काम गरेर फर्किएका मजदुरमा ज्वरो देखिएपछि क्वारेन्टइनमा

शिवराज खनाल
लमही,१२ बैशाख । रोजगारिका लागि म्याग्दी पुगेका राप्ती गाउपालिकाका ११ जना युबाहरु मध्य घर फर्किएका केहीमा ज्वरो देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

लगडाउन भएसङै म्याग्दीबाट राप्ती गाउँपालिकामा फर्केका ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई क्वारेन्टानमा भर्ना गरिएको हो ।

गत विहिवार राप्ती गाउपालिका अन्तरगतको बराखुट्टीमा उनीहरु आएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन । फर्किएका मध्य केहीमा ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो देखिएपछि विहिवार रातिनै उनीहरुलाई लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भर्ना गरिएको वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिए।

भर्ना गरिएका युबा १४ देखि २८ वर्ष उमेरका युवाहरू रहेको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन । हाल क्वारेन्टाइन ६ कोठामा १६ वेड रहेको छ ।