नेपालमा बढ्दो सवारी दुर्घटना र न्यूनीकरणका उपाय

भुवन पोख्रेल

निरन्तरको वर्षाका कारण्ले मुलुकका विभिन्न ठाउँ जोड्ने मुख्य राजमार्गको यात्रा जोखि पूर्ण बनेको छ । सडक खाल्टाखुल्टी र हिलाम्मे ठानउँ विच्छे देखिन्छ । यस्ता मर्मत स्याहार नगरिएका सडकका कारण यात्री र सवारी चालकले सास्ती खेप्नु परिरहेको छ । सडकहरु वर्षाका हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् यस्तोमा यात्रुले गन्तव्य छिचोल्नु पर्ने बाध्यता छ । सडकहरुको अवस्था नाजुक र अस्तव्यस्त छ । वर्षातको भलले सडक क्षत्विक्षत भएर पानी जमेका खाल्टाखुल्टीका कारण सवारीसाधन चलाउन कठिनाई भएको छ ।

मनसुन सक्रिय भएपछि पोखरा, मुग्लिन, नारायणगढ, मुग्लिन, सडकमा यात्रा गर्न कष्टकर बन्दै गइरहेको छ । यस्ता भग्नावशेषपूर्ण सडकको अवस्थाका कारण यात्रु गन्तव्यमा पुग्न नसकी दुर्घटनाग्रस्त भई अंगभंगका साथै अकालमा मृत्युवरण गर्न बाध्य छन् । सञ्चार माध्यममा यतिको मृत्यु, यति घाइने भन्ने सुन्दा यस्ता दुर्घटना न्यूनीकरण कुन निकाय र कसले गर्ने भन्ने प्रश्न तेस्रिन्छ । सडकको यात्रा जोखिपूर्ण हुन थालेपछि हिजो आज थोरै कमाइ हुनेहरु पनि आकाश मार्गबाटै यात्रा गर्न रुचाउन थालेका छन् तर नेपालमा स्थल वा हवाई दुवै यात्रा ढुक्क र सुरक्षित भई गन्तव्यमा पुग्न सकिने छैनन् ।

धेरैजसोका लागि सडक यात्रा नै विकल्प बन्न पुगेको छ । जहाज दुर्घटना भएमा सीमित आयोग बन्छ तर मोटर दुर्घटना हुँदा थुप्रै यात्रुको मृत्यु र अंभंग हुँदा पनि यस्तो आयोग गठन गर्न किन आवश्यक ठानिँदैन । यो प्रश्न पनि पेचिलो बन्दै गइरहेको छ । सडक यातायातमा दुर्घटना भएर भर्ने यात्रुका आफन्तले राहत समेत पाउँदैनन् । जोखिम जताततै छ तर यात्रुसँग विकल्प छैन । दुर्घटना हुनुका थुप्रै कारण छन् जसमध्उये नियम मिचेर सवारी हाँकिनु । पुराना बस त्यसमा धेरै यात्रु कोचेर चलाउँदा पनि यस्तो अवस्था सिर्जना हुन्छ । लाइसेन्स वितरण प्रक्रिया अवैज्ञानिक र फितलो हुनु । ट्राफिक व्यवस्थाको अनुगमन कमजोर हुँदा चालकले मदिरा सेपवन गरी सवारी चलाउँदा दुर्घटना निम्तिन्छ ।

सडकको दुरावस्थाले प्रकोपलेभन्दा बढी मानिस मरिरहेका छन् । यात्रुहरु झुण्डिएरयात्रा गर्दा पनि दुर्घटना निम्तिन्छ । गाडी अपरिपक्क उमेरका चालकले चलाउँदा पनि दुर्घटना हुने जोखिम बढ्छ । ट्राफिक कार्यालयका अनुसार प्रत्येक वर्ष नेपालमा चार हजारभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् । धेरै दुर्घटना त सवारीसाधन पुरानो भएका कारण पनि हुने गरेका छन् । अर्को सिन्डिकेटका कारण यात्रुहरु सुविधा भएका भरपर्दो सवारीसाधन चढ्न पाउने अवसरबाट बञ्चित छन् ।

