युवराज शर्मा
नेपालको शासन पद्धति बहुदलीय व्यवस्थामा छ । यही तीन तहका सरकार छन् । सबै तहमा जनताका प्रतिनिधि निर्वाचित र समावेशी भने तापनि धेरै नेताहरुका श्रीमती, बहिनी, साली, आफन्त मात्र छन् ।
पिछिडिएका वर्ग र जातीय आधारमा दलले मनोनित गर्नु पर्नेमा त्यस्तो व्यक्ति छनोट गर्न दलका नेतृत्ववर्गलाई अधिकार थियो तर नेपाली कांग्रेसका नेता र दलका सभापति शेरबहादुर देउवाले आफ्नो श्रीमती आरजु राणा देउवा र नेता बालकृष्ण खाँडको श्रीमती मञ्जु खाँडलाई मनोनित गरी सांसद बनाए । यसले संविधानको मर्मविपरीत गरेपछि दलगत राजनीति पनि वर्गलाई चोट पु¥याएको छ । दलमा बसेर काम गर्नु व्यक्तिका लागि उपलब्धिमूलक भएन भन्छन्– नेपाली कांग्रेसका पिछडिएका वर्गमा भएका व्यक्तिहरुको रोदन ।
सबैभन्दा सानो दल हो, नेपाली कांग्रेस पार्टी । जसले नेपालमा राजनीतिक खेलाडी बन्दै आइको थियो र यद्यपि पनि दलीय खेलाडी बनिरहेको छ । २००४ सालदेखि राणा शासन, पञ्चायती व्यवस्था र राजसंस्थाको विरोध गर्दै आएको दल भए पनि राजालाई सत्ता बुझाउने व्यक्ति वर्तमान सभापति शेरबहादुर देउवा नै हुन् । उनको नेतृत्वमा भएको दल बहुमतमा हुँदाहुँदै पनि कार्यकारिणी सत्ताको अधिकार माओवादीका दलीय अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको पाइयो । यति मात्र होइन नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई हँसिया–हथौडामा मत दिन लगाएर उनीहरुको व्यक्तित्वलाई हवाई दिएका थिए ।
अहिले भ्रष्टाचारीहरुलाई बचाउन नेकपा एमालेका दलीय अध्यक्ष केपी ओली शर्मासँग मिलेर काले–काले मिलेर खाउँ भाले भन्दै बालकोट पुगेको शेरबहादुर देउवालाई राजनीतिज्ञ भन्ने कि कांग्रेसका कुसल कुटनीतिज्ञ भनने दोधारमा छन्, नेपाली कांग्रेसका कार्यकता । अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको दलीय सरकार छ । यो सरकराले दलका नेता र कार्यकर्तालाई पालनपोषण गर्न देशको राजस्वले नभ्याउने भएपछि पुँजीपति राष्ट्रहरुसाग आर्थिक सहयोग माग्ने गरेका छन् ।
जनतालाई राजस्वको करको भार बोकाएर थेग्न नसक्ने अवस्थामा जनता छन् । देशमा उत्पादित सामानहरु सस्तो छ । विदेशी आयातीत सामानहरुको मूल्य महँगो छ । आर्थिक उत्पादन छैन, अर्थविदहरु भन्छन्– दलीय सरकार बन्यो मगन्ते । प्रधानमन्त्री भएका केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा अमेरिका पुगेर अमेरिकन सरकारसँग सत्ता चलाउन भीक्षाटन गरेको चर्चा गर्छन्– राजनीतिक विश्लेषकहरु । यसको परिणाम के हुने हो ? भन्न सकिन्छ भन्छन् नेपालका अर्थविद्हरु । संविधानविदहरु भन्छन्– अनावश्यक पदहरु खारेज गरेर संविधान संशोधन गर्नु पर्ने समय भयो तर ती नेताहरु भन्छन् ।
हाम्रा कार्यकर्तालाई दलीय स्वाद चखाउन यही संविधानलाई अगाडि बढाउनु पर्छ । संविधान संशोधन गरेर जनताद्वारा निर्वाचित हुने प्रधानमन्त्री बनाउनु हुँदैन । दलको अस्तित्व रहन्न र शेरबहादुर देउा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएर नेपालको प्रम बन्न पाउँदैनन् । दलीय भावना जगाउन यी नेताहरुको महत्व छ भन्छन्– दलका कार्यकर्ता । तसर्थ जनताद्वारा निर्वाचित हुने प्रधानमन्त्री पदको महत्व रहनन भनाइ तीन दलका तीन नेताहरुको छ । स्वतन्त्र व्यक्तिले प्रधानमन्त्री पद हात पारेपछि देशमा विकास भए पनि अन्तर्राष्ट्रिय प्रभाव पर्दैन । त्यस कारण संविधान संशोधन नगर्ने मनसाय तीन दलहरुका शीर्ष नेताहरुको छ । यो भनाइ हो – तीन दलहरुका कार्यकर्ता, झोले र हनुमान बनेर अर्थोपार्जन गर्न पल्केका लुटेराहरुको समूह । यो समूहमा स्वदेशी र विदेशी लुटेराहरु छन् ।
