Goraksha

National Daily

टिभिएसका नया मोटसाइकल र स्कुटी सार्वजनिक

गोरक्ष समाचारदाता
तुलसीपुर, १ असोज । जगदम्बा टिभिएस कम्पनीको आधिकारीक डिलर एचबी अटो ट्रेडर्सले टिभिएसका नयाँ मोटरसाइलक र स्कुटी सार्वजनिक गरेको छ ।

तुलसीपुरमा एक कार्यक्रमकाबिच टिभिएस रेडर (एफआई) १२५ सिसी, टिभिएस रेडिअन (एफआई) क्युल ११० सिसी मोरसाइकल र टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन १२५ सिसी स्कुटी सार्वजनिक गरेको एचबी अटो ट्रेडर्सका प्रोप्रारइटर भ्युसनकुमार योगीले जानकारी दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले नयाँ मोटरसाइलक र स्कुटी एक कार्यक्रमकाबिच सार्वजनिक गरेका हुन् । विश्वव्यापी रूपमा टु–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआई), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेसँगै दाङमा पनि यसको सार्वजनिक गरिएको हो ।

एचबी अटो ट्रेडर्सका प्रोप्राइटर योगीले स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा नयाँ शैली र नयाँ सुविधायुक्त रहेको बताए । टिभिएस एनटर्क–१२५ पुरा डिजिटल स्पिडोमिटर सहित ब्लुटुथ भएको पहिलो स्कुटर हो । जसमा नेभिगेसन असिस्टेन्ट, कलर आइडी, स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, सर्भिस रिमाइन्डर, इन्जिन किल स्विच र स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ, २० लिटर क्षमताको डिकी स्पेस, एलइडी टेल लाइटलगायत विशेषता छन् । यसैगरी युवा पुस्तादेखि सबै ग्राहकले यसलाई अध्यधिक रुचाएको बताइएको छ ।