सांसद डिल्ली चौधरीद्धारा थर्मलगन सहयोग

दाङ,१४ बैशाख । नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्ली चौधरीले डिभिजन वन कार्यालय दाङलाई एक थान थर्मल गन सहयोग गरेका छन ।

वन गस्ती तथा थुनुवा ब्यबस्थापनमा सहयोगार्थ १ थान थर्मलगन डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीलाई प्रदान गरेका थिए ।

थर्मलगन बुझदै कार्यालय प्रमुख ज्ञवालीले प्रदेशसभा सदस्य चौधरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।