Goraksha

National Daily

मावि सौडियारमा अभिभावक भेला तथा कला प्रदर्शनी हुने

घोराही, ३० भदौ । घोराही उपमहानगरपालिका–७ सौडियारस्थित माध्यामिक विद्यालय सौडीयारमा बृहत अभिभावक भेलासहितको शैक्षिक विज्ञान तथा कला प्रदर्शनी हुने भएको छ ।

यहि असोज १ गते विद्यालयको आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशको पयर्टन, उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम तय भएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले जानकारी दिएका छन् ।

विद्यार्थीहरुमा रहेको अन्र्तरनिहित क्षमता प्रष्फुटन गर्न सहयोग पुर्याउने उद्देश्यले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिएका छन् ।

बहृत अभिभावक भेला तथा विज्ञान कला प्रदर्शनी कार्यक्रम विहान १० बजे मन्त्री मन्त्री न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा उस्थीतका लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले सवैमा आग्रह गरेका छन् ।