नेपालमा सवारीसाधनको संख्या साढे चार लाखभन्दा बढी पुगिसकेको तथ्याङ्क यातायात व्यवस्था विभागसँग छ । त्यसैगरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सवारीसाधन बढ्दै जाने तर सडकको अवस्था लगायत अन्य कारण चाहीँ सुधार उन्नती नगरी यथावत रहने हो भने दुर्घटना न्यूनीकरण होइन झनै बढ्ने निश्चित छ । भदौ ७ पोखरा, तनहुको आँखैरेनी गाउँपालिका वडा नम्बर र ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौं लागि छुटेको बसमा ४३ जना यात्रु सवार थिए । बस मस्र्याङ्दीमा खसेको थियो ।

भारतीय नम्बर प्लेटको गाडीमा पर्यटक पोखरा भ्रमण गरेर फर्किएका थिए । भदौ ४ गते बेदहिया नाकाबट ८ दिनको रुट परमिट लिएर तीनवटा बस नेपाल भित्रिएका थिए । एउटा वर्ष दुर्घटनाग्रस्त हुँदा अर्को बसमा सवार भएका यात्रुले आफन्तको सब पहिचान गरेका थिए । यस्ता दुर्घटना हुँदा नेपालको सथलमार्ग जोखिमपूर्ण भन्दै पर्यछकहरु यात्रा गर्न रुचाउँदैनन् ।

नारायणगढ, मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोको बगाएर त्रिशुली नदीमा दुईवटा बस खसेपछि दुईवटै बस र त्यसमा सवार यात्रु बेपत्ता बन्न पुगेका छन् । न त बस भेटिए न त यात्र् पनि भेटिएका छैनन् । सवारी दुर्घटना हुन्छ, छानविन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमै थन्किन्छन् । पछिल्लो समयमा भएका ठुला दुर्घटनामा मानवीय र यान्त्रिक गडबडी मूल कारण हुन् । हामीले सडक बनाए पनि व्यवस्थित र सुरक्षित सडक बनाउन सकेनौँ । सडक दुर्घटना भेरै हुने, पहिरो जाने, सडक भत्किने, बाढीले बगाउने मर्मत सम्भार समयमै हुन नसक्ने लगायतका समस्याले आज यातायात क्षेत्र नै डामाडोल छ ।

सडकले गाउँ सहरलाई जोड्न बनाइन्छ वा यसैलाई अघि बढेर कृषिलाई जोड्ने, पर्यटन र उद्योगलाई सहयोग पुग्ने ढंगले सडक निर्माण हुनु पर्ने थियो । यसले आर्थिक विकासको बाटो पहिल्याउँथ्यो । नेपालमा सडक विस्तारको क्रम तीव्र छ । यो राष्ट्र विकासका लागि आवश्कयक ग्रामीण सडक अनगन्तिी छन् जसको अवस्था दयनीय छ । कतिपय ग्रामीण सडक त केवल डोजरको साहारामा उर्वभूमि, वनस्पती भत्काउने र भूक्ष्य गर्ने मात्र सावित भएको देख्न सकिन्छ । यस्ता सडक वर्षायाममा बन्द हुन्छन् ।

दुर्घटना न्यूनीकरण गर्ने उपायहरुमा यात्रु सचेतना कार्यक्रम सञ्चालन गर्ने दक्ष चालक तथा लामो दुरीमा दुइजना चालक व्यवस्था गर्ने । सडकमा सिन्डिकेटको एकाधिकारलाई खारेज गरेर खुला प्रतिस्पर्धामा सुविधाजनक रुपमा गाडी सञ्चालन गर्ने । दुर्घटना छानविन समितिले दिएका सुझावलाई लागु गर्ने । गाडीमा क्षमताभन्दा बढी यात्रु र सामान नराख्ने । ट्राफिक र गाडीका समितिबाट निरन्तर अनुगमन । चालक र सहचालकला छुट्टै पोशाकको व्यवस्था। गाडीभित्रै डष्टबिन, फोहर तथा बान्ता नियन्त्रण गर्नका लागि कन्टेनरको व्यवस्था गर्नुपर्छ ।

