दाङमा बुद्ध सरयू चलचित्र महोत्सव हुने
दाङ,२० कार्तिक । पहल नेपालको आयोजनामा दाङमा आगामी पुस ११, १२ र १३ गते बुद्ध सरयू चलचित्र महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन,े नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने र नेपाली लोक कला, रितीरिवाज, गाथा र मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जागरण पैदा गर्ने उद्देश्य महोत्सव गर्न थालिएको संयोजक केएल पीडितले बताएका छन ।
महोत्सवमा नेपाली कला संस्कृति झल्काउने सन्देश मूलक फिल्म तथा वृत्तचित्रको प्रदर्शन, नेपाली चलचित्रको अवस्था र पर्यटन प्रवद्र्धनमा चलचित्रको भूमिका विषयमा अन्तक्र्रिया, चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको सम्मान कार्यक्रम गरिने भएको छ । साथै त्यस अवसरमा यस क्षेत्रका पर्यकटीय स्थलहरुको भ्रमण अवलोकन पनि गरिनेछ । चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।
राष्ट्रियस्तरक ाख्याती प्राप्त कलाकारहरुको उपस्थिति रहने सो महोत्सव संचालनकालागि संचारकर्मी एवं चलचित्र निर्देशक केएल पीडित संयोजकत्वमा १७ सदस्यीयमूल समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्र बुढाथोकी, कल्पना आचार्य र छविलाल कोपिला चयन भएका छन भने सचिवमा पाण्डब शर्मा, कोषाध्यक्षमा गीरबहादुर केसी र सदस्यहरुमा गणेश वली, केशरमान बुढाथोकी, जंग रोका, दशरथ घिमिरे, देवीरामकुसारी, इन्द्र विवश डिसी, ज्वाला खतिवडा, संदीप भूसाल, देवका पौडेल, अञ्जली न्यौपाने, अञ्जना कुवँर रहेका छन ।
