कथा : बुवाआमाको झगडा
गुरुप्रसाद शर्मा रेग्मी
दिनेश र उर्मिलाको विवाह भएको एक वर्ष पनि भएको थिएन । सासुससुराको कोठामा चर्को स्वरमा झगडा भइरहेको थियो । तँ तँ र म म भनेको सुनेपछि उर्मिलालाई सही न सक्नु भएछ । कोठामा दगुर्दै गएर मोवाइल खोसेर फालिदिएर भनी उहाँ बाबुआमा झगडा गरेर हात हाला हालको अवस्था भएपछि म तिमीसँग बस्न सक्दैन ।
म माइत जान्छु भनेर माइत जाने तरखरमा हुनुहुन्छ ।तपाई गएर राक्नुस् । बाबुआमाको झगडा हेरेर बस्न सक्ने तपाई कस्तो छोरा हो । हेर उर्मिला यो बुढाबुढीको झगडा नाटक हो । झगडा गर्छन् मिल्छन् यसमा तिमीले टाउको दुखाउने काम नगर भनेको सुनेपछि उर्मिला रिसाउँदै भनिन् तपाई धन्यको छोरा हुनु हुँदो रहेछ भनेर सासुससुराको कोठातर्फ लागिन् ।
सासु कोठामा नभएको सुसरा मोवाइल हेरेर विस्तारामा सुतेको विरकिए कि उर्मिला आफ्नै घरको काम र पकाउने थकाउने काममा लागिन् साँझपख ससुरालाई चिया लागि दिएर जाँदा त सासुससुरा बसेर मिठा–मिठा कुरा गरेर आनन्दित भएको देख्दा आश्चर्य चकित भएकी बुहारीले सोच्न थालिन् । यो कस्तो अनौठो प्रेम लिला हो भनेर सासुससुरालाई चिया नास्ता लगेर राखिदिइन् । नास्ता ल्याएकोमा धन्यवाद पनि पाइन् । बाहिर ढोकाको छेउमा बसेर सासुससुराको प्रेमलिला हेरर धेरै बेर बसिरहिन् ।
सासुससुराले एकअर्कालाई चिया नास्ता खुवाउँदै आनन्त्मा साथ कुरा गर्न थाले । ए बुढा अघि किन रिसाएर मलाई गाली गरेको माइत जा भनेको बुढो भएर बसबसमा झगडा गर्न लाज लाग्दैन । हेर बुढी तँ र मँ यसरी झगडा गर्छौँ र त्यसपछि एकले अर्कोलाई माया प्रेम गर्छौ । त्यही अनौठो र द्धेमोत्कर्षको माया पाउन झगडा गर्छु । तैले पनि त कहिले मोवाइल कहिले चप्पल कहिले के लुकाई दिएर झगडा गर भन्छेस् । अनि मलाई ग¥यो भन्छेस् । तिमी रिसायनौ भने माया नै पेटभरी गर्दैनौ ।
त्यसैले झगडाको बिउ खोज्दै हिड्छु भनेर प्रेम चिन्तित भएर एकअर्काको भकारोमा बाँधाएको देखेपछि । बुहारी त्यहाँबाट भान्सातर्फ गएर घोतलिएर बसिन् । धेरै बेर भान्सामा घोरल्लीएर बसेकी उर्मिला उटठेर आफ्नो कोठामा गइन्् । कोठामा दिनेशलाई मस्तसँग निदाएको देख्दा उर्मिलाले दिनेशको गालामा एक चट्कन लगाइदिइन् तीनबाट आगोको दिनेशकले भन्यो यो के पागलपन हो । मलाई किन मारेकी ।
झगडा पछिको प्रेमको चमोत्र्कष पाउनुको लागि मैले गालामा हानेपछि झगडा गर्नुहोला त पछिले पनि सासुससुराको जस्तो माया गर्नुहोला भनेर झगडा गर्न गरेको सुनेपछि दिनेशले उर्मिलालाई यता आउन भनेर बोलायो र अंगालो हालेर माया गर्दै भन्यो । प्रेमको चरमोत्कर्षको रुप बुढाबुढीमा कसरी देख्न पाइदो रहेछ ।