calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

विद्यालयको सर्वाङ्गीण विकासका लागि महायज्ञ : अध्यक्ष वली [अन्तर्वार्ता]

विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित आधारभूत विद्यालय गिठेपानीले श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गरेको छ । विद्यालयको सर्वाङ्गीण विकासको लागि महायज्ञको आयोजना गरिएको हो । विद्यालयले यही कात्तिक २३ देखि ३० गतेसम्म महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा दैनिक रुपमा दाताहरुको सहयोग पनि बढ्दै गएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आयोजना गरिएको महायज्ञ सञ्चालनमा सहजता र चुनौती, अपेक्षालगायतका विषयमा केन्द्रित रहेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूलआयोजक समिति संयोजक दिनेश वलीसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सार सङ्क्षेप ।

 विद्यालयले शैक्षिक तथा भौतिक सुधारको आवश्यकता किन महसुस ग¥यो, त्यसका लागि महायज्ञ नै किन ?

 यो बजार क्षेत्र नजिकै रहेको विद्यालय हो । घोराही बजार क्षेत्र नजिक रहेका अन्य विद्यालयको तुलनामा यो विद्यालयको विकास हुन सकेको छैन । पछिल्लो समयमा विद्यालयको सुधारका लागि यस क्षेत्रमा शिक्षाप्रेमी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीयको पहलपछि विद्यालय सुधारका लागि चन्दा उठाउनेसम्मको काम ग¥यौँ । त्यसबाट विद्यालयमा केही सुधार भयो र विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भयो । विद्यार्थी तथा अभिभावकको रोजाइँ बन्दै गएको अङ्ग्रेजी माध्यमको कक्षा विद्यालयमा सञ्चालन गर्ने योजना बन्यो । अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालन गर्नका लागि विद्यालयसँग भौतिक सुविधा अपुग छ भने आर्थिक स्रोतले पनि समस्या हुने देखियो ।

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि हुनु, आवश्यक पूर्वाधार अभाव देखिनु, शैक्षिक सामग्री अभाव, मन्टेश्वरी कक्षामा समेत आवश्यक सामग्री छैनन् । यी सबै अभाव झेल्दै आएको विद्यालयसँग आर्थिक स्रोत केही पनि छैन । हालसम्म दाताहरूकै सहयोगबाट विद्यालय चल्दै आएको छ । त्यसैले आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजन गरेका हौँ । विद्यालयले महायज्ञ सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेकै विद्यालयमा मावि तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्नु हो ।

 महायज्ञबाट विद्यालयले कति रकम सङ्कलन गर्ने लक्ष्य लिएको छ ? सङ्कलित रकमले विद्यालयको कुन–कुन क्षेत्रमा सुधार गर्नुहुन्छ ?

 हामीले महायज्ञबाट यतिदेखि यतिसम्म आर्थिक सङ्कलन गर्छौँ भन्ने कुनै लक्ष्य तय गरेका छैनौँ । विद्यालयको शैक्षिक सुधारका लागि भनेर आयोजन गरिएको महायज्ञमा स्वतःस्फूर्त रूपमा आम दाताहरूले जेजति दान गर्नुहुन्छ त्यही नै हो । बरु विद्यालयको भोतिक तथा शैक्षिक सुधारका लागि सहयोगी मनले सहयोग गर्नुहुनेछ भन्ने अम्रो अपेक्षा भने छ । हामीले महायज्ञबाट भएको आम्दानीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्ने छौँ । हामीले महायज्ञबाट उठेको रकम कुन–कुन क्षेत्रमा खर्च गर्ने भन्नेबारेमा यस क्षेत्रका समाजसेवी, अभिभावक, शिक्षाप्रेमी, स्थानीयबासी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, दाता सबैसँग छलफल गरेर उहाँहरूकै सल्लाहबहोजिम सङ्कलित रकम खर्च गर्नेर्छौँ । हामीले मात्र निर्णय गरेर रकम खर्च गर्ने छैनौँ ।

 विद्यालयको वर्तमान शैक्षिक र भौतिक अवस्था विद्यालय सञ्चालन गर्न के–कस्ता चुनौती छन्, बताइदिनुस् न ?

 विद्यालयमा अहिले शिशुकक्षादेखि कक्षा ८ सम्म पढाइ सञ्चालन भइरहेको छ । अहिले विद्यालयमा तीन सय बढी विद्यार्थी अध्ययनरत छन् । युकेजीमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ भने अन्य कक्षा नेपाली माध्यमबाट सञ्चालित छन् । आगामी दिनमा सबै कक्षा अङग्रेजी माध्यमबाट कक्षाहरू सञ्चालन गर्ने हाम्रो योजना छ । अहिले विद्यालयसँग आवश्यक मात्रामा भौतिक पूर्वाधार छैन । विद्यालयको मुख्य चुनौतीको रूपमा पर्याप्त कक्षा कोठा छैनन् । एउटा कक्षाकोठालाई पार्टेसन गरेर दुईवटा कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता छ । डेक्स–बेञ्च, खेलकुदका सामग्री पनि विद्यालयसँग छैनन् । शैक्षिक सामग्री तथा विज्ञान प्रगोगशाला, कम्प्युटर ल्याब पनि विद्यालयसँग छैन । यी सबै अभाव झेल्दै विद्यालय सञ्चालन गरिरहेका छौँ ।

 महायज्ञ आयोजनामा स्थानीय समुदायको सहभागिता र समर्थन कस्तो छ, कार्यक्रमको सफलताका लागि अन्य संघसंस्थासँगको समन्वय कस्तो रह्यो ?

