बिष्णु आर्टद्धारा सचेतना बोर्ड

दाङ,१३ बैशाख । दाङमा पत्रकारिता, नाटक, साइनबोर्ट लेखन कलाका माध्यमबाट समय–समयमा समाजलाई सन्देश दिदै आएका बिष्णु आर्टले कोरोना भाइरस विरुद्ध सचेतना मुलक सन्देश लेखिएका १९ थान साइनबोर्ड बजारका विभिन्न स्थानमा राखेका छन ।

कोरोना भाइरसबाट बच्नका लागि ‘सावुनपाीले हात धोऔ,मास्क पय्रयोग गरौ,लकडाउनको पालना गरौं,आपू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश लेखिएका स–साना बोर्डहरु घोेराही उपमहानगरपालिकाका विभिन्न स्थानमा राखेका हुन ।

उनले २०७० सालदेखि वन डढेलो रोकौ,छोराछोरी बरावरी,जापानिज इन्सेपmलाईटिस रोग,झाडापखालालगायतका रोगहरु सम्वन्धी सचेतना मुलक बोर्डहरु स्थापनासँगै जिल्लाका विभिन्न स्थानमा सचेतना मुलक सडक नाटक प्रस्तुत गर्दै आएका छन । उनले तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाई पनि सचेतना सम्वन्धी साइन बोर्डहरु स्थापना गरेका थिए ।