आशा न्यौपाने स्मृतिग्रन्थ बिमोचन
गोरक्ष समाचारदाता
दाङ, ३० भदौ । साहित्यकार आशा न्यौपानेको स्मृतिग्रन्थ बिमोचन गरिएको छ । लेखक संघ दाङकी सदस्य तथा अक्षकोष स्थापनाकर्ता न्यौपानेको सम्झनामा तयार गरिएको स्मृतिग्रन्थ शनिवार एक समारोहकाबिच राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीले बिमोचन गरेका हुन् ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मृतिग्रन्थको बिमोचन गर्दै परिषदका केन्द्रीय अध्यक्ष उदासीले स्वर्गीय न्यौपानेले साहित्यको विकासका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा स्मृतिग्रन्थका प्रधान सम्पादक डा.कृष्णराज डिसीले पुस्तकको बारेमा प्रकाश पारेका थिए ।
जीवनीका बारेमा प्रकाश पार्दै डिसीले स्वर्गीय साहित्यकार न्यौपानेले साहित्यसँगै सामाजिक, राजनीतिकलगायत विभिन्न विद्यालयमा व्यवस्थापन समितिको सदस्यमा रहेर शिक्षा क्षेत्रको विकासका लागि खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।
स्मृतिग्रन्थ बिमोचन कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, साहित्यकार तथा पूर्व प्राज्ञिक सदस्य उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मी, साहित्यकार बुनु लामिछाने, प्रलेसका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, साहित्यकार हरिप्रसाद पाण्डेय, बिमल न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमका सहभागीलाई लेखक संघ दाङका कोषाध्यक्ष सन्ध्या रेग्मीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव सरिता देवकोटाले गरेकी थिइन् । साहित्यकार न्यौपानेको २०८० भदौ १० गते निधनको थियो । स्वर्गीय न्यौपानेका ‘सम्झना’ शोक काव्यलगागत विभिन्न फुटकर रचना प्रकाशित रहेका छन् ।
‘