मेरो खुशी : कलाकारिता क्षेत्रमा पाएको सफलता …
1 min readसानैदेखि नृत्यप्रतिको लगावले नारायणी खत्रीलाई नृत्यकला क्षेत्रमा लाग्न प्रेरित ग¥यो । नृत्यप्रतिको रुचिका कारण बाल्यकालदेखि नै विद्यालयदेखि गाउँघरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएकी नारायणी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नृत्य प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।
नृत्य क्षेत्रमा लगेको आठ वर्षको अवधिमा गीत संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नारायणीलाई यहाँसम्म ल्याउन बाल्यकालको गीत संगीतप्रतिको उत्सुकता र नृत्यप्रतिको मोह नै भएको उनी बताउँछिन् । पछिल्लो समय काठमाडौंमा बसेर सांगीतिक क्षेत्रमा संघर्षरत नारायणी छोटो समयमै आपूmलाई नृत्य क्षेत्रमा स्थापित गर्न सफल भएकी एक नृत्याङ्गना हुन् ।
अहिलेसम्म करिब दुई बढी गीतमा नृत्य अभियान गरिसकेकी नारायणीले खासगरी लोक संगीतसँग सम्बन्धीत गीतमा अभियान गर्दै आएकी छिन् । नृत्यमा आपूmलाई स्थापित गर्न लोक गीतसँगीेतले नै भूमिका खेलेको भन्दै उनी भन्छिन्,‘मौलिक गीतसंगीतप्रतिको माया र लगावकै कारण यस क्षेत्रमा प्रवेश गरे, यसैले मलाई दर्शक श्रोतमाझ चिलाउन मद्दत गरेको छ, त्यही भएर अन्य गीतभन्दा लोक गीत संगीत नै मन पर्ने गरेको छ ।’
कलाकारिता क्षेत्रमा लागेको करिब एक दशकको अवधिमा अनेक उतारचढाव व्यहोरेकी नारायणीले आफ्नो सफलता र खुसीको क्षणका रुपमा ‘ठमेल असन’ बोलको गीतमा नृत्य गर्दाको क्षणलाई लिने गर्दछिन् । उनलाई जुन गीतले कलाकारिता क्षेत्रमा पहिचानसँगै स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
‘कलाकारिता क्षेत्रमा लागेपछि धेरै गीतमा अभिनय गर्ने अवसर प्राप्त भएको थियो तर गीत सोचे अनुरुप सफल नहुँदा ओझेलमै थिए’,उनले भनिन्,‘तर दुई वर्षअघि खेम सेन्चुरी र सुनिता बुढाक्षेत्रीको स्वरमा रहेको ठमेल असन बोलेको लोकदोहोरी गीत सफल भएपछि म पनि दर्शक श्रोताबिचमा चिनिने मौका प्राप्त गरे । त्यही क्षणलाई मैले कलाकारिता क्षेत्रको एक खुसी र सफलताको क्षणका रुपमा लिने गरेकी छु ।’ उनी आफ्नो कलाकारिता क्षेत्रमा यो गीतले एउटा सफलताको सिढी चढ्न सहयोग गरेको सम्झिन्छिन् ।
गाउँघरमा हुने मेला तथा विद्यालयमा हुने विभिन्न प्रतियोगितामा नृत्य देखाउने गरेकी उनले दाङमा भएको महोत्सवमा पहिलो पटक ठूलो स्टेजमा प्रस्तुत भएपछि चर्चा कमाएको बताउँछिन् । करिब ४ वर्षअघि आफ्नो कलाको यात्रालाई अझ फराकिलो बनाउन काठमाडौं छिरेकी नारायाणीले अहिलेको सफलतालाई बाल्यकालमा भएको गीतप्रतिको लगावको कारण बताउँछिन् । ‘सानैदेखिको नाच्ने रहरले कहिल्यै छोडेन, अहिले पनि त्यही बाटोमा संघर्षरत छु’, उनले भनिन्,‘परिवारले मलाई यस यात्रामा साथ दिनुभएको छ र कलाकारीता क्षेत्रमा लाग्न उत्प्रेरित गरिरहनुभएको छ । त्यही कारण मेरो सफलताको पहिलो श्रेय मेरो परिवारलाई जान्छ ।’
