन छ, त्यो कठिनाइभित्र पनि रहस्य लुकेको छ । जिन्दगीको रफ्तारमा दौड्दादौड्दै अत्तालिनु कदापि हुँदैन । जिन्दगी जिउने तरिका वा कला सबैको एउटै हुँदैन, जिन्दगीप्रतिको बुझाइ सबैको एउटै हुँदैन । जिन्दगीलाई रङ्गीन बनाउन यसमा रङ भर्ने कला हुनु पर्छ । जिन्दगीसँग कहिल्यै आत्तिनु र मात्तिनु हुँदैन ।

यसलाई अरुले के भन्लान् भनेर होइन आफ्नोभित्र रहर र इच्छा के छ त्यसको ख्याल राखेर आफ्नो अनुकूल अघि बढाउनु पर्छ । किनभने जिन्दगी आफ्नो हो यसमा आफू सन्तुष्ट हुनु पर्दछ । ओठमा हाँसो र आँखामा खुसी र सुखसुविधाका लागि मात्र मान्छेले आफ्ना स्वर्णिम क्षणहरु खर्चिरहेका छौँ । व्यक्तिगत सुविधा र खुसीका लागि मात्र मान्छे बाँचेको छैन । आपसी सम्बन्धका जालोमा मानिस जेलिरहेको छ । सम्बन्धको घनिष्ठता आपसी बसउठ, हेलमेल र सम्पर्कले झाँगिँदोरहेछ । परिवारमा बुवा–छोरा बिचको सम्बन्ध अनुशासन, नैतिकता भद्रता, मर्यादा प्रदर्शनमा बाँच्दोरहेछ । वास्तविकताभन्दा धेरै पर गए र बाबुछोराको सम्बन्ध अडेको हुन्छ ।

यथार्थभन्दा पर गएर छोराहरुले बाबुका अगाडि आदर्शको पर्दा झार्नु पर्दोरहेछ । बाबुको सपना, अहम, गर्वलाई सधैँ छोराले बचाइराख्नु पर्दोरहेछ । उन्नति, प्रगति गरेको छोराको गर्व गर्दै बाबुले फूर्ति लगाउनु पर्ने छोराले प्रगति गर्न नसके बाबु लाचार बन्नु पर्ने बाबुमा आदर्श छोराको मात्र परिकल्पना हुन्छ, त्यो पूरा नहुँदा दुःखी हुन्छ । सुख आफैँभित्र खोज्नु पर्छभन्ने जान्दाजान्दै हामी सुख, छोराछोरीमा खोज्दछौँ अनि सपना छोराछोरीले पूरा गरुन् भन्ने चाह राख्दछौँ अनि सन्तुष्टि वा असन्तुष्टि देखाउँछौँ । हामी किन आफ्ना सन्तानलाई आफूले पूरा गर्न नसकेका बोझिला सपनाको भारी बोकाउन चाहन्छौँ ।

सन्तानको पनि त आफ्ना छुट्टै रहर र सपना हुन सक्छन् । उनीहरुको जीवनमाथि उनीहरुले नै कसरी बाँच्नु पर्छ भन्ने योजना र खाका बनाएका हुन सक्छन् । ती रहर पूरा गरिदिनु हामी अभिभावकको दायित्व होयन र । हामी आमाबाबुले सन्तानबाट स्वार्थको केही लेस पनि नराखी स्वच्छन्द र प्रजातान्त्रिक वातावरण फर्कन, फुल्न, हुर्कन, बढ्न शिक्षादीक्षा प्रदान गर्ने वातावरण जुटाइदिनु पर्छ । जसरी एउटा मालीले फूलबारीको गोडमेल गरेर, मलजल गरेर ढकमक्क फूलेको सुन्दर फूलहरुको बगैँचा तयार पारी जताततै वास्ना भर्दछ त्यसैगरी हामी अभिभावकले परिवारलाई हराभरा गराई त्यसको सुगन्ध टाढाटाढासम्म फैलान सक्नु पर्छ । आफ्ना सन्तानलाई अरुसँग तुलना गरेर कमजोर र दुःखी तुल्याउनु हुँदैन, उनीहरुभित्र भएको क्षमता, प्रतिभा, योग्यतालाई उजागर गरेर योग्य, सफल र क्षमतावान् व्यक्ति बनाउन मार्गदर्शन गर्नु पर्छ । खाली सन्तानमाथि आफ्नो विचार लाद्नु हुँदैन ।

सन्तानले आफू समक्ष नहुँदासम्म सधैँभरि आमाको काख र बाबुको काँधको अपेक्षा राख्दछन् । आमाबाट माया, ममताको पाठ सिकिरहेको हुन्छन् भने बाबुबाट, कूलधर्म, आदर्श अनुशासन, नैतिकताको पाठ सिकिरहेका हुन्छन् । तसर्थ पहिलो पाठशाला घरपरिवार हो र पहिलो शिक्षक आमाबाबु हुन् । छोराछोरीप्रति आमाबबुको भुमिका अहम रहन्छ । उनीहरुको स्वास्थ्य, हेरचाह, दुर्घटनाबाट बचाउने, बौद्धिकताको विकास गराउने सबे दायित्व अभिभावककको हो । बच्चाले घरबाट संस्कार बोकेर आएको हुन्छ, त्यो संस्कारलाई शिक्षासँग जोड्न दायित्व विद्यालयको हो ।

