रफिकोलको २७ औं बार्षिक साधारणसभा
तुलसीपुर,१३ असोज । सहकारी संस्थाका सदस्यहरू सचेत भएर आफुले जम्मा गरेको रकम कहाँ र कसरी परिचालन भएको भने बारेमा बुझ्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएमा छन् ।
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संंस्था लिमिटेड तुलसीपुरको २७ औं साधारणसभा बोल्ने बक्ताहरुले सहकारी अभियानता, बचतकर्ताहरू सचेत र जागरूप भएपछि कुनै पनि समस्या नआउने बताएका थिए । राप्ती विश्वासि बचत तथा ऋण सहकारी संंस्था लिमिटेड तुलसीपुरका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीको अध्यक्षता एव जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस अवसरमा बोल्ने संस्थाका सल्लाहकार तथा अतिथिहरूले सहकारीको नीति विधि अनुसार रफिकोल सञ्चालन भएको भन्दै कुनै दुविधामा नपर्न आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शर्माले सहकारी सिद्धान्त र नीनि नियममा रहेर सहकारीलाई चलाउन आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछानेले आफुले जम्मा गरेको रकमको सोधिखोजी गर्ने कर्तव्य शेयर सदस्य र बचत कर्ताको भएको बताए ।
त्यस्तै सल्लाहकार मानबहादुर डाँगीले अहिले सहकारीको नाम सुनासात बचत कर्ताले कान ठाडो पार्ने अवस्था सृजना भएको बताए । उनले रफिकोल एउटा गतिशिल संस्थाको रूपमा स्थापित भएको भन्दै आगामी दिनमा आफ्ना सदस्यहरूको क्षमता विकास गर्दै अगाडि बढनु पर्ने बताए । उनले अहिलेका विभिन्न हलामा नलागन शेरयर सदस्य र बचत कर्ताहरूलाई आग्रह गरे ।
साधारण सभामा सल्लाहकार शंकर दिवस मजगैया, हेमन्तकुमार योगी, पूर्व सल्लाहकार अशोककुमार श्रेष्ठ, सुरेन्द्रबहादुर खड्का श्रीधर शर्मा आचार्य, पूर्व सचिव विनोद पन्त, अक्षकोषदाता रामप्रसाद जैसी, खुमान्नद अधिकारी, शेयर सदस्य मुक्तिप्रसाद न्यौपाने, कल्पना बस्नेतलगायतले अब सहकारीहरूले शेरयर सदस्यलाई सिममुलक तालिम तथा आयआर्जनमा जोडने गरी सहकारीले योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
साधारणसभामा कोषाध्यक्ष कुमार वसन्त आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जस अनुसार ३ हजार ३ सय ७७ जना सदस्य रहेको र शेयर पुँजी आर्थिक वर्ष २०८०र०८१ मा ३ करोेड २८ लाख ६ हजार ५ सय रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव प्रल्हाद शाहले प्रस्तुत गरेका थिए । बार्षिक साधारसभामा असल बचत कर्ता तुलसीराम गुप्ता, खिमा शर्मा, चित्राकुमारी बोहोरा,धनकुमारी कडेल, भुपालबहादुर डाँगीलाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणि गायत्री शाह, पार्वति घर्ती थापा, बुद्धिराम केसी, कमला केसी र शारदा वली, जेष्ठ शेयर सदस्य ढुण्डिराज लामिछाने ,ललितादेवि भण्डारीलाई सम्मान गरिएको थियो ।
साधारण सभामा रामप्रसाद रफिकोल पुरस्कार बाट जनकल्याण मावि बबईका छात्रा निर्मला भण्डारी, विष्णुप्रसाद केसी स्मृति छात्रवृति पुरस्कारबाट राप्ती बंबई क्याम्पसका छात्र रूपेश चौधरीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव प्रल्हाद शाहले गरेका थिए । साधारण सभा दुई दिन छुटा छुट्टै कलसटरमा आयोजना गरिएको थियो ।