खेमराज रिजाल
तुलसीपुर, १४ कात्तिक । दाङ जिल्लालाई लागूऔषध ओसार पसारको मध्यपश्चिम ट्रान्जिटका रूपमा सुरुक्षा निकायले लिँदै आएको छ । यसमा पनि तुलसीपुर लागूऔषध कारोबारसँगै दुव्र्यसनीको केन्द्र हो । कारोबारी र दुव्र्यसनीको सम्मिश्रण छ, तुलसीपुरमा । इलाका प्रहरी कार्यालयले विगत एक दशकदेखि लागूऔषध कारोबारको जरो उखेल्न विभिन्न प्रकारका अप्रेसनहरू सुरु ग¥यो । यस अघि नै केही भरियाका रूपमा त केही सहायक कारोबारीहरू विभिन्न समयमा पक्राउ परे । दुव्र्यसनीहरू पनि पटक–पटक पक्राउ परे । इलाका प्रहरी कार्यालयको एउटा मात्र होइन, कुनै दिन दुईवटा गाडी समेत जिल्ला अदालत घोराहीमा यस्ता अभियुक्तलाई म्याद थपका लागि कुदिरहेका हुन्छन् । कहिलेकाहीँ त दुई खेप गर्नु पर्ने समेत अवस्था हुन्छ ।
आजभन्दा करिब एक वर्ष अघि लागूऔषध कारोबारी पक्राउ पर्दा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षकले भनेका थिए, ‘हामीले चार जना सहायक कारोबारीलाई समाइसक्यौँ, अब मुख्य कारोबारीको खोजिमा छौँ ।’ त्यही अभियानलाई निरन्तरता दिँदै इलाका प्रहरी कार्यालय तुलसीपुरले सूचना सङ्कलन कार्य जारी नै राखेको थियो । यही क्रममा लागूऔषधको अवैध ओसारपसार गर्ने र विक्री वितरण गर्ने मुख्य अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।
प्रहरीले उनलाई पक्राउ गर्न ‘अप्रेसन अन्टी’ अभियान चलाएको थियो । यही अभियानकै क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुुर उपमहानगरपालिका–८ दुधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मा ठुलो परिमाणमा लागूऔषध ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल’ सहित पक्राउ गरेकी छन् । यो क्याप्सुल औषधीको सेवनले मानिसलाई लठ्याउने काम गर्छ । लागूऔषध सेवनकर्ता किशोरकिशोरीले ट्रामाडोल प्रयोग गर्ने गर्छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी अनिल ठकुरीका अनुसार विश्वकर्मा ‘अन्टी’ नामबाट प्रयोगकर्ताको बिचमा परिचित थिइन् ।
यही सूचनाका आधारमा अप्रेसन अन्टी अभियान सुरु गरेको डिएसपी ठकुरीले गोरक्षलाई बताएका छन् । ‘अभियुक्तका विषयमा सूचना सङ्कलन गरी उनलाई पक्राउ गर्न हामीलाई कम्तिमा २७ दिन लागेको थियो, हामी सत्ताइसौँ दिनमा अप्रेसन अन्टी अभियानलाई सफल पार्न सक्यौँ’, डिएसपी ठकुरीले भने । पछिल्लो समय तुलसीपुर क्षेत्रबाट पक्राउ परेका अधिकांश लागूऔषध प्रयोगकर्ताले उनको नाम पोलेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको बताउँछ ।
कात्तिक ११ गते दिउँसो इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले लागूऔषधको अवैध कारोबारी मानिने ‘अन्टी’लाई हिडिरहेको समयमा खानतलासी गर्दा ५० एमजीका ३५ वटा पत्तामा तीन सय ५० ट्याबलेट बरामद गरेको थियो । दुधेना स्थित उनको घरबाट थप ‘ट्रामाडोल’ ट्याबलेट ५० एमजीको दुई ३४ पत्ता फेला परेको प्रहरी निरीक्षक थापाले बताए । घरबाट दुई हजार तीन सय ४० ट्याबलेट फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
प्रहरीले उनलाई यस क्षेत्रकै प्रमुख लागूऔषध कारोबारीका रूपमा लिएको छ । पक्राउ परेकी अभियुक्तलाई प्रहरीले यस क्षेत्रकै मुख्य कारोबारीका रूपमा लिएको छ । ठुलो परिमाणमा ‘ट्रामाडोल’ ट्याबलेट बरामद भएपछि लागूऔषध प्रयोगकर्ताको लागि डिलर मानिएकी ‘अन्टी’ यतिखेर प्रहरी हिरासतमा छिन् ।
कार्यालय प्रमुख डिएसपी अनिल ठकुरीको नेतृत्वमा ‘अप्रसेन आन्टी’ सुरु भयो । हप्ता दिनमा प्रहरीले विभिन्न ठाउँबाट सुराकहरू बटुल्यो । जसबाट ‘आन्टी’ भनिने महिलाको पहिचान खुल्यो । सल्यान घर भई केही समय पहिले उनी एक स्वास्थ्य संस्थामा झाडुपोचा लगाउने काम गर्थिन् । मेडिकल केयरमा काम गर्दै आएकी महिला रहेको खुल्यो । उनी दाङको तुलसीपुुर उपमहानगरपालिका–८ दुधेन बस्ने ५३ वर्षीया तिलकुमारी विश्वकर्मा रहेको खुल्यो ।
काम गर्दागर्दै उनले औषधीबारे जानकारी पनि लिएकी थिइन् । त्यसो त उनले केयरका लागि ल्याउने डिस्ट्रिब्युटर समेत पत्ता लगाइन् । केयरका लागि नेपालगञ्जबाट औषधी आउँथ्यो । लामो समय केयरमा काम गरेकी उनी ६ वर्ष अघि नेपालगन्जको उक्त डिस्ट्रिव्युटरकहाँ पुगिन् । त्यहाँबाट उनले ‘ट्रामाडोल’ किनेर ल्याउन थालिन् । उक्त औषधी चिकित्सकको सल्लाह बमोजिम मात्रै बिक्री गर्न पाइन्छ भन्ने उक्त औषधी अस्पतालकै मेडिकलमा मात्रै किन्न पाइन्छ । अन्त किनबेच गर्न प्रतिबन्ध लगाइएको छ । दुव्र्यसनीहरूले उक्त औषधी खाने गरेको तिलकुमारीले थाहा पाइन् तर उनले उक्त औषधी केयरमा बेच्न सम्भव नै थिएन ।
केयरमा बेच्न असम्भव भएपछि उनले जुक्ति लगाइन् । उनले सडकपेटीमा तरकारी बेच्ने बहानामा लागूऔषध बेच्न थालेको डिएसपी ठकुरीले बताए । ‘तुलसीपुरका सडकमा नाङ्लो पसल थाप्दै त्यहीँबाट लागूऔषधको कारोबार थालनी गरेको खुलेको छ’, डिएसपी ठकुरीले भने, ‘६० रुपैयाँ पर्ने क्याप्सुल सेवनकर्ता हेरेर पाँच सयभन्दा बढीमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ यसरी लामो समयसम्म बिक्री गरेर उनी दुव्र्यसनका माझ मुख्य डिलर समेत बनिसकेकी थिइन् । यसरी नै उनले दुधेनामा घर–जग्गा नै निर्माण गरिसकेको प्रहरीको दाबी छ । त्यसो त उनी आफैँ पनि लागूऔषधको दुव्र्यसनी समेत भएको खुलेको प्रहरीले जनाएको छ ।