सामाजिक रूपान्तरणको औजार लेखक
भुवन पोख्रेल
गतिशील समाजमा राम्रा नराम्रा दुवैको आलोचना र समालोचना भइरहनु जरुरी छ । समाजमा विभिन्न गतिविधि र घटनाक्रम भइरहेका हुन्छन् । तीको आलोचना वा प्रशंसा गर्न सक्ने सामथ्र्य लेखकले राख्दछ । तथ्याङ्क, प्रमाणका आधारमा त्यो गतिविधिहरुको टीकाटिप्पणी र विश्लेषण गर्ने दायित्व लेखकको हो । अरुले गरेका काम जति नराम्रा र आफूले गरेका सबै काम राम्रा भन्ने व्यक्तिवादी र आत्मकेन्द्रित मनोविज्ञानभन्दा माथि उठ्न सक्ने विशेषता एउटा असल लेखकमा हुनु पर्दछ ।
कतिपय लेखक÷विचारक वा विश्लेषकमा समाजलाई सही दिशामा डो¥याउने र समाजको सही मार्ग निर्देशन र प्रतिनिधित्व गर्न सक्ने सामथ्र्य हुँदैन । कुनै एउटा राजनैतिक दल, नेता, आदिको मुख्यपत्र बनेर लेखिरहेको हुन्छन् । लेखनमा लेखकको विश्लेषण क्षमता र आलोचनात्मक चेत दुवैको सशक्त जरुरत पर्दछ । समाजमा जबसम्म आलोचनात्मक चेतको विकास गर्न सकिँदैन तबसम्म समाजलाई सही गन्तव्यतर्फ डो¥याउन सकिँदैन । इमानदार, नैतिकवान्, बौद्धिक लेखकले मात्र समाजको सही प्रतिनिधित्व गर्न सक्छ ।
लेखकको पनि आफ्नो व्यक्तिगत जीवन हुन्छ, आफ्नो पे्सा, व्यवसाय वा रोजगारी हुन्छ । व्यस्त समयका वावजुद पनि उसले आफ्नै गाउँ समाज, छरछिमेक, समुदाय र परिवेशमा भोगेका, देखेका, अनुभव गरेका, सुनेका घटना, परिघटनालाई टपक्कै टिपेर समाजको वास्तविक चित्र उतार्न सक्षम हुन्छ । लेखकले लेख्ने विषय र क्षेत्र फरक होलान् तर तिनले समाजका विविध आयामहरुलाई छलाङ उतारेका हुन्छन् । एउटा समाजको ऐनाको रुपमा लेखकले समसामयिक घटना, समाजको कुरीति, कुप्रथा, अन्धविश्वास, रुढीवादजी प्राको विरोधमा लेखनमार्फत् बुलन्द गरिररहेका हुन्छन् ।
लेखकले जुनसुकै विषयमा कलम चलाए पनि समाजको वास्तविकतालाई उतार्दछन् । आफ्नो समय र समाजको वास्तविक स्थितिका बारेमा प्रकाश पार्ने काम लेखकले गरिरहेका हुन्छन् । लेखकले नै आफ्नो लेख, रचनामार्फत् समाजका जल्दाबल्दा समस्या, विकृति, विसङ्गति, दाइजोप्रथा, छाउपडी प्रथा, छुवाछुत, अन्धविश्वास, रुढीवादी प्रथाजस्ता कलङ्कका रुपमा रहेका कुप्रथाका विरुद्धमा आम पाठकलाई अभिमुखीकरण गर्ने, पैरवी गर्ने, चेतना जगाउने, परम्परागत साँघुरो चिन्तनलाई च्यातेर फराकिलो सोचको निर्मण गर्ने, समाजमा सशक्त र हस्तक्षेपकारी भूमिका खेल्ने अथक योद्धा लेखक हुन् ।
सामाजिक रुपान्तरणमा लेखक÷विश्लेषकको भूमिका सशक्त हुन्छ । लेखक भनेको समाजका सचचा पहरेदार हुन् र समाज कुप्रथा, रुढीवादी परम्परा, अन्धविश्वास, छुवाछुत, दाइजोप्रथा, छाउपडीप्रथा जस्ता कुस.स्कार जरो उखेली नयाँ संस्कृतिको निर्माणमा क्रान्तिकारी भुमिका खेलेका हुन्छन् । सामाजिक रुपान्तरण एकाएक हुने कुरा होइन, लेखकहरुले आफ्ना रचना र सिर्जनाको माध्यमबाट विस्तारै सचेतना भर्दै लगेका हुन्छन् । लेखकको भूमिका बहुआयामिक हुन्छ । अहिले सूक्ष्म पाटो खोतल्ने प्रयास मात्र गरिएको हो । विचारमार्फत् समाज बदल्ने जिम्मेवारी लेखकले निर्वाह गरिरहेका छन् । समाजलाई दिशानिर्देश गर्ने, सामाजिक विकृति र विसङ्गतिको विरोधमा होसियार बनाएर कलम उठाउने बर्दीबिनाका सामाजिक सिपाही लेखक÷स्तम्भकार हुन् ।
