हेमराज शर्मा
दाङ, १३ बैशाख । डिभिजन बन कार्यालय दाङले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको उद्दार गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तुर स्थीत वडा कार्यालय नजिकेैबाट शनिवार विहान डिभिजन वन कार्यालय दाङको टोलीले लोपउन्मुख पन्क्षी हुचिलको बच्चा र घाईते
अवस्थामा रहेको ओतको उद्धार गरेको हो ।

उद्धारपछि आवश्यक वस्थापन एव औषधी उपचारका लागि जंगली जनावर ओत र हुचिललाई डिभिजन वन कार्यालयमा ल्याएको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिएका छन ।
पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्दका अध्यक्ष डिल्ली बहादुर रावतको सक्रियतामा स्थानीयहरूको सहयोगमा हुचिलको बच्चा र घाइते ओतको उद्धार गरिएको हो । ओतको टाउकोमा चोट लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले दिनकारी दिएका छन ।