‘विपत् अनुसन्धान र सिकाइको अवसर’
खेमराज रिजाल
दाङ, १३ भदौ । बर्षात शनिवारदेखि केही मत्थर भएको छ तर देशभर पहिरो गएर अवरुद्ध भएका सडक खुल्न सकेका छैनन् । तुलसीपुरदेखि सल्यान जाने सडक शनिवार अबेरमात्र खुलेको छ । तुलसीपुर—कपुरकोट सडकखण्डको राम्रीमा गएको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको छ । शुक्रवार राति झरेको पहिरोका अवरुद्ध सडक शनिवार दिउँसोदेखि सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
भालुवाङदेखि प्युठान सडक पनि पहिरोकै कारण अवरुद्ध छ । भालुवाङ प्रहरीका अनुसार शनिवार दिउँसोसम्म पनि सडक खुलेको छैन । गोरुसिंहेदेखि सन्धीखर्क जाने सडकमा झरेको पहिरो पनि अझै पन्छाएर सडक सुचारु गर्न नसकिएको त्यहाँको प्रहरीले जनाएको छ । बुटवलदेखि पाल्पा जाने सडकमा खसेको पहिरोका कारण अवरुद्ध यातायात अझै खुल्न सकेको छैन । तत्काल पहिरो हटाएर सडक सुचारु गर्न सकिने अवस्था छैन ।
भुःधरातल मुख्य चुनौती स्स्डा सुवेदी
डा मन्दिप सुवेदी पेसाले इन्जिनियर हुन् । उनी हाल नेपाल जियोटेक्निकल सोसायिटिका अध्यक्ष पनि हुन् । उनले नेपालको भू–वनावट, प्राकृतिक विपत, क्लाईमेट चेन्जको प्रतिअसर लगायतका विषयमा पनि दख्खल राख्ने व्यक्तित्व पनि हुन् । अहिले नेपालमा किन यति धेरै प्राकृतिक विपत आयो त भन्ने सन्दर्भमा उनले विभिन्न कारण बताए ।
यो विपतलाई अब सिकाइको अवसर पनि बन्नुपर्छ भन्ने उनको तर्क पनि छ, जसरी कोरोना भाइरसको सङ्क्रमणले हामीलाई सरसफाइ सिकाएको थियो । उनका अनुसार सबैभन्दा पहिलो त नेपालको भूः धरातलनै कमजोर छ । भूकम्पीय उच्च जोखिममा छ । उच्च पहाडदेखि धेरै भिराला जग्गा छन् । त्यही बस्ती बसेका हुन्छन् । त्यहाँ बाटो पु¥याउनै पर्दछ, तर बाटो पु¥याउने प्रक्रियाका विषयमा सबै जागरुक हुन सकेमा मात्र हामी यस्तो प्राकृतिक विपतबाट जोगिन सक्छौँ तर यसमा सबै निकाय गम्भीर भएको अवस्था छैन, कारण हामीले थोरै पैसाले धेरै गर्नु पर्ने छ ।
एकातिर भिरालो जमिन छ भने नेपालमा बर्षात पनि एकै समयमा अविरल रुपमा पर्ने गर्दछ । डा मन्दिपका अनुसार अब भविष्यमा हामी यस्तो विपतबाट जोगिनका लागि यो विषयलाई पाठ्यक्रममै समावेश गरेर विकासको मोडेल कसरी निर्धारण गर्ने भन्ने विषयमा हाम्रा विद्यार्थीलाई समेत जानकारी गराउन हामी सबैले पहल गर्नुपर्दछ ।
त्यसो त पछिल्लो समयमा नेपालमा सडक निर्माणमा डोजर इन्जिनियरिङ हाबी भयो । कुनै पनि प्राविधिकको प्रत्यक्ष निगरानी बिनै डोजर चालकले सडकको ट्र¥याक खोल्ने प्रवृत्ति हाबी भयो । ठेकेदार स्वयम् प्राविधिक बनिदिए । सडकको स्लोपका विषयमा पनि एकिन प्राविधिक मूल्याङ्कन भएको देखिएन । अनावश्यक रुपमा ठु–ठुला रुख काटिए । भिरालो जमिनको माटो काटेर तल फाल्ने अभ्यास सुरु भयो । जुन माटो सेट हुन कम्तिमा दशक लाग्छ । एकजना प्राविधिक भन्छन्,—‘जब हामीले आफ्नै बारीमा हुर्केको साल त काट्न पाउदैनौँ भने सडक बनाउदा किन ठुलठुला रुख काटिन्छन् रु यही कारण पनि यो पछिल्लो विपत देखिएको हो ।
सडक बनाउँदा धेरै वन विनास भयो । यही कारण पहिरो र भूक्षयको सम्भावना अधिक बढेको एकजना वरिष्ठ इन्जिनियरले बताएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले निर्माण गरेका सडकमा सबैभन्दा बढी समस्या देखिएको पनि ती इन्जिनियरको भनाइ रहेको छ । अर्को प्राविधिक प्रवेक्षण अनुसार मुलुकमा भर्खरै मात्र जताततै सडकका ट्र¥याक खोल्ने काम भयो । भर्खरै ट्र¥याक खोलेर नाला बिनानै सडक कालोपत्रे गर्ने अभ्यास पनि सँगै भित्रियो । सडक बनाउँदा इन्जिनियरिङ डिजाइन भएन, न त सडक निर्माणका क्रममा इन्जिनियरको प्रत्यक्ष निगरानी नै हुनसक्यो, यो पनि अर्को समस्या हो ।
बनेका सडकमा न गतिला रिटेनिङ वाल छन्, न त पक्कि नाला नैे । सस्तो लोकप्रियताका लागि स्थानीय सरकार र प्रदेश डोजर इन्जिनियरिङ प्रयोग गर्दा पनि यस्तो समस्या आएको बताइएको छ । प्राविधिकका अनुसार भर्खर निर्माण भएको सडकले आफ्नो खास सेप लिनका लागि कम्तिमा पनि दश वर्ष लाग्छ । सडक निर्माण भएको दश वर्ष पछि मात्रै सडकले आफ्नो आकार ग्रहण गर्दछ । त्यसपछि मात्र सडक भासिने र पहिरो खस्ने समस्या विस्तारै कम हुँदै जाने एकजना भुगर्वविदले बताएका छन् । दुई दिनसम्मको लगातारको बर्षातका कारण सिँगै मुलुक अत्तालिने गरी किन सडकमा पहिरो खसिरहेको छ, यो एउटा अनुसन्धान र सिकाइको अवसर पनि बनेको छ ।