शैक्षिक क्रियाकलाप सञ्चालनका लागि एक लाख सहयोग
तुलसीपुर, २८ कातिक । नेपाल नेत्रज्योति संघकी केन्द्रिय सदस्य एवं आँखा अस्पताल व्यवस्थापन समितिका केन्द्रिय प्रतिनिधि सदस्य प्रा .डा .सविना श्रेष्ठवाट नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वाहादुरगंज अन्तर्गत संचालित छन्द (कालेवावु) नारायणी आखाँ अस्पताल बहादुरगञ्ज कपिलवस्तुलाई एकलाख सहयाेग गरेकि छन । डाक्टर श्रेष्ठले अस्पतालमा शैक्षिक कृयाकलापका लागी एक लाख रुपैयाँ सिड मनिका रूपमा सहयोग गरेकी हुन ।
नेपाल नेत्रज्योति संघ ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल प्रमुख प्रशासक सम्शेर थापालाई संयुक्तरुपमा साे रकमकाे चेक हस्तान्तरण गरेकी हुन ।
उक्त अवसरमा अस्पताल व्यवस्थापन समितिका सदस्य रेशमवहादुर खड्का, श्यामप्रकाश आचार्य, प्रमुख प्रशासक सम्शेर थापा, छन्द कालेवावु नारायणीआखाँ स्वास्थ्यका प्रसाशकिय अधिकृत जसराज विश्वकर्मा, आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका लेखा अधिकृत कृष्ण प्रशाद भट्टराईको उपस्थिति रहेको थियो । साथै आर्थिक सहयोग गर्ने श्रेष्ठलाई अध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।