 विद्यालयले थालेको हरेक कार्यमा यस क्षेत्रका स्थानीयको सहभागिता र समर्थन रहँदै आएको छ । विद्यालयले महायज्ञ सञ्चालन गर्ने भनेदेखि नै निरन्तर खटिएर सहयोग गरिरहनुभएको छ । स्थानीयको सहयोगबिना हामीले मात्र केही गर्न सक्दैनौँ । महायज्ञको हरेक गतिविधिमा हामीले भन्नु भन्दा पनि स्थानीयले के गर्नु पर्छ भनेर बुझेर सहयोग गर्दै आउनुभएको छ । महायज्ञलाई सफल बनाउन सबै आ–आफनो स्थानबाट खटिनुभएको छ । हामी विभिन्न समिति निर्माण गरेर काम गरिरहेका पनि छौँ । हामी निरन्तर रूपमा व्यक्ति त्था संघसंस्थाहरूसँग छलफल तथा भेटघाट गरिरहेका छौँ । उहाँहरूको साथ र सहयोग पनि पाइरहेका छौँ । नै पाएका छौ ।

 विद्यालयको आगामी दिनमा गर्न चाहेका शैक्षिक उद्देश्य के–के हुन् ?

 यस विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थी अध्ययन गर्छन् । उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो उद्देश्य हो । आप्mनै स्थानमा गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्रो मुख्य उद्देश्य रहेको छ । यसका लागि आवश्यक पर्ने विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक विकास गर्न लागिपरेको छौँ । यसैका लागि स्रोत नहुँदा महायज्ञको आयोजना गरिएको हो ।

 महायज्ञपछि हुने सम्भावित सुधारका योजनामा कसरी प्रगति हुन्छ ? सुधार कार्यहरू तत्काल सुरु हुन्छन् कि अन्य स्रोत पनि आवश्यक पर्छन् ?

 महायज्ञबाट सङ्कलन भएको रकमबाट विद्यालयलाई आवश्यक पर्ने शेक्षिक तथा भौतिक सुधारमा काम गर्नेछौँ । महायज्ञपछि केही न केही सुधारको काम हुने छ । भएको स्रोतको प्रयोग गर्ने छौँ भने अन्य स्रोतको पनि खोजी गर्ने छौँ । महायज्ञ बाट हुने आम्दानीले मात्र विद्यालयलाई पर्याप्त स्रोत पुग्छ जस्तो लाग्दैन । त्यसैले शिक्षाप्रेमी, समाजसेवी, अन्य दाता तथा विविभन्न संघसंस्थाहरूसँग सहकार्य गरेर विद्यालयलाई आवश्यक पर्ने स्रोतको जोहो गर्ने प्रयास भने रहिरहने छ ।

 विद्यार्थीका लागि शैक्षिक अवसरका लागि विद्यालयले हाल के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?

 विद्यालयले शैक्षिक सुधारका लागि विद्यालय क्षेत्रमा रहेका अग्रज व्यक्ति, शिक्षाप्रेमी, समाजसेवी, विभिन्न संघसंस्था, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षबिच छलफल गरेर आएको निचोड अनुसार नै काम गरिरहेका छौँ । पहिलेभन्दा विद्यालयमा केही सुधार देखिएको छ । अझै पनि धेरै सुधार गर्न बाँकी छ । यसमा हामी निरन्तर लागिरहेका छौँ । आउँदा दिनमा पनि सबैको साथ सहयोग पाउने अपेक्षा छ ।

 महायज्ञका अतिरिक्त स्थानीय समुदायसँग आबद्ध अन्य कार्यक्रमहरूको योजना छ कि ?

 हामी सधैँ समुदायसँग सहकार्य गरेरै विद्यालयका गतिविधि सञ्चालन गरिरहेका छौँ । समुदायको सहयोगले नै विद्यालय यहाँसम्म आएको हो । समुदायको सहकार्यबिना हामीले मात्र केही गर्न सक्दैनौँ । ठ्याक्कै यही योजना बनाएर समुदायसँग जुर्नेछौँ भन्ने त छैन तर हामी समुदायसँग अलग भने रहन सक्दैनौँ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 महायज्ञको बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा गोरक्ष दैनिक परिवारलाई धन्यावाद दिन चाहन्छु । विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सञ्चालन गरेको महायज्ञ सफल बनाउन सबैको सहयोग आवश्यक छ । विद्यालयले विगतदेखि नै सहयोग प्राप्त गर्दै आएको छ । महायज्ञ सबैको सहयोगबाट सफल हुने छ भन्ने विश्वास लिएका छौँ । अहिलेसम्म सहयोग गर्नुहुने र गर्दै आएनुभएकालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।