वी. पी. चिन्तन र नेपाली कांग्रेस

भुवन पोख्रेल
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो । उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । वीपी राजनीतिज्ञ मात्र नभई उनको व्यक्तित्वको अर्को पाटो छ, त्यो हो नेपाली साहित्यका क्षेत्रमा पनि योगदान पु¥याउनु । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेडदर्जन जति कृति प्रकाशित छन् । उनका तीनघुम्ती, मोदी आइन्, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाइ एवम् बाबु आमा र छोरा गरी ६ उपन्यास प्रकाशित छन् ।
यसैगरी दुई कथा सङ्ग्रह श्वेत भैरवी र दोषी चश्मा, हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता प्रकाशित छ । बरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित जेल जनेल वि.सं. २०२३ पुस ६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी (फेरि सुन्दरीजल)ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
जीवनको लामो समय नेपाली कांग्रेसको नेतृत्व गरी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका वीपी कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजदाव स्थापनाका लागि राजनीतिक नेतृत्व गरे । प्रजातान्त्रिक समाजवपादका चिन्तक एवम् प्रयोक्ता वीपीले साहित्य वाङमयको क्षेत्रमा पनि निकै ठुलो योगदान पु¥याउन सफल भएका छन् । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । वि.सं. २०२३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किएका थिए । राणा शासनदेखि पञ्चायती वयवस्थासम्म अनवरत सङ्घर्ष गरेका कोइराला क्यान्सरबाट पीडित थिए ।
वीपीले सन् १९८९ मा आफ्नो उच्च माध्यमिक शिक्षा वानारसमा पूरा गरे । त्यसपछि वनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशासत्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जिलिङमा बसेर धेरै समयसम्म कानुन पेसामा काम गरे । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक थिए । सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबर्जस्ती सैनिकमा भर्ना ग¥यो । त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे ।
जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो । वीपीका पिता कृष्णप्रसाद कोइराला राजनीतिक पृष्ठभुमिका व्यक्ति थिए । त्यसैले सानैदेखि वीपीमा राजनीतिक छाप पर्दै गयो । वीपी राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण वीपी र उनका भाइ मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद ग¥यो । त्यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भयो ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जननायक वीपी कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । वीपीको जीवन दर्शन वृहत र बहुआयामिक भएको सबैले चर्चा गरेका छन् । पीवी र एक कुसल नेता हुन भने चचिर्चत साहित्यकार पनि हुन् । त्यसैले वीपी एक भए पनि उनका व्यक्तित्व अनेक छन् । वीपीका अनुसार प्रजातन्त्रबिना देश रहँदैन, राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।
राष्ट्र भूगोल मात्र होइन यथार्थमा जनता हो । वीपीका अनुसार ‘मेरो राजनैतिक जीवन खुलेको पाना हो । मलाई आफ्नो सम्बन्धमा सफाइ दिइरहने एकदम आवश्यकता छैन ।’ वीपी भन्छन्, नेपाल भनेको नेपालका ती गरिब जनता हुन्, जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरा मात्र भएको टोपी छ । बिरामी परे ओखतीमुलो पाउँदैनन् । जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के आउँ भन्ने समस्या छ । तिनै गरिब किसानको देश हो नेपाल । ठुला–ठुला महलमा बस्ने र मोटरमा हिड्ने त यहाँ १ प्रतिशत पनि छैनन् । तिनीहरु नेपाल होइनन्, जनता त गाउँमा बस्छन् ।
राणाकाल नेपाली जनताका लागि अत्यन्त दुखदायक काल थियो । त्यो समयमा नेपाली जनताले एक छाक खान, एक सरो कपडा लगाउन, रोग लाग्दा औषधोपचार गर्न पाउने अवस्था थिएन । जनताको श्रम शोषण गरेर राणाहरुले काठमाडौंमा सुखसुविधाले युक्त आलिसान महल बनाएर बसेका थिए । ती महलहरु अहिले पनि काठमाडौंका विभिन्न स्थानमा देखिन्छन् । राणाहरु भोग, विलास र खानपानमा रमाएका थिए । सर्वसाधारण जनता र राणाहरुको जीवन शेलीमा आकाश–पातालको अन्तर थियो । राणाहरुले जनतालाई चेतना र शिक्षाबाट वञ्चित गरेका थिए । चेतना र शिक्षाबाट वञ्चित जनतामा विद्रो हगर्ने कुनै शक्ति हुँदैन ।
