Goraksha

National Daily

लुम्बिनी प्रदेशमा तिज र अट्वारीमा सार्वजनिक बिदा

गोरक्ष समाचारदाता
दाङ, २० भदौ । महिलाहरूले मनाउने हरितालिका तिजको दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

हरितालिका तिजको दिन भदौ २१ गते लुम्बिनी प्रदेश सरकराले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले बुधवार सूचना प्रकाशित गर्दै भदौ २१ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भए अनुसार गराएको हो ।

यसैगरी थारू समुदायको अट्वारी पर्वको अवसरमा लुम्बिनीका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लामा भदौको २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।