Goraksha

National Daily

वनघुस्री तथा हस्नापुर खानेपानीमा नयाँ नेतृत्व

टेकबहादुर पुन
देउखुरी, २९ भदौ । बनघुस्री तथा हसनापुर खानेपानी सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले चेतनारायण चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सूर्यनारायण चौधरी, सचिवमा मनिराम चौधरी, कोषाध्यक्षमा मिना मल्ल रहेका छन् । यसैगरी सदस्यमा बुद्धिराम गोतामे, कल्पना चौधरी, शोभा श्रेष्ठ, सिताराम चौधरी र रेश्मा खत्री सर्वसम्मतिबाट चयन भएका हुन् ।

संस्थाका अध्यक्ष ध्रुर्वबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष गिरीले मानिसलाई अत्यावश्यक खानेपानी भएकाले त्यसको स्वच्छतातर्फ ध्यान दिनु पर्ने बताए ।

मुहान जोगाउन वातावरण संरक्षणसँगै सरसफाइतर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । मन्साराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगर खानेपानी महासंघका अध्यक्ष पद्मप्रसाद योगी, नारायणप्रसाद मजगैयाँलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिब रामअधार शर्माले गरेका थिए ।