तुलसीपुर, २६ कात्तिक । निःशुल्क आँखा शिविरमा ११७ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर– ४ रक्षाचौरको प्राविधि सहयोग एनएबीपी नर्वेको आर्थिक सहयोगमा भएको शिविरमा २०९ जनाले आँखा चेकजाँच गराएका थिए भने ११७ जनाको शल्यक्रिया भएको हो ।
सुर्खेतको मेहलकुना आँखा उपचार तथा सर्जिकल सेन्टर गुर्भाकोट–८ मेहलकुना सुर्खेतमा दुई दिने निःशु्ल्क मोतियाविन्दुको शल्यक्रिया आँखा शिविर भएको थियो । गुर्भाकोट नगरपालिका सुर्खेतको सहकार्यमा भएको शल्यक्रिया शिविरमा प्राडा प्रदिप बास्तोला सहितको राप्ती आँखा अस्पतालको प्राविधिक टोलीले सेवा दिएको थियो ।
शिविरमा दातृ निकायका एनएवीपी नर्वेका प्रोग्राम डाइरेक्टर लिक्की एनएवीपी नेपालका प्रोजेक्ट म्यानेजर शुरेखा गुरूङ तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरी तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाल सहितको टोलीको विशेष उपस्थीतिमा भएको शिविरमासंगै घर आगमनै निःशुल्क शल्यक्रिया शिविर आयोजना गरी त्यस क्षेत्रका सयौलाई उज्यालो पर्दान गरेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।
मेहलकुना आँखा उपचार तथा सर्जिकल सेन्टर सञ्चालन सहयोग समितिका अध्यक्ष विर्खबहादुर नेपालीले विदेशी दातृनिकायहरुका प्रतिनिधिसहित आयोजना गरेको आँखा शिविरमा जनताले सहज सेवा पाएको बताएका थिए ।
त्यस्तै सुर्खेतको मेहलकुना आँखा उपचार तथा सर्जिकल सेन्टर गर्भाकोट–८ को विकास विस्तार र सहयोगका लागि गुर्भाकोट नगरपालिका प्रमुख, उपप्रमुख,कार्यकालिका सदस्यहरुसंग दातृनिकायका प्रतिनिधि र नेपाल नेत्रज्योति संघका पदाधिकारीहरु विच छलफल भएको थियो । छलफलमा कर्णाली प्रदेशको यस क्षेत्रमा अन्धोपन न्यूनिकरणमा थप साथ सहयोगको अपेक्षा स्थानीयहरुले गरेका थिए ।