गोरक्ष समाचारदाता
दाङ, ९ कात्तिक । तुलसीपुर स्थित ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, कलेजले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञानदीप कलेजलाई एजुकेसन अवार्ड प्रदान गरिएको हो ।
ज्ञानदीप कलेजका भाइस प्रिन्सिपल मनोज केसी र एकेडेमिक कोअर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए । कलेज उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७औँ स्थानमा पर्न सफल भएको थियो ।
अवार्ड कार्यक्रममा देशैभरिका कलेजहरूको सहभागिता रहेको थियो । कलेजले विभिन्न समयमा उत्कृष्ट अवार्ड प्राप्त गर्दै आएको छ । पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको कलेजले विभिन्न समय र सङ्कायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।