यसरी जनताको शक्तिलाई कमजोर बनाएर नेपाली जनतालाई त्रासदीपूर्ण जीवन बिताउन वाध्य पारिएको थियो । राणाहरुले राष्ट्रिय ढुकूटी ब्रह्मलुट गरेका थिए । उर्वर भूमि, वनजङ्गल, महङ्खवपूर्ण नदीनालाहरु राणाहरुका विर्ता थिए । राणाको स्वामित्वमा रहेका रैकर जग्गा कमाएर जीवन गुजारा गरेका गरिब जनताले आफूले कमाएको आधार बाली सरकारलाई बुझाउनु पथ्र्यो भने आधाले आफ्नो गुजारा गर्नु पथ्र्यो । यस अर्थ नेपाली जनतालाई कष्टकर जीवन बिताउन बाध्य पारिएको थियो ।
नेपाली जनता निरङ्कुश जहानिया राणा शासनबाट प्रताडित त थिएन नै तयसका साथै बालविवाह, बहुविवाह, दासप्रथा, सतिप्रथा जस्ता समस्याले समाज आक्रान्त थियो । जागिरमा सर्वसाधारण व्यक्ति सुब्बाभन्दा माथि पुग्दैनथे । अन्धविश्वास, कुरीति र कुसंस्कारले समाज जरा गाडेको थियो । यतो अवस्थामा नेपालमा प्रजातन्त्र चानचुने कुरा थिएन । त्यसर्थ नेपालमा प्रजातन्त्र स्थापनार्थ गौरवशाली र सङ्घर्षको लामो इतिहास छ । यही प्रजातान्त्रिक आवश्यकता पूर्तिका लागि वीपीका पिताजी कृष्णप्रसाद कोइरालाले नेपाली जनताले लगाएका दुई जोर कपडा पार्सल गरेर दरबारमा पठाएका थिए । जसका कारण सपरिवार प्रवासी जीवन बिताउन बाध्य भएका थिए ।
लामो समयदेखि जहानिया राणा शासन सञ्चालन गरिरहेका राणाविरुद्ध जनताको प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउने महान चार सहिद गङ्गालाल, दशरथचन्द, शुक्रराज र धर्मभक्तको बलिदानपछि देशभित्र र बाहिरबाट पनि राणाविरोधी आन्दोलन अझ सशक्त बन्यो । प्रजातन्त्र स्थापना गर्ने दृढनिश्चयका साथ वि.सं. २००३ सालमा वीपी कोइरालाको नेतृत्वमा ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना भयो । वि.सं. २००५ सालमा सुवर्ण शमशेर राणाको नेतृत्वमा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ स्थापना भयो । त्यसको उद्देश्य पनि नेपालमा प्रजातन्त्र स्थापना गर्नु नै थियो ।
समान उद्देश्य बोकेर स्थापित यी दुई पार्टीलाई एकीकरण गरी अगाडि बढेको खण्डमा लक्ष्य प्राप्ति गर्न अझ सहज हुने देखेर यी दुई पार्टीलाई वि.सं. २००६ सालमा एकीकरण गरी संयुक्त नाम नेपाली कांग्रेस रहेको हो । यसको परिणाम स्वरुप तयसको एक वर्ष पुग्दा नपुग्दै २००७ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलन निष्कर्षमा पुग्न सफल भएको हो । २००७ सालदेखि २०१७ सालसम्म नेपालमा विभिन्न प्रजातान्त्रिक अभ्यास भए । यसैबिच वि.सं. २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमतका साथ देशको शासन सत्ताको नेतृत्व गर्ने जिम्मा दिए । यसैबिच राजा महेन्द्रमा शासन सत्ता आफ्नो हातमा लिए ।
नेपाली जनतालाई शासन गर्ने महङ्खवाकाङ्क्षा जाग्यो । जसको फलस्वरुप वि.सं. २०१७ पुस १ गते प्रजातन्त्रको अन्त्य गरी राजा महेन्द्रले आफ्नो हुकुमी पञ्चायती शासन लागु गरे । जननिर्वाचित प्रधानमन्त्रीलगायतका नेतालाई जेलमा हालेर देशको शासन सत्तालाई आफूले लिएर राजा महेन्द्र सत्तासीन भए । वि.सं. २०२५ सालमा जेलबाट छुटेपछि वीपीले लामो समयसम्म प्रवासी जीवन बिताउन बाध्य भए । आठ वर्ष लामो प्रवासी जीवन बिताइसकेपछि दक्षिण एसिया र अन्य विश्वमा भइरहेको राजनीतिक उथलपुथललाई दृष्टिगत गरी राष्ट्रिय मेलमिलापको कार्यक्रमका साथ वीपी कोइराला नेपाल प्रवेश गरेका हुन् । जननायक वीपी कोइरालाले विभिन्न राजनीतिक उतारचढाव भोगेका थिए ।
नेपालभित्रै प्रजातन्त्रको लडाइँ लड्नु पर्छ भनी वीपी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई वि.सं. २०६१ भदौ २४ गते वीपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । वीपीको जीवनका महङ्खवपूर्ण चिजविजको सङ्कलन गरी दर्शनीय र अवलोकनीय बनाइएको सङ्ग्रहालय वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।
सङ्ग्रहालयमा वीपीको जीवनका महङ्खवपूर्ण सामग्रीका साथै वि.सं. २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्क र कांग्रेसले वि.सं. २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । वीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस, भ्रातृ संस्था र वीपी सङ्ग्रहालयले विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको प्रचलन छ । मेलमिलापको नीति लिएर वि.सं. २०३३ पुसमा नेपाल फर्केका वीपीलाई तत्कालीन नेपाल सरकारले देशद्रोहको आरोप लगाएर पक्राउ गरी नजरबन्द ग¥यो । तत्कालीन अन्तर्राष्ट्रिय राजनीतिक परिवेश विस्तारवाद उन्मुख भएकाले सो परिवेश मुलुकको हित प्रतिकुल रहेको र राष्ट्र र राष्ट्रियतामाथि खतरा महसुस गरेर वि.सं. २०३३ पुसमा राष्ट्रिय मेलमिलापको निित फर्केका थिए ।
