प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

गोरक्ष समाचारदाता
दाङ, ९ कात्तिक । दाङमा लुम्बिनी प्रदेशस्तरीय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगीले सहभागिता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि अहिले तयारी तीव्र बनेको उनले बताए । प्रतियोगितामा सहभागिताका लागि उनले सबैमा अनुरोध समेत गरेका छन् ।