समाजलाई सही मार्गदर्शन गर्नका लागि र समाज रुपान्तरणका लागि उनीह्रुको कलम दौडिन्छ । आफ्नो अमूल्य समयलाई खर्चिएर पाठकलाई बौद्धिक खुराक पस्किरहने निरन्तर प्रयास लेखक÷स्तम्भकारले गरिरहेका हुन्छन् । अथक योद्धाका रुपमा आफ्ना विचारलाई सम्प्रेषित गरी विसङ्गति, विकृति विरुद्ध लडाइँमा विजय हासिल गर्न सफल हुन्छन्, लेखक । लेखक कार्य त्यति सजिलो कार्य होइन, यो त चुनौती र जटिल कार्य हो । लेखकको एउटा मस्तिष्कले पाठकका हजारौँ मस्तिष्कहरुलाई आकर्षित र प्रभावित गरी अन्तरक्रिया गरिरहेको हुन्छ, त्यसर्थ यो चानचुने कार्य होइन । यसका लागि लेखकले कुनै निश्चित विषय वा विधामा गहिरो अध्ययन, अनुसन्धान, खोज, अन्वेषण र विशेषज्ञताको आवश्यकता पर्दछ । खेलकुदमा चासो राख्नेले खेलकुदसम्बन्धी लेख लेख्छन् ।
राजनीतिशस्त्र र समकालीन राजनीति बुझेकाले राजनैति आरोह र अवरोहलाई समेटेर राजनीतिसम्बन्धी लेख रचना लेख्छन् । कसैले विकास, निर्माण, आर्थिक गतिविधिसम्बन्धी लेख लेख्छन् । कसैले शिक्षा क्षेत्रसँग सम्बन्धित कलम चलाउँछन् । यस्ता विविध पक्षमा आवाज उठाउनका लाग आम नागरिकको तुलनामा बढी जानकारी वा ज्ञान हुनुपर्छ । समस्यामूलक क्षेत्रमा आवाज उठाउन र विचार सम्प्रेषण गर्न आम व्यक्तिको तुलनामा बढी अध्ययन गरेको जानकारी प्राप्त गरेको व्यक्ति आवश्यकता पर्दछ । जे मन लाग्यो त्यही लेख्नका लागि लेख्नु हुँदैन । अनावश्यक गनथन पढ्न कसैले रुचाउँदैनन् । यदि सन्देशमूलक लेख रचना छन् भने व्यस्त समयका वावजुद पनि अध्ययनका लागि पाठडकले समय निकाल्दछन् ।
बौद्धिक खुराक भएका लेख रचना पाठकले खोजीखोजी पढ्छन् । यी लेखरचना सङ्कलन, अध्ययन गर्नकै लागि पाठकले पत्रपत्रिका र पुस्तक खरिद गर्दछन् । जसले गर्दा पत्रिकाले पाठक पाउँछन् । स्तम्भ लेखन पनि एउटा अत्यन्त जिम्मेवारीपूर्ण र विषयगत लेखन हो । हँचुवाको भरमा लेख उत्कृष्ट बन्दैन । खाली लेख्नकै लागि लेख्दा लेखन फितलो बन्न सक्छ । लेखकले आफ्नो लेखनको धर्म निर्वाह गर्न सक्नु पर्दछ । कुनै संघसंस्था, आस्था, मूल्य, मान्यता, संस्कृति आदिलाई घोचपेच गरेर उछितो काढेर लेखिएका लेख समयसान्दर्भिक बन्न सक्दैनन् । त्यसर्थ लेखनमा कुनै आग्रह र पूर्वाग्रह हुनु हुँदैन ।
स्वच्छ लेखन नै जीवन्त र उत्कृष्ट बन्न पुग्दछ । लेखकमा कुनै पक्ष, विक्ष, कुनै सिद्धान्त र विचारधाराको गन्ध आउनु हुँदैन । कसैको प्रवक्ता बनेर लेखन मुखारित हुनु हुँदैन, लेखकको आफ्नै मौलिक विचार र उसको सिर्जनात्मक प्रतिमा प्रष्फुटित भएको विचार अभिव्यक्त गर्न सक्यो भने सबै वर्ग, तह, तप्काका पाठक आकर्षित हुन्छन् । लेखकहरु पनि पत्रकारिता जगतका बौद्धिक, प्रखर र सशक्त व्यक्तित्व हुन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि हरेक क्षेत्रबाट आफ्नो विचार, मत, दृष्टिकोण, विमर्श, प्रवाहित गरिरहेका हुन्छन् । जसका विचार र चिन्तनले समाज रुपान्तरणका लागि बल पु¥याइरहेका हुन्छन् ।