वीपी प्रखर वक्ता, साहसकि व्यक्तित्व, राजनीतिका अथक र अविचलित साधक, प्रजातन्त्र प्रेमी र समाजका प्रणेता थिए । उनमा वैचारिक स्पष्टता, छविमा स्वच्छता र व्यवहारमा इमानदारिताका साथै उनीसँग राष्ट्रलाई नयाँ स्वरुप दिने दूरदृष्टि थियो । वीपीको सक्रियतामा र उनकै अध्यक्षतामा सन् १९५० मा एसियन सोसलिस्ट एसोसिएसन स्थापना भयो । तत्पश्चात सोसलिस्ट एसियाका समाजवादी राजनीतिक पार्टीहरुले सन् १९५३ मा बर्माको यांगुन (तत्कालीन रगुन) मा पहिलो एसियन सोसलिस्ट सम्मेलन गरे । उक्त सममेलनले एसियन विशेष्ताको समाजवाद प्रस्ताव ग¥यो । नेपाली कांग्रेस पार्टीलाई वीपीले समाजवादी धारामा स्थापित गरे । उनले नेपाल जस्तो गरिब मुलुकमा वैयक्तिक स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारहरुका लागि प्रजातान्त्रिक समाजवाद नै उपयुक्त हुन सक्छ भनने विश्वास राख्ने । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष भएका कारण वीपी कोइरालाको विश्वका समाजवादी नेताहरुसँग सम्पर्क थियो ।
सम्पर्कमा भएका नेताहरुमा वीपीले ब्रान्त, जर्मन चान्सलर, भारतीय नेताहरु मोहन दास करम चन्द गान्धी, जवाहरलालनेहरु, राममनोहर लोटिया, तथा चीनका नेता माओत्से तुङ आदि थिए । समाजवादबारे वीपी भन्छन्– व्यावहारिक समाजवाद भोको मानिसका लागि एक मुठी चिउरा हो । सैद्धान्तिक रुपमाभन्दा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद रहन्छ । समाजबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद रहन्छ । वीपीका विचारमा समाजवादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ । वीपीको प्रजातान्त्रिक समाजवाद भन्नु नै राजनीतिक स्वतन्त्रता, आर्थिक समानताको योग तथा समष्टि हो । उनका अनुसार समाजवाद नै भविष्यको आयाम हो । वीपी, कम्युनिस्टहरुको रायविपरीत मान्छे रोटीले मात्र बाच्दैन र पुँजीवादको रायविपरीत अनियन्त्रित उपभोक्तावाद अनैतिक हुन्छ भन्ने मान्यता राख्दथे ।
वीपी कोइराला अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका पहिलो नेपाली समाजवादी नेता थिए । नेपालको आधुनिकीकरण र प्रजातान्त्रिकीकरणका लागि उनको स्पष्ट दृष्टिकोण र विचार थियो । वि.सं. २००३ सालमा उहाँको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । जसलाई वि.सं. २००६ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरिएपछि सो पार्टीको नाम नेपाली कांग्रेस रह्यो । सो पार्टीको स्थापनापछि तत्कालै वीपीलगायत अन्य क्रान्तिकारी नेताहरुले राणा शासन विरुद्ध सशस्त्र क्रान्तिको घोषणा गरेका थिए ।
वि.सं. २००७ सालको क्रान्ति ऐतिहासिक रुपमा सफल भयो । राणा शासन विरोधी यस क्रान्तिको सफल नेतृत्व वीपीले गरेका थिए । तत्कालीन एकतन्त्रीय जहानिया राणाशासनको चरम दमन र शोषणका विरुद्ध सङ्घर्ष गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने र सामाजिक न्याय दिलाउने नेपाली कांग्रेस पार्टीको मूल उद्देश्य, घोषणा र प्रतिबद्धता रहेको थियो । राणा शासनकालभर अधिकारविहीन राजाको शक्ति पनि पुनःस्थापित भएको थियो । वि.सं. २०१५ सालमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त ग¥यो र प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी भए ।
नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी दर्शनबाट प्रेरित रह्यो । समकालीन अन्य राजनीतिक मूल्य मान्यताबाट प्रभावित नेपाली कांग्रेसले राजनीतिक स्वतन्त्रता, आर्थिक न्याय, समाज कल्याण एवम् समानतामा आधारित दर्शनलाई आफ्नो मूल सिद्धान्त रुपमा अपनाएको थियो । गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसकै नेतृत्वमा २००७ सालको क्रान्तिले राणा शासन अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्य, दोस्रो जनआन्दोलन र गणतन्त्र स्थापना भएको हो । नेपाली कांग्रेसको विचार, सोच र सिद्धान्त वीपी चिन्ताबाट डो¥याएमा लक्षमा पुगन सकिन्छ ।