मेरो खुशी : सल्यानमा गाउँवेसी रेडियो गुञ्जाउन पाउँदा
म पहिलेदेखिनै सञ्चारप्रेमी थिए । वि.सं. २०६४ सालमा रेडियो तुलसीपुरमा मैले रेडियोसम्बन्धी तालिम पनि लिएको थिए । एक सय ५० जनामध्ये आफू पनि रेडियो तुलसीपुरमा तालिम लिने एक जना भएको भन्दै खुसी व्यक्त गरे । त्यससँगै गोरक्ष दैनिकमा पनि काम गर्ने अवसर मिल्यो । यो पनि मेरो लागि खुसीको कुरा थियो ।
सल्यानको बागचौर–५ मा जन्मिएर हाल दाङमा कर्मथलो बनाएका युवा ज्योतिष ठाकुर देवकोटाले सल्यान जिल्लाको कपुरकोटमा गाउँबेसी रेडियो गुञ्जाउन पाउँदा आफू निकै खुसी भएको सुनाए । लगनशील, कर्मठ र सानैदेखि सञ्चारमा लागेका देवकोटाले तत्कालीन सञ्चारमन्त्री शंकर पोख्रेलबाट रेडियो उद्घाटन गरेको सम्झिए । ‘त्यतिबेला म त्यस रेडियोको अध्यक्ष तथा स्टेसन म्यानेजर थिएँ, मैले पहिलो पटक कपुरकोटमा रेडियो स्थापना गरेर सञ्चालन गर्न पाउँदा म निकै खुुसी भएको थिए’, ठाकुरले भने । उनले आवाजविहीनको आवाज इलेक्ट्रोनिक मिडिया त्यो पनि कपुरकोट जस्तो ठाउँमा गुञ्जाउन पाउँदा त्यतिबेला निकै खुसी भएको सम्झिए ।
‘नाम पनि गाउँबेसी रेडियो थियो, गाउँबेसीमा गाउँबेसी रेडियो सबैको घरघरमा गुञ्जिँदा र सुन्दा मलाई आनन्द हुने गरेको थियो’, देवकोटाले भने । त्यो बेला सञ्चार त्यो पनि रेडियोको छुट्टै महत्व रहेको भन्दै गाउँ पाखामा रेडियो गुञ्जाउन पाउँदा आफूले ठुलो गर्भ महसुस गरेको उनले सुनाए । आफ्नो काम र कर्तव्यमा सधैँ लगनशील हुने ठाकुरले त्यस सँगसँगै राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको शाखा खोलेर मानव अधिकार तथा शान्तिको क्षेत्रमा काम गर्न पाएको भन्दै अर्को खुसी व्यक्त गरे ।
त्यसमा लागेर पनि शिक्षा स्वास्थ्य मानव अधिकारको क्षेत्रमा काम गर्न पाउँदा खुसी भएको सुनाए । त्यस सँगसँगै २०७१ सालदेखि अहिले आफ्नै संस्था नेपाल ज्योतिष सञ्चार परामर्श तथा वास्तु अनुसन्धान केन्द्र तुलसीपुर दाङ सञ्चालन गरेर ज्योतिष वास्तु धर्म र संस्कारको विषयमा परामर्श दिइ ज्योतिषको क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाएर आफ्नो नाम देश विशेषमा चिनाउँन पाउँदाको अर्को खुसी मिलेको सुनाए ।
युवालाई जीवनको सही मार्ग निर्देशन गर्ने ज्योतिष पेसाको माध्यमबाट धेरै युवालाई जीवन सुखी र खुसी बनाउनको लागि अभिप्रेरणा गरिरहेको भन्दै उनले अबको बाँकी दिनमा दुःखी गरिबी अप्ठ्यारो म परेकालाई सेवा गर्ने र सामाजिक हितको लागि काम गर्ने समाजसेवा गर्ने उद्देश्य रहेको बताए । जङ्गलमा फिरन्ते जाति राउटेको जन्मकुण्डली निर्माण गर्ने तथा उनीहरूलाई सही परामर्श मार्फत जीवन निर्वाह गर्न अभिप्रेरित गर्ने उद्देश्य रहेको भन्दै नेपालमा रहेका सात प्रदेश ७७ वटै जिल्लाको भ्रमण गरी धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी धर्म संस्कार ज्योतिष वास्तु आध्यात्मिक चिन्तनतर्फ मानिसलाई अभिप्रेरित गर्ने उद्देश्य रहेको घन्दै खुसी व्यक्त गरे ।
