वाइवाइ चाउचाउवाट मात्रै ६३ करोडौं राजस्व नोक्सानी

नवलपरासी, बैशाख १५ । लकडाउनका कारण कम्पनी सञ्चालन हुन नसकेपछि अहिले वाइवाई चाउचाउको उत्पादन रोकिएको छ । सो चाउचाउलेमात्र मासिक ५६ करोड राजश्व सरकारलाई बुझाउने गर्दछ ।
नवलपरासी स्थित चौधरी ग्रुप इन्डिस्ट्रियल पार्कमा रहेको वाइवाइ चाउचाउ कारखानाले दैनिक ५४ हजार कार्टुन (दैनिक १६ लाख २० हजार पोका) चाउचाउ उत्पादन गर्छ । त्यस वापत उसले मासिक ५६ करोड राजश्व बुझाउछ । लकडाउनको यो पुरा अधबीमा ६३ करोड राजश्व राज्यलाई वाइवाई चाउचाउवाट मात्र घाटा भएको छ । भन्सारमा आयातहुने कच्चा पदार्थमा भुक्तानी समेत जोड्दा राजश्व रकम त्यो भन्दा बढी हुन्छ । चाउचाउ उत्पादनमा प्रयोगहुने कच्चा पदार्थ भारतवाट आउने गरेको छ । त्यस वापतको राजश्व भन्सारमा तिरिन्छ ।
वाइवाइ चाउचाउको यो आंकडाले मात्र पनि लकडाउनका कारण उत्पादन बन्द हुँदा राजश्वमा आउने गिरावटको अनुमान लगाउन सकिन्छ ।
चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाका अनुसार चौधरी ग्रुपले मात्र दैनिक झण्डै २ करोड राजश्व (कच्चा पदार्थको भन्सारमा राजश्व समेत) बुझाउने र दैनिक २ हजार जनालाई रोजगारी दिदै आएको छ । अहिले कारखाना संचालन हुन नसक्दा सरकारी कोषमा राजश्व घाटा हुनु त छदैछ, त्यसवाट त्यहाँ कार्यरत मजदूरहरुको बिहान बेलुकाको रोजिरोटिमा समेत समस्या देखिने अबस्था छ ।
सिटौलाका अनुसार कारखानाले त्यहा कार्यरत २ हजार मजदुरहरुलाई मासिक ४ करोड तलब बापतको रकम भुक्तानी दिदै आएको छ । २ हजार मजदुरहरु मध्ये कारखाना वरिपरिकै स्थानीय बासिन्दा १८सय १२ जना त्यहाँ कार्यरत रहेका छन् । डेरा भाडामा बसेर काराखानामा काम गर्दै आएका ४ सय भन्दा बढि मजदुरको सांझ बिहान हातमुख जोर्ने समस्याले बिचल्ली भएको छ ।
दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डिसिट्रययल पार्कले चाउचाउ, भुजिया, क्विक्स ,बिभिन्न स्न्याक्स, रियो लगायतका पेय पदार्थ ( खाद्य पदार्थ) उत्पादन गर्छ । यो नेपालको सबै भन्दा ठुलो तैयारी खाजा उत्पादक कारखाना समेत हो ।
उद्योग तथा वाणिन्य मन्त्रालयले २ साता अघि नै अत्याबस्यकिय सेवाका कारखाना सूचारु गर्नु भन्ने परिपत्र गरेपनि यहाँ त्रासका कारण कारखाना संचालन हुन नसकेको छैन । नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खाद्यान्न सामाग्री उत्पादन गर्ने कारखाना तत्लकाल संचालन गर्ने बातावरणका लागि आफुले काम गरिरहेको र कसैले बिभिन्न बहानामा अबरोध गरे कारबाही गर्ने बताएका छन् ।
उता कारखाना भित्र रहेको ५ वटा प्लान्ट मध्ये २ फरक फरक भवनमा रहेका २ वटा प्लान्ट पहिलो चरणमा थोरै मजदुर राखेर संचालन गर्ने प्रयास भैरहेको सिटौलाले जानकारी दिएका छन् । सिजी इण्डस्ट्रियल पार्कमा बिगत २३ वर्षदेखि ति खाद्य पदार्थ उत्पादन हुँदै आएका छन् ।