सहकारीमा शुद्धिकरण आवश्यक’
गोरक्ष समाचारदाता
दाङ, ३० भदौ । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडकोे दशौंँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एवम् घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख डिसीले सहकारी संस्थाको शुद्धिकरण अभियान आवश्यक रहेको बताइन् । दर्ता भएर सञ्चालनमा नरहेका सहकारी खारेजी गरिनु पर्ने समेत उनले बताइन् ।
सहकारीले नागरिकको सेवामूलक काम गर्नु उनको भनाइ थियो । घोराही क्षेत्रका सहकारीको सवलीकरण र शुद्धिकरणका लागि उपमहानगरपालिकाले काम गरिरहेको समेत उनले बताइन् ।
कार्यक्रममा संस्थाका सचिव हेमराज शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गुरुप्रसाद खनालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक खिमराज खनालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका व्यवस्थापक कमल थपलियाले सहकारी बजार परियोजनका बारेमा जानकारी दिएका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका वरिष्ठ उपाध्यक्ष माधव खनाल जिल्ला सहकारी संघका दाङका लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भुसाल, बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार कृष्णप्रसाद शर्मा, राष्ट्रिय सहकारी बंैक लि. घोराही शाखा प्रतिनिधि मिलन दंगाल, सम्मानित हुनेहरूकातर्फबाट ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, जिल्ला बचत संघ दाङका सचिव रामकृष्ण शर्मा, जिल्ला कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्यलगायतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा नियमित रुपमा बचत गर्ने राजु गौतम, असल ऋण कारोबार गर्ने अतुल रेग्मी, सहकारी बजारमा सबैभन्दा बढी कारोबार गर्ने भानबहादुर खड्कालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गरेको थिए ।
अध्यक्षमा पौडेल
संस्थाको चौथो अधिवेशनबाट सञ्चालक समितिको अध्यक्ष पदमा ध्रुवराज पौडेल सर्वसम्मत रुपले पुन निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष पदमा शालिकराम खनाल, सचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा गायत्रा खनाल चयन भएका छन् ।
सदस्यहरूमा युवराज थपलीया, गुरुप्रसाद खनाल, भावना आचार्य, कोमलराज पाण्डेय र भुपनारायण भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी संस्थाको लेखासुपरीवेक्षण समितिको संयाजक पदमा खिमराज खनाल, सदस्यहरूमा शिव भण्डारी र नारायण बञ्जाडे निर्विरोध निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचित सञ्चालक तथा लेखासुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ ।