रोल्पाली ढाङढुङ्गे समाजद्धारा ४० घरपरिवारलाई खाद्यान्न सहयोग

दाङ,१३ बैशाख । रोल्पाली ढाङढुङ्गे कुरेली समाज दाङले लकडाउनको अवधिमा समस्यामा परेका ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेपछि दैनिक मजदुरी गरि खाने गरिव तथा विभिन्न घरपरिवारलाई समस्या परेपछि समाजले घोराही र तुलसीपुरका ४० घरपरिवारलाई खाद्यान्न सहयो गरेको हो ।

लकडाउनका क्रममा समस्यामा परेका घर परिवारहरुलाई रोल्पाली ढुङढुङगे कुरेली समाजले चामल, दाल, पिठो, तेल,नूनलगायतको खाद्यान्न सहयोग गरिरहेको रोल्पाली ढाङढुङ्गे कुरेली समाजका बरिष्ठ सल्लाहकार कैलाश रोकामगरले जानकारी दिएका छन ।

उनका अनुसार लकडाउनको समयमा घरमा खाद्यान्न सकिएर चुलो बल्नै समस्या भएका घोराही उपमहानगरपालिका–१३, १४, १५ र १७ सँगै तुलसीपुर उपमहानगरपालिका–१५ कालाखोलालगायतका विभिन्न स्थानमा बस्दै आएका ४० घरपरिवारलाई खाद्यान्न उपलव्ध गराएको हो । समाजले प्रतिघर २५ केजीको एक बोरा चामल, दुर्ई किलो दाल, पाँच केजी पिठो, दुई पोका तेल र एक पोका नुन सहयोग गर्दै आएको समाजका अध्यक्ष नारायणप्रसाद रोकामगरले जानकारी दिएका छन ।

अध्यक्ष रोकामगरले कलडाउनका क्रममा घरमा खाद्यान्न सकिएर समस्यामा परेका घरपरिवारहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन । सहयोग अभियानमा सामाजका अध्यक्ष नारायणप्रसाद रोकामगर, सचिव सुरेन्द्र घर्ति, कोषाध्यक्ष प्रेम बुढामगर, समाजका वरिष्ठ सल्लहाकार कैलाश रोकामगरलगायतको सक्रियता राहत वितरण गरिएको हो । समाजले लकडाउनका क्रममा समस्यामा परेका जिल्लाभरका समाजका सदस्यहरुलाई राहत वितरण गर्ने जनाएको छ ।