तुलसीपुरमा युवा बाहुन ज्योतिषको रूपमा प्रख्यात ठाकुरले आफ्नो ज्योतिषसम्बन्धी युटुब च्यानल सञ्चालन गरेको र त्यसमा धेरैले लाइक भ्यूज गरेर आफूलाई प्रोत्साहन गरेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिकोे प्रचार सचिवको जिम्मेवारी पाउँदा पनि खुसी भएको सुनाए । आफ्नो धर्म संस्कृतिको रक्षाका साथै ज्योतिष शिक्षा आफूले सबैलाई दिन पाउँदा निकै खुसी हुने गरेको सुनाए । उनलाई अहिले देशविदेशबाट धेरैले रोज्ने गरेको भन्दै आफू ज्योतिषको क्षेत्रमै दिन–रात बिताउने गरेको सुनाए ।
‘मलाई सबैले माया गर्नुभएको छ, सञ्चारसँगै म ज्योतिष विद्यामा पनि अहिले नाम कमाउन सफल भएको छु, यो मेरो लागि खुसीको कुरा हो’, देवकोटाले भने । मिजासिला सबैका सहयोग ठाकुरले आफ्ना सेवाग्राहीलाई सन्तुष्टि दिन पाउँदा खुसी हुने गरेको सुनाए । ‘मैले ज्योतिष विद्या दिने काम गर्छु सबै सन्तुष्टि हुनुहुन्छ, सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टि हो’, उनले भने । जीवनका धेरै आरोहअवरोह पार गर्दै आफू यो ठाउँमा आएको भन्दै जीवन सङ्घर्षभित्र नै खुसी मिल्ने बताए । ‘खुसी खोज्न कहीँ जानु पर्दैन, आफूभित्र नै खुसी छ, मनलाई सुन्तुष्टि बनाउनुहोस् सबै कुरामा खुसी मिल्छ’, उनले भने ।
त्यस्तै सबैको साथ, सहयोग र हौसलाबाट आफू अहिले सबै क्षेत्रमा सफल भएको भन्दै सबैको माया र सद्भाव पाएकोमा पनि खुसी व्यक्त गरे । अहिले पछिल्लो समयमा जोतिष विद्यामा निकै नाम चर्चा कमाएका देवकोटाले विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आफ्नो पेसा व्यवसायमा घरपरिवार साथीभाइ इष्टमित्रको पनि उत्तिकै सहयोग पाएको भन्दै खुसी व्यक्त गरे । आकाशमा रहेका ग्रह नक्षेत्रले मानिसको जीवनमा पार्ने प्रभावको वैज्ञानिक एवम् ज्योतिषीय अध्ययन अनुरूप खोज अनुसन्धान गरी सामग्री प्रकाशन गर्ने लक्ष्य र उद्देश्य रहेको भन्दै त्यसमा पनि अर्को खुसी मिल्ने बताए । ठाकुरले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ज्योतिष शिक्षा देश विदेशका सेवाग्राहीलाई दिन पाएको पनि खुसी व्यक्त गरे ।
ठाकुरले ज्योतिष, वास्तु, धर्म संस्कृति तथा सन्देशमूलक भिडियो युटुब च्यानलमार्फत् दिने गरेको बताउँछन् । त्यस्तै उनले हालै नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति डिलीबजार काठमाडौंबाट नेपाल ज्योतिष परिषद्को २६औँ वार्षिकोत्सवमा कदरपत्र सहित सम्मानित हुन पाउँदा खुसी लागेको सुनाए । ठाकुरले तत्कालीन सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले १८औँ राष्ट्रिय ज्योतिष तथा वास्तु आध्यात्मिक समेलन २०८० मा भाष्कर आचार्य पदकबाट सम्मान तथा यही भाद्र १२ गते कदरपत्र र अन्य एउटा पदक, विभिन्न संघसंस्थाबाट एकदर्जन बढी सम्मान प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे । विभिन्न समयमा तुलसीपुर–६ निवासी युवा ज्योतिष ठाकुर देवकोटा ज्योतिष समितिको विभिन्न पदमा रही काम गर्दै आएका छन् भने अन्य सामजिक संघसंस्थामा पनि आबद्ध छन् ।
प्रस्तुति : बालाराम खड्का