राजनैतिक दाउँपेच, सत्तालोलुपता, भ्रष्टाचार जस्ता पक्षको पनि उजागर गरिरहेका हुन्छन् । नेतृत्ववर्गका क्रियाकलापलार्य खबरदारी गरिरहेका हुन्छन् । सत्तापक्षका स्वइच्छाचारी गतिविधिमाथि आम नागरिक कति आक्रोशित छन् त्यो पषलाई पनि लेखरचनामार्फत् घचघच्याइरहेका हुन्छन् । आफूले देखेका, भोगेका समस्याहरुलाई, अनुभूतिहरुलाई, परिघटनाहरुलार्य कत्ति पनि तोडमोड नरी कलम चलाएका हुन्छन्, लेखकहरु र त पाठकहरु यिनीहरुका लेखरचना पढ्न प्रतीक्षा गरिरहेका हुन्छन् ।
राज्यका सबै वर्ग र तहतप्काका व्यक्तिले आ–आफ्नो ठाउँमा आ–आफ्नो भुमिका निर्वाह गर्ने हो भने राज्य आफै विकासको दिशातर्फ लम्कन्छ । लेखकहरुले राज्यलाई जनताका पक्षमा उभिन सचेत गराउँछन् । राज्यको नागरिकप्रतिको जवाफदेहितालार्य बढाउँछन् । त्यस्तै समुदाय वा समाजका सबै वर्ग, जातजाति, लिङ्ग, सम्प्रदायका व्यक्तिले आ–आफ्नो कर्तव्य, जिम्मेवारी वा दायित्व वहन गर्ने हो भने मुलुक आफै बन्छ भनने मूलमन्त्रका साथ लेखक तथा स्तम्भकारहरुले आ–आफ्नो तहतप्काबाट भए गरेका राम्रा सराहनीय पक्षको उजागर गरिदिन्छन् ।
समाजका सबै वर्गलाई उदाहरणीय भूमिका खेल्न प्रेरणा दिने व्यक्ति पनि लेखक नै हुन् । राज्य र समाजका सबै वर्गलाई जवाफदेही बनाउनु लेखकको भूमिका हो । लेखक भन जति सजिलो छ असल लेखक बनेर पाठकको मन जित्न पनि त्यत्तिकै चुनौतीका पहाडहरु पार गर्नु पर्छ । लेखकको भूमिका समाजमा बहुआयामिक छ । डर, धाक, प्रलोभनमा नपरी निष्पक्ष विचार प्रवाह गर्न सक्ने बौद्धिक व्यक्तित्व नै वास्तवमा सचचा र इमानदार लेखक बन्न सक्छ ।
लेखकले आ–आफ्नो मौलिक पहिचान स्थापित गर्न सक्नु पर्छ । दुई जिब्रे लेखन कसैले गर्नु हुँदैन । लेखकले आफ्नो लेखनमा निरन्तरता दिन सक्नु पर्दछ । कतिपय राम्रा लेखकहरु पनि पलायन भएको देखिन्छ । लेखनले लामो समयसम्म निरन्तरता पाउन नसकेको तीतो यथार्थलाई सम्बन्धित पक्षले हृदयङ्गम गर्न जरुरी छ । लेखक÷स्तम्भकारले समाज बदल्ने सच्चा पहरेदार, सामाजिक रुपान्तरणमा स्तम्भकारको भूमिका, समाजका ऐनाका रुपमा स्तम्भकार, समाजका विकृति र विसङ्गतिका विरुद्ध लड्ने अथक योद्धा, राज्यका अङ्गहरुलाई खबरदारी गर्ने बौद्धिक व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिका बारेमा जानकारी गराउने व्यक्ति, समाजको सही प्रतिनिधित्व गर्ने मार्गदर्शक र ससविधाविहीन र समाजमा पछि पारेका वर्गको मुखारित गर्ने सम्वाहकको भूमिका लेखकले गर्दै आएका छन् ।
समाजमा रहेका निमुखा जनतामाथि अन्याय, अत्याचार, विभेद, उत्पीडानहरु पनि भइरहेका हुन सक्छन् । यस सन्दर्भैमा लेखकहरुले यस्ता विषय उठान गरेर ती आवाजहीनहरुको आवाजलाई बुलन्द गराउँदै आएका छन् । शोषित, पीडित वर्गाका पक्षमा उभिएका छन्, एकअर्कामा उत्पीडन साटासाट गर्ने मैका प्रदान गरिरहेका छन् । सीमान्तकृतलाई राज्यको मूलप्रवाहमा लेखकहरुले प्रवाहित गरिरहेका छन् ।