मनसुन वर्षा र भनसुन कार्यकर्ताहरुले थिलोथिलो पारेको समय तीन दलका तीन नेताहरुका लागि बाढी, पहिरो र डुबानले सताइरहेका नागरिक भोक र रोगले पीडित भएका छन् । उनीहरुलाई मल्हमपट्टी लगाउन ठुला राष्ट्रहरुसँग भीक्षा मागने अवसर प्रधानमन्त्रीलार्य आएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक जोहो मगन्ते बनेर धनी राष्ट्रहरुसाग आर्थिक अनुदान माग गर्ने र अठार महिनापछि शेरबहादुर देउवाको पालो प्रधानमन्त्री पदमा विराजमान भएपछि खर्चको समस्या नपर्ने नेपाली कांग्रेसका भोका, नाङ्गा कार्यकर्ताहरु आशामुखी भएको सुनाउँछन् । कामभन्दा माम ठुलो हो भन्ने कार्यकर्ताहरु गाउँ–गाउँमा जुर्मुराएका छन् । यो अनियमितताको आशा हो ।
यस्ता कार्यले राष्ट्र बलियो हुन्न । गणतन्त्रको शासन पद्धतिमा मनपरीतन्त्र हाबी हुन्छ । त्यस्तै हुँदै आयो र भ्रष्टाचार मौलायो । दलगत प्रणालीमा नेता र कार्यकर्ताहरुमा लालचीपन बढ्यो । दलगत भावनामा नेता र कार्यकर्ताहरु लोभी, पापी र लालची बन्ने गरेको सुनाउँछन्, दलका इमानदार नेता र कार्यकर्ताहरु । के दलीय सरकारहरुको गठबन्धन मगन्ते भयो ? युवाहरुलाई विदेश पठाएर जमीन बाँझो राखी खाद्य सामग्रीहरु आयात गर्ने देशले युवाहरुलाई निर्यात गर्ने नीति पनि दलइय आधार बनेको राजनीतिक विश्लेषकहरुको भनाइ सुनिन्छ ।
यसले के देखाउँछ भने युवाहरुको सत्यानाश अर्थनीति र दलगत नेताहरुको सत्तामा बसेर आर्थिक लाभ गर्ने विकासे नीति अपनाएको युवाहरुको तर्क छ । यस्ता कामले देश खोक्रो बन्दै छ । देशमा बेरोजगारीको वातावरण सरकारले सिर्जना गरेको छ । नागरिकमा आर्थिक उपाजृन गर्ने आधार देशमा छैन । उनीहरुका लागि वैदेशिक रोजगार नै दलालतन्त्रको आधार बनेको छ । जतिपटक जो व्यक्ति प्रधानमन्त्री, मन्त्री र सांसद बने पनि देश दलालतन्त्रको पञ्जामा सरकार घुमिरहेको सुनायन्छन्, वैदेशिक रोजगारका युवाहरु । वास्तवमा नेपाल दलालहरुको दलालीमा छ ।
देशका धेरै भूभागहरु बाढी, पहिरो र डुबानका कारण नागरिकहरु पीडामा छन् । त्यसमा पनि हिन्दुहरुको महान चाड विजयादशमी, तिहार पर्व र छटीमाता पर्वमा घर जान हिडेका व्यक्तिहरु गन्तव्यमा नपुग्दै बाटोमा अस्ताए, पहिरोमा पुरिए, डुबानमा मरे र बाढीले बगायो । हारगुहार गर्दा पनि सरकारी संयुन्त्र चलाउने प्रधानमन्त्री र गृहमन्त्रीले सुनेनन् । सरकार मुकदर्शक बन्यो । मानव चित्कार नसुन्ने सरकारका मगन्ते खेल पनि एउटा नाटक थियो भन्छन् – प्राकृतिक प्रकोप पीडितहरु । बाँचेका घाइतेहरुको अवस्था दुःखदायी छ ।
काम गर्न अशक्त छन् । उनीहरु भन्छन्– बाँचेर घाइते हुनुभन्दा मृत्यु नै राम्रो रहेछ । न बास छ न गास छ, आफूसँग नाङ्गो शरीर मात्र छ । यस्तो अवस्थाका नागरिकलाई मर्नु न बाँच्नुको अनुभूति छैन । मगन्ते सरकारले राहत बाँड्ला र ? मागेर ल्याएको भिक्षा आफूहरुलाई ठिक्कै छ । हेलिकोप्टरमा घुम्न र सडकहरुमा दगुर्न मस्त छन्, मन्त्रीहरु ।
नेपालमा भूकम्पको भयावह अवस्था भोग्न परेका नेपाली छन् । उनीहरुको बास बन्न सकेको छैन । प्लेन दुर्घटनाको कारणले मृत्यु वरण गरेका परिवारहरु पीडित छन् । सडक दुर्घटना, बाढी पहिरो, डुबानका पीडितहरु छन् । कतिपय मृत्यु वरण गरेका परिवारहरु घर न बासका छन् । यसको वास्तविक रेकर्ड नेपाल सरकारसँग छैन । सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग पनि छैन । गलत आँकडाहरु पेस गरेर भीक्षा माग्न सफल सरकार छ । दया गरेर गरिब राष्ट्र नेपाललाई सम्झेर भीक्षा दिए पनि खान पल्केका नेताहरुले सहजै खान्छन्, लाज, शर्म मान्दैनन् । यो खुला भ्रष्टाचार हो ।
जबसम्म नेताहरुमा सहनशीलता, जनताप्रति ममता, पीडितप्रति दयाको भावना जाग्दैन तबसम्म देशमा सामाजिक र आर्थिक सुधार सम्भव हुन्न । त्यसैले होला नेपालमा विकृतिको वातावरण गाउँदेखि सङ्घीय सरकारसम्म झाँगिएको छ । यो जालो तोड्न कुनै दलको नेताले अग्रसरता अपनाएको पाइनन । पुराना दलहरु प्रतिशोधको राजनीति अपनाउँछन् । नयाँ दल र साना दलहरुले ठुला दलहरुको प्रतिशोधमा प्रतिकार गरिरहेका छन् । यो तनाव हटाउन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएपछि मात्र यसतो तनावपूर्ण वातावरणमा शान्ति, विकास र समृद्धि हुने नागरिकको अन्तिम आशा छ । नेपाल मगन्ते देश हुने थिएन ।