नृत्य यात्रामा संघर्ष गर्दा गर्दै अहिले काठमाडांैमा आफ्नै नृत्य कलास सञ्चालन समेत गरेकी नारायणीले यसलाई कला क्षेत्रको दोस्रो खुसीका रुपमा लिने गर्दछिन् । ‘मैले सानो उमेरमा गाउँघरमा अरू नाचेको हेर्दा हेर्दै आपूm नाच्न सिके, त्यो बेला सिकौँभन्दा पनि गाउँघरमा नृत्य सिक्ने वातावरण थिएन’,उनले भनिन्,‘तर अहिले समय बद्लिएको छ, । इच्छा हुनेका सिक्ने ठाउँ खुलेका छन्, त्यही सोचेर मैले पनि विगत एक वर्षदेखि नारायणी डान्स स्टुडियो सञ्चालन गरेको छु, अहिले करिब तीन दर्जन जति प्रशिक्षार्थी रहेका छन् ।’
‘मायाले दिल गाड्यो’, ‘शिरफुल शिरको’, ‘लैजाउ मलाई डुंगा तरी’ लगायतका दर्जनौ चर्चित गीतमा आफ्ना कला प्रस्तुत गरिसकेकी नारायणी अहिले दशैँ, तिहार सम्बन्धी गीतको छायाङ्कनमा व्यस्त रहेको बताउँछिन् । नारायणीले गएको तीजमा करिब दुई दर्जन तीज गीतमा समेत अभिनय गरेकी थिइन् । हसिलो अनुहार, आकर्षक जिउडाल, मिलनसार, सालिन स्वभावसँगै गीतले बोलेको भावअनुसार नृत्य प्रस्तुत गर्ने क्षमताका कारण कलाकारीता क्षेत्रमा सफलता प्राप्त गर्दै अघि बढेकी नारायणी गीतसंगीतका क्षेत्रमा स्थापित मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो प्रस्तुती दिने भएकी छिन् ।
यही गीत संगीत क्षेत्रमा लाग्दा प्राप्त गरेको अर्काे खुसीको क्षणका रुपमा उनले सांगितिक कार्यक्रमका लागि बहराइन जाँदाको क्षणलाई बताउँछिन् । जुन उनको पहिलो अन्तराष्ट्रिय मञ्च थियो । गीत संगीत क्षेत्रमा लागेको करिब सात वर्षपछि २०८० साल बैशाख महिनामा बहराइनमा भएको सांस्कृतिक कार्यक्रममा गएकी थिइन् ।
‘स्वदेशका विभिन्न स्थानमा हुने मेला महोत्सवदेखि सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरे पनि विदेश जाने अवसर प्राप्त भएको थिएन’,उनले भनिन्,‘सांगितिक क्षेत्रमा लागेको करिब सात वर्षपछि गत वर्ष बहराइन जाने पहिलो अवसर प्राप्त भयो । त्यो पनि मेरो खुसीको क्षण हो ।’ बहराईनमा सांगीतिक कार्यक्रमपछि जापान, दुवईलगायतका देशमा आफ्ना प्रस्तुतीका लागि गएको उनी बताउँछिन् ।
नृत्यमा सफलता प्राप्त गर्दै अघि बढिरहेकी नारायणीले विभिन्न विधामा ६ वटा अवार्ड समेत जितिसकेकी छिन् । गीतले मागेको भावअनुसार नृत्य प्रस्तुत गर्न सक्ने नारायाणीको त्यही कला र क्षमताका कारण २०८१ जेठमा ११औँ म्यूजिक खबर म्यूजिक अवार्ड जित्न सफल भएकी थिइन् । उक्त अवार्ड जित्दाको क्षणलाई पनि उनी खुसीको क्षणका रुपमा लिने गर्दछिन् ।
‘कलाकारिता क्षेत्रमा लागेपछि धेरै अवार्ड प्राप्त गरेकी छु, त्यसमध्येमा ११आँै म्यूजिक खबर म्युजिक अवार्ड प्राप्त गर्दाको क्षण मेरो अर्काे खुसीको क्षण हो’,उनी भन्छिन् । ‘२०५७ साउन १६ गते प्युठानको माण्डवी गाउँपालिका–१ सिमलचौरमा बुबा चिन्ताबहादुर खत्री र आमा अम्बी खत्रीको जेष्ठ सन्तानका रुपमा जन्मिएकी थिइन्, नारायणी । काठमाडौंमा बसेर सांगितिक क्षेत्रमा सक्रिय उनी व्याचलर तहमा अध्ययन गरिरहेकी छिन् । नारायणीको परिवार पछिलो समय दाङको लमही नगरपालिका–२ सुन्डबरीमा बसोबास गर्ने गर्दछ ।
प्रस्तुति : हिमाल महरा