समाजका विविध क्षेत्रका बारेमा आम पाठकलाई सही जानकारी प्रदान गरी उनीहरुको वैचारिक उन्नतिमा सहयोग पु¥याउनु लेखकको दायित्व हो । यस अर्थमा समाज परिवर्तनमा स्तम्भकारहरुको भूमिका प्रवल हुन्छ । समाजको वास्तविक अवस्थाको चित्रण गरी स्तम्भकारले आम पाठकलाई समाजतर्फको दृष्टिकोण बनाउन मद्दत गर्छ । समाज कतातिर गइरहेको छ, जानकारी दिन्छन् । समाजका विकृति, विसङ्गतिहरुलाई निराकरण गरी सभ्य र समुन्नत समाजका निर्माता भनेका नै लेखक हुन् । अज्ञानताको गहिरो खाडलबाट विश्वपरिवेश, यिाउने उर्जा लेखकमा हुन्छ । समाज परिवर्तनको संवाहकको रुपमा स्तम्भकारहरुले भूमिका खेलिरहेका हुन्छन् । समाज परिवर्तनका लागि लेखकले गहिरको बहस विमर्श चलाइरहेका हुन्छन् ।
राज्यका प्रमुख अङ्गहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका जस्ता तीन अङ्गले गर्ने कामकारबाही देशको मूल कानुन संविधान र त्यसका ऐन, नियम, विनियमका आधारमा भए–नभएको लेखाजोखा गर्ने र खबरदारी गर्ने काम लेखले गर्दछन् । राज्यका कामकारबाहीप्रति जनता सन्तुष्ट वा असन्तुष्ट के छन्, जनमतसङ्ग्रह गर्ने, पैरवी गर्ने, जनताका पक्षमा वकालत गर्ने, न्याय पाउन नसकेको वर्गका लागि न्यायको ढोका ढकढकाइ०दिने, राज्य जनताप्रति जिम्मेवार छ कि छैन ? आवाज पु¥याउन नसक्ने जनताको आवाजहरु बुलन्द गरिदिँदा राज्यलाई आफ्ना गल्तीको आत्मानुभूति हुन्छ । आत्मालोचना गर्न सक्छन् । गल्तीहरुलाई समयमा सच्याउन सक्छन् । सरकार जनताप्रति अझै उत्तरदायी बनोस् भनी सरकारका गतिविधिलार्य नजिकबाट नियाल्ने र केलाउने कम लेखक तथा स्तम्भकारले गरिरहेका हुन्छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिका बारेमा जानकारी गराउने लेखकको दायित्व हो । विज्ञान र प्रविधिको विकास र विस्तारले अहिले विश्व एउटा समुदायको रुपमा परिणत भइसकेको छ । विश्वको एउटा कुनामा भएको घटना र गतिविधिको तत्कालै अर्को कुनामा पुग्दछ र त्यसको प्रभाव अर्को ठाउँमा परी नै हाल्छ । विश्व मामलाका बारेमा जानकारी प्राप्त गर्न जरुरी भइसकेको छ । लेखकहरु बौद्धिक समाजका सदस्य भएका कारण आफ्नो कलमका माध्यमबाट विशवका घटना, परिघटना, राष्ट्रिय घटनाक्रम तथा गतिविधिहरुका बारेमा आम पाठकलाई जानकारी दिइरहेका हुन्छन् ।
शान्तिमा क्रान्ति र क्रान्तिमा शान्ति भरिदिन सक्ने शक्ति भएको कलम जुन व्यक्तिमा छ त्यही व्यक्ति हो लेखक । सच्चा लेखकको लेखनमा चुम्बकीय शक्ति हुन्छ र देश, जति र संसारलाई आफूतिर खिचेर ल्याइदिन सक्छ । कागज र मसीको वरवाद गर्ने जोकोहीलाई लेखक भन्न सकिँदैन । एउटा तोपको नालमा जति शक्ति छ त्यसको कैयौ गुणा बढी तागत लेखकको कलममा हुन्छ । जुन काम परमाणु बमले गर्न सक्देन त्यही काम लेखकको कलमले गर्छ । यसर्थ लेखकको कलम सधौ समाज रुपान्तरणमा दौड्नु पर्छ । लेखकलाई ईश्वरले शब्द सिर्जना गर्ने अद्भूत क्षमता दिएका छन् ।