समय परिवर्तनशील छ, समयको धारसँगै हामी चल्नु पर्छ । समय बलवान छ, त्यसर्थ जीवनमा आस्था र विश्वासलार्य सङ्गालेर अगाडि बढ्नु पर्छ भनेर बच्चालाई सानै उमेरमा जिम्मेवार, कर्तव्यनिष्ठ र इमानदारिताको बाटोतर्फ अग्रसर बनाउनु पर्छ । सफलता प्राप्त गर्न व्यक्ति इमानदार बन्नु पर्छ । परिश्रमको फल मिठो हुन्छ भनेझैँ छोटो र सजिलो बाटो हिँडेर सफलता हात पर्दैन । जो चुनौतीका पहाड पनि हाँसिहाँसी चढेको छ, मनवचन र कर्मले गन्तव्यमा पुग्ने अठोट राखेको छ भने ऊ सफलताको शिखरमा अवश्य पुग्छ । उसलाई सफलताले पछ्याउँदै जान्छ ।

अल्छी, कमजोर प्रवृत्ति हुने मान्छेले छिट्टै प्रगति गर्ने, पैसा कमाउने मोहमा लालायित भई गलत बाटो पनि समात्न पुग्दछन् । अहिलेको आधुनिक युवामा पढाइमा धीरता र विश्वास छैन । पढेर के हुन्छ र जागिर पाइँदैन भन्दै ठाडो जवाफ फर्काउँछन् । ल पढेर ठुलो मान्छे, असल मान्छे नभइने हो भने के नपढेर एकाएक सफलताको सिँढीमा पुग्न सकिन्छ त ? यो असम्भव परिकल्पना मात्र । अब सिधै विदेश जाने हो भने पैसा कमाउने हो भन्ने सोच अहिलेका युवा पिढीमा छ ।

विदेशमा रगत, पसिना, श्रम पोख्नु पर्छ भन्ने तीतो यथार्थलाई बिर्सेका हुन्छन् । विदेश जानुभन्दा अगाडि कुनै सिप, पेसामा चाहिने योग्यता, अनुभव, तालिम वा प्रशिक्षण गरेर मात्र गयो भने काम राम्रो पाइन्छ भन्ने सोचभन्दा लहलहैमा विदेश जाने भनेर हुल बाँधेर बिदेसिँदा दुःख, आपत आइलाग्छ, विदेशको सुनको बुटामा पात टिपेझैँ टपाटप पैसा टिप्ने बोट छैनन् । त्यहाँ पनि नियम, कानुनभित्र र परीधिभित्र रहेर घण्टालाई पैसासँग साट्ने हो । काम पाइन्छ भन्ने हो तर काम गर्ने इच्छाशक्ति, जोशजाँगर भएन भने विदेश गएर मात्र हुँदैन, फेरि स्वदेश फर्कनु पर्छ । धन कमाउने लालासा बाकेर मात्र बिदेसिनु भन्दा आफूलाई योग्य, सक्षम, तालिम प्राप्त बनाएर अघि बढ्नु पर्छ ।

अनिश्चित भविष्यको तयारीमा हामी आफ्नो वर्तमान खुसीलाई लत्याइरहेका हुन्छौँ । हामी भने लाखौँ सपनाका चाङ लगाउँछौँ तसर्थ हामी विचलित र दुःखी हुन्छौँ । सीमित जीवनमा हामी असीमित योजनाहरु बुन्दछौँ र ती योजना पूरा गर्न भागदौड गर्दछौँ । अहोरात्र खट्छौँ, आफ्नो जीवनभन्दा सन्ततीको जीवन सहज र खुसी होस् भनी धनसम्पत्ति थुपारिदिन लाग्दछौँ । आफूलाई पुग्ने मात्र नभई आफ्ना सात पुस्तालाई पुग्ने धनसम्पत्ति कुम्ल्याउने लालच पाल्दछौँ अनि सुरु हुन्छ भ्रष्टाचारजन्य क्रियाकलाप । यस्ता अनैतिक क्रियाकलापले आफ्नो जीवन त दलदलमा फसेर नर्क बन्छ साथै सन्तानका लागि पनि हामी आदर्श बाबुआमा नबनी कलङ्कित बन्न पुग्दछौँ अनि जिन्दगीभरका सङ्घर्ष भोगाइबाट हामीले के प्राप्त गर्न सक्यौँ भनी पश्चातापको भुमरीमा फस्छौँ । वास्तविक जीवन जिउन बिर्सेका हुन्छौँ, पछाडि फर्केर जिन्दगीका पाना पल्टाउँदा झल्यास्स भई झस्कन पुग्दछौँ ।