सवारी साधनका कतिपय सिटमा महिला, ज्येष्ठ नागरिक, अपाङ्ग आदि सिट आरक्षण गरिएको हुन्छ तर त्यो लेखाइमा सीमित हुन्छ कार्यान्वयन हुँदैन । महिला, वृद्ध, अपाङ्गले कष्टकर यात्रा गरिहँदा त्यही सिटमा लक्काजवान मस्त बसिरहन अलिकति पनि लाज मानेको हुँदैन । नीति, नियम छ तर कार्यान्वयन हुँदैन भने त्यही नीति नियमको काम । दुर्घटना तथा जोखिपूर्ण क्षेत्रको वर्गीकरण गरी क्षेत्रमा विशेष निगरानी बढाउनु आवश्यक छ । गत आषाढ २१ गते शुक्रवार नारायणगढ, मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशुली नदीमा दुईवटा बस खसेका थिए । हराएका यात्रु र बसको अझै फेला पार्न सकिएको छैन । सुरक्षा निकायको तालिम प्राप्त शक्ति, भारतीय गाता खोर टोली र आफूसँग भएका उपकरण र प्रविधिको प्रयोग गरेर खोजी कार्य भइरहँदा पनि अत्तोपत्तो भएन ।

पछिल्लो समयमा देशका विभिन्न भागमा सडक यातायातका सवारी दुर्घटना बढ्दै गएको छ । मुलुकको आधारभूत यातायातको रुपमा रहेको सडक दुर्घटना वृद्धि हुनुलाई चिन्ताको रुपमा हेर्नु पर्ने देखिएको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौँ मानिसले ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधरण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ । देशको ग्रामीण क्षेत्र सडक सञ्चालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ । धेरै सवारीसाधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्त्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको पाइन्छ ।

चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तीब्र गतिमा सवारी चलाउनु, पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिहेको छ । सडकमा हुने दुर्घटनामा दर्जनौँ मानिसको ज्यान गएको समाचार दिनहुँ सुन्न, देख्न, पढ्न पाइन्छ । यस्ता समाचार दुःखदायी मात्र नभई यसले निम्त्याउने क्षति अकल्पनीय बनिरहेको छ । सवारी दुर्घटना भयावह बनिरहँदा पनि नियमनकारी निकायले भने यसको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । दुर्घटना भयावह बन्दै जाँदा सबै पक्ष सचेत र गम्भीर बन्नु पर्ने हो तर दुर्घटनाबाट बढी प्रभावित भइरहेका यातायात व्यावसायी, यातायात मजदुर र आम सर्वसाधरण समेत दुर्घटनाको समाचार हेरेर, पढेर, सुनेर बिर्सिने परिपाटिीले दुर्घटना न्युनीकरण हुन सकेको छैन ।

धेरैजसो सवारी दुर्घटनाको कारण मानवीय त्रुटी वा लापरवाही नै हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा बढी सवारी चालक सचेत बन्नु पर्ने देखिन्छ । साँघुरा सडकलाई फराकिलो बनाई सडकको स्तरीकरण गर्नु दुर्घटना न्यूनीकरणको अर्को महत्वपूर्ण उपाय हुनसक्छ । यस्तै सडक सुरक्षाका लागि उपयुक्त सरकारी नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनु पनि उत्तिकै आवश्यक रहेको छ । हरेक व्यक्तिले दुर्घटनाबाट हुने क्षतिको आँकलन गरी सवारी दुर्घटना न्यूनीकरणको प्रयास आफैबाट गर्नुपर्छ ।

मुुलकमा पछिल्लो समय सवारी दुर्घटनामा देखिएको बढोत्तरीले एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । सडक यात्रा गर्नु अघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइँदैन भन्ने सवाल हरेक यात्रीको मनमा पैदा हुने र ईश्वर पुकारेर हिड्नु पर्ने परिस्थितिको सिर्जना सर्वसाधरणदेखि राज्यका सरोकारवाला निकायसम्मलाई झकझक्याएको छ । सठडक दुर्घटनाका कारण वार्षिक झण्डै दुई हजार ागरिकको मृत्यु हुने र बाह्र हजार जति घाइते बन्ने प्रहरी तथ्याङ्क छ ।

