पत्रकार रेग्मीद्धारा जन्मदिनमा खाद्यान्न सहयोग

दाङ १४ बैशाख । पत्रकार चेतन रेग्मीले आफ्नो जन्मदिनमा पैदलयात्रीहरुलाई खाद्यान्न सहयोग गरेका छन ।

कोरनाको प्रकोपबाट प्रभावित पैदल यात्रीका लागी तुलसीपुरमा संचालित मेसमा पत्रकार चेतन रेग्मीले खाद्यान्न सहयोग गरेका हुन ।

रेग्मीले सय किलो चामल,पच्चीस किलो दाल र दस किलो नुन उद्योग बाणिज्य सघ तुलसीपुरका अध्यक्ष बिर बहादुर रावतलाई हस्तान्तरण गरेका हुन ।