महायज्ञमा दाता बढ्दै, करिब सात लाख आर्थिक सङ्कलन

शैक्षिक सुधारका लागि महायज्ञ
गोरक्ष समाचारदाता
दाङ, २७ कात्तिक । घोराही–१८ स्थित आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि सञ्चालित श्रीमद्भागवत् ज्ञानमहायज्ञको चौथो दिनसम्म करिब सात लाख रुपैयाँ आर्थिक सङ्कलन भएको छ । कात्तिक २३ गतेदेखि सुरु भएको महायज्ञमा सोमवार दिउँसोसम्म छ लाख ७२ हजार रुपैयाँ आर्थिक सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा भक्तजनको सङ्ख्या बढेसँगै दार्ताहरू समेत बढ्दै गएका छन् ।

महायज्ञमा हालसम्म सबैभन्दा धेरै दान गर्ने अम्मबहादुर थापाले दुई लाख चार हजार १६ रुपैयाँ सहयोग गरेका छन् । यसैगरी हरिहर आचार्यले एक लाख ११ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् । लीलाधर कुवर मगरले ५५ हजार पाँच सय ५५ रुपैयाँ, शोभादेवी कुवरले ५५ हजार पाँच सय ५५ रुपैयाँ, दिनेश वलीले ३१ हजार एक सय ५५ रुपैयाँ, लेकबेसी टोलले ३१ हजार एक सय ५५ रुपैयाँ, सोमबहादुर गिरीले २५ हजार पाँच सय २५ रुपैयाँ, टङ्केश्वर अधिकारीले २५ हजार एक सय रुपैयाँ, गाउँवेसी टोल विकास संस्थाले १५ हजार पाँच रुपैयाँ दान गरेका छन् ।

यसैगरी खरकटी टोल विकास संस्थाले १५ हजार रुपैयाँ, गैराबारी ड्याम साइड टोल विकास संस्थाले १५ हजार ५५ रुपैयाँ, पिमा कुवर मगरले ११ हजार एक सय १५ रुपैयाँ, दिदीबहिनी टोल विकास संस्थाले १० हजार पाँच सय ५५ रुपैयाँ, बखतबहादुर रोकाले १० हजार पाँच सय ५० रुपैयाँ, चुनकुमारी विष्टले १० हजार पाँच सय ५५ रुपैयाँ, मधुसूदन थापाले १० हजार १५ रुपैयाँ, टीकाराम थापाले १० हजार १५ रुपैयाँ, चकटी जिसीले १० हजार तीन सय १५ रुपैयाँ, ज्योतिकुमारी श्रेष्ठले १० हजार पाँच रुपैयाँ, शोभाकुमारी घर्तीले १० हजार एक सय पाँच रुपैयाँ दान गिरेको आर्थिक समितिका संयोजक हस्त बिएमले जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञ सञ्चालन गरिएको हो । महायज्ञ कात्तिक २३ देखि ३० गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा मावि तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए ।

विद्यालयसँग आम्दानीको स्रोत नभएकाले दाताकै भरमा विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र विकासका लागि सञ्चालि महायज्ञमा सहभागी भएर आर्थिक सहयोग गरिदिन सबैमा विद्यालयले अनुरोध गरेको छ । विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए पनि साधन स्रोतको कमी रहेको हुँदा स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको विद्यालयले जनाएको छ । स्रोत व्यवस्थापन गरेर विद्यालयको विकासमा अगाडि बढीने उनको भनाइ छ । महायज्ञका कथावाचक पं अमृतशरण देवाचार्य रहेका छन् । महायज्ञ सबैको सहयोगमा सफल हुने आयोजकले अपेक्षा गरेको छ ।