विश्वकै उच्च सवारी दुर्घटना हुने मुलुकका नेपाल चिनिएको सन्दर्भ पनि यहाँ निर मननीय हुन आउँछ । नेपाल जस्तो सानो मुलुकमा सवारी दुर्घटनाकै कारण यति ठुलो संख्यामा मानिसको ज्यान गुमाउनु सामान्य विषय हुन सक्दैन । यस्तो गम्भीर विषयमा पनि राज्य मौन रहनु क्षोभ हो । नागरिक प्रतिको दायित्व बहनमा यति उदास राज्य संसारमा विरलै भेटिलान् । जब विभत्स दुर्घटनाका घटना सामुन्ने आउँछन् । तब ऐन–नियम परिवर्तन एवम् पालनामा कडाईका कुरा सुनिन्छन् ।

कुनै हालतमा सिट क्षमताभन्दा बढी यात्र् चढाउन नदिने, सडकको स्तर अनुसारका सवारीसाधन मात्र सञ्चालनमा ल्याइने । ट्राफिक नियम पालनामा कडाई गरिने, टाइम कार्ड लागु गरी कडा अनुगमन गरिने जस्ता, कार्यमा सरकारले जोडतोडका साथ ध्यान पु¥याउनु पर्छ । घटना साथ तात्तातो सन्दर्भमा नियमनकारी निकाय पनि सेलाउने गरेको देखिन्छ । सडकमा व्यवसायीको हालीमुहाली रहने गरेको सिन्डिकेटको जालो चिन नसकिएको जस्तो लाचार अभिव्यक्ति सरकारी निकायबाटै आएबाट पनि सुधारको अपेक्षा गर्नु हास्यस्पद ठहरिने अवस्था छ ।

तसर्थ, सार्वजनिक यातायात जस्तो आम नागरिकसँग अन्याृन्याश्रित सम्बन्ध जोडिएको तथ्य मनन गर्दै सरकारले आफ्नो प्रभावकारी उपस्थिति दर्शाउन सक्नुपर्छ । राज्यको निरीहता दुर्घटना बढिरहेको आरोप खारेज गर्न व्यासायीको हितलाई समेत मध्यनजर राख्दै उनीहरुसँगको छलफल वा परामर्शबाट सवारीसाधनको अनुगमनमा कडाई, रुट परमिट नलिएका साधनको तत्काल खारेजी, नियम उल्लङ्घन गर्नेलाई जरिवाना, क्षमताधन्दा बढी यात्रु बोक्नमा सख्त प्रतिबन्ध जस्ता प्रक्रियामा गइहाल्नु समयको माग पनि हो ।

तिज, दशै, तीहार जस्ता ठुला पर्वका मुखमा गम्भीर प्रवृतिका दुर्घटना घट्ने गर्छन् तसर्थ सरोकारवाला पक्ष बेलैमा सत्तर्क बन्नुपर्छ । सरकारका लागि दुर्घटनामा मृत्यु हुने व्यक्ति संख्या केवल तथ्याङ्क हो भने भोग्नु पर्नेका लागि दुःखान्त वियोगको पीडा जो बारम्बार बल्झिरहन्छ । सडक दुर्घटना भइरहेका कहाली लाग्दा शासकहरुलाई पनि दुख्नु पर्छ । हालैका दिनमा भएका कहाली लाग्दा दुर्घटनाबाट सरकार झकझकिनु पर्छ । चालकले पनि आफू र सम्पूर्ण यात्रुको जीवन आफ्नो हातमा छ भन्ने कहिल्यै नबिर्सनका साथै तनाव व्यवस्थापन सिप सम्बन्धी जानकारी लिने र तीव्र गतिमा प्रतिस्पर्धात्मक ओभरटेक नगर्ने ।
दुर्घटनामा निर्दोष नागरिकले अकालमा मृत्युवरण गर्नुपरेको, कति अपाङ्ग जीवन बाँच्न बाध्य छन्, धनजनको षति त्यत्तिकै छ । मानिसको जीवन अमूल्य छ, यो अमूल्य जीवनलाई अरुको हेलचक्राई वा गल्तीका कारण गुमानु पीडादायक हो । दोष अरुको आप्लोमा हाल्नुको साटो आ–आफ्नो ठाउँबाट सबैले कर्तव्य पूरा गर्न आवश्यक छ ।