दाङ,१४ बैशाख । घोराहीवाट प्रकाशित हुँदै आएको जागरण अनलाइनका प्रकाशक÷ सम्पादक निशानदाजु भट्टराइले जन्मदिनमा रक्तदान गरेका छन । कोरोनाको कारण अहिले रगतको अभाव भइरहेको समयमा पत्रकार भट्टराइले आफ्नो जन्मदिनलाई सिर्जनात्मक तथा रचनात्मक बनाउने उदेश्यले रक्तदान गरेको बताएका छन ।
जन्मदिनमा फजुल खर्च नगरी समाजमा सकारात्मक सन्देश फैलाउने उदेश्यले आफुले रक्तदान गरेको उनले बताए । जन्मदिनलाई सिर्जनात्मक र रचनात्मक बनाउने उद्देश्यले नेपाल पत्रकार महासंंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको उपस्थितीमा भट्टरार्इले घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन ।
जन्मदिनको अवसर पारेर त्रिसिद्धेश्वरी यातायात प्रालिका कार्यसमिति सदस्य यातायात ब्यवसायी माधव न्यौपानेले पनि रक्तदान गरेका थिए ।