Goraksha

National Daily

मेरिगोल्ड बोर्डिङद्वारा दिदीघरमा सहयोग प्रदान

दाङ २८ भदौ। तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले दिदीघरमा सहयोग गरेका छन ।

भदौ २९ गतेको बाल दिबसको पूर्व सन्ध्यामा मेरिगोल्ड स्कुलका जुनियर रेडक्रसमा आवद्ध भएका विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर तुलसीपुरमा रहेको दिदीघरमा सहयोग गरेका छन ।

बिद्यार्थीहरुले तुलसीपुर वडा नं. ६ मा रहेको दिदीघरमा खाद्यान्न, फलफूल र स्टेसनरी सामाग्री प्रदान गरिएको बिद्यालयले जनाएको छ । विद्यार्थीहरुले सहयोग सामाग्री प्रदान गर्नुका साथै दिदी घरमा रहेका बालबालिकासङ्ग भेटघाट तथा अन्तरक्रिया गरेका छन ।

दिदिघरमा अभिभावक बिहिन बालबालिका बस्दै आएका छन र तिनिहरुलाइ केही राहत होस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बिद्यालयका भाइस प्रिन्सिपल साेमराज बस्नेतले जानकारी दिनुभयो ।