हरितालिका तिज किन र केका लागि ?

एकराज शर्मा अधिकारी
भाद्र शुक्ल तृतीयाको दिनलाई तिज भनिन्छ । विवादति नारीहरुले आफ्ना पतिको दीर्घायाु र अविवाहति नारीले आफूले चितानएको जस्तो असल पति मिलोस भनेर यो पर्व मनाइन्छ । यो महङ्खवपूर्ण चाड हो । यसलाई ऐतिहासिक चाडको रुपमा लिन सकिन्छ । पौराणिककालदेखि यो पर्व चल्दै आइरहेको छ । यस दिन सरकराले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।
पौराणिक कथन अनुसार राज हिमालयले आफ्नी छोरी पार्वतीलाइृ उनको इच्छाविरुद्ध भगवान् विष्णुसँग विवाह गरिदिन खोज्नु भयो । पार्वतीले महादेव शिवसँग विवाह गर्न पाउँ भनी बालककालदेखि शिवमा श्रद्धा राखी बालुवाको शिवलिङ्ग बनाई खेल्ने गर्थिन् । पिता हिमालयले विष्णुलाई दिन लागेको चाल पाइन र उनका साथीहरुसँग दुःख पोखिन् । साथीहरुले भने तिमी चिन्ता नमान, तिमीलाई कसैले नदेख्ने हिमालयको गुफामा लुकाउँछौँ भनी लुकाए । त्यही गुफामा कष्टपूर्वक धेरै वर्षसम्म शिवजीको ठुलो तपस्या गरिन् ।
तपस्याको प्रभावले हिमालयमा ठुलो भूकम्प गयो । शिवले ध्यान सिद्धिले हेर्दा पार्वतीको तपस्याको प्रभाव रहेछ भनी थाहा पाउनुभयो र दर्शन दिनुभयो । पार्वतीले भनिन्– मैले तपाईँलाई स्वामीका रुपमा पाउँ, मैले कसरी पति बनाउन सक्छु– भन्दा शिवले भन्नुभयो – भाद्र शुक्ल तृतीयाका दिन नुहाइधुवाई गरी शुद्ध भएर मेरो आराधना गरेपछि मलाई पाउँछ्यौ भनी वरदान दिएर अन्तरध्यान हुनु भयो । हिमालयले पार्वतीलाई घरमा नदेखेर हिमालयको कन्धरामा खोज्दै जाँदा बालुवाको शिवलिङ्ग बनाई शिवको आराधना गरेको देख्नुभयो ।
विष्णुसँग विवाह गर्न मन्जुर नभएकाले शिवसँग विवाह गरिदिनुभयो । यो हरितालिका पर्व शिव र पार्वतीको विवाह भएको दिन हो भनेर महिलाहरु ब्रत बस्ने गर्छन् । साथीहरुले हरण गरी कन्धरामा लुकाएको दिन भएकाले हरितालिका नाम रहेको हो भनेर पनि भनिन्छ । कसैले शिवजीसँग पार्वतीको विवाह भएको दिन हो भनेर पनि भन्ने गर्दछन् । जे होस् यो पौराणिक कथा हो ।
तिजको अघिल्लो दिन दर खाने चलन छ । दर खाँदा मिठामिठा परिकार पकाएर खाने गरिन्छ । तिजका दिन नारीहरु पानी पनि नखाई निरहार ब्रत बस्छन् । त्यसैले तिजको धार्मिक, ऐतिहासिक, सांस्कृतिक महङ्खव बढी छ । चेलीहरुको माइतीसँग सुमधुर सम्बन्ध हुन्छ । चेलीहरुलाई माता, पिता तथा दाजुभाइहरुले माइतमा बोलाएर लत्ता, कपडा दिने चलन पनि छ । यो पर्वले श्रीमान्–श्रीमतीको सम्बन्ध पनि प्रगाढ बनाउँछ । वर्षाैँसम्म टाढा रहेका दिदी बहिनीको भेटघाटमा दुःख–सुखका गाँथाहरु गीतद्वारा साटासाट गरेर खुसी साथ मनाउने गर्दछन् ।
परम्परागत हिसाबले शिव पार्वतीको आराधनाको लागि र व्यावहारिक हिसाबले आफ्नो मनोवेदना एक आपसमा साटासाट गरेर यो पर्व मनाइन्छ । साथै सामाजिक सागर ल्याउन र विकृति, विसङ्गतिका विरुद्ध आवाज उठाउने अवसरको रुपमा पनि यो पर्व मनाइन्छ । तिज पर्व मनाइने, नाचगान गर्नु खुसीको कुरा हो तर तिजको दरखाने नाममा महिनौँ अगाडिदेखि दर खाएर बिरामी हुनु र नेपाली कला, संस्कृति झल्कने गीत गाउनुको सट्टा दोहोरी गीत गाएर छाडा र उच्छृङ्खल गीत गाउने आधुनिकताको नाममा विकृति हुन् ।
यसलाई जनस्तरबाट नारीहरुले पनि सामाजिक मूल्य–मान्यतालाई कायम राखी हतोत्साहित गर्नु नारीको कर्तव्य हो । त्यति मात्र होइन, आफ्नो खर्च थाम्न सक्ने जति मात्र खर्च गर्नु पर्छ । यो तीज पर्वले सामाजिक जागरण ल्योउने खालका गीतहरु र हाम्रो प्राचीन धर्म संस्कृतिको संरक्षण गर्ने गीतहरु गाउनु पर्छ । साच्चिकै तिजको ब्रत बस्ने हो भने पनि र पत्नीमा शिव र पार्वतीको जस्तो सुमधुर सम्बन्ध कायम गर्नु पर्छ । होनहार ब्रत बसेर पतिको गोडाको जल खाएर मात्र कुनै फल प्राप्त हुँदैन । यी आडम्बर हुन् । श्रद्धाले पत्नीले पतिको आज्ञालाई पालना गरेमा र दुःख परेको बेलामा पतिले पनि पत्नीको हेरचाह गरेमा दुवैको कर्तव्य पूरा हुन्छन् । नारीहरुले पनि यो आडम्बरलाई छोड्नु पर्छ । अन्त्यमा सबै नारीहरुलाई हरितालिका तिजको शुभकामना ।