वन्यजन्तु चोरी सिकारी मुद्धामा पक्राउ परेकाको भिडियो कन्फरेन्सबाट म्याद थप

 

हेमराज शर्मा
दाङ, ११बैशाख । दाङ देउखुरी जिल्ला अदालतले आज बिहिवारबाट भिडियो कन्फेरेन्सबाट थुनुवाको म्याद थप शुरु गरेको छ ।

कोरोना भाइरसको सक्रमणको सम्भावित जोखिमबाट बच्नका लागि बिभिन्न मुद्धामा पक्राउ परि अनुसन्धानको क्रममा रहेका विभिन्न प्रकृतिका मुद्दाहरुको विस्तृत अनुसन्धान कार्यका लागि जिल्ला अदालतबाट म्याद थप गर्नु पर्ने ब्यवस्था छ ।

अहिले कोरोना भाईसरको संक्रमणका कारण म्यादथपका लागि अदालत आँउदा कोराना परिक्षण रिपोर्ट अनिवार्य ल्याउनु पर्ने व्यवस्था रहेको तर कोरोना विशेष अस्पातहरुले थुनुवा वन्दीहरुको कोरोना भाईरस परिक्षणका लागि स्याव संकलन गर्न सिमित स्रोत र साधनको कारण देखाई तत्काल परिक्षण प्रतिवेदन दिन नसक्ने अवस्था भएका कारण विभिन्न मुद्दाहरुको म्याद थप कार्य प्रभावित भईरहेको परिप्रक्षमा जिल्ला अदालतले त्यस्तो समस्या समाधानका लागि आजदेखि भिडियो कन्फरेन्सबाट म्याद थप गर्न शुरु गरिएको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव धनसिंङ गिरीले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि पक्राउ गर्ने निकायले अदालतबाट अवश्यकता अनुसार म्याद थप गर्नुपर्ने हुन्छ । वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र बन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटक पटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानुनी ब्यवस्था रहेको छ ।

बन्यजन्तुको अवैद्य चोरी शिकार उद्योगमा डिभिजन वन कार्यालय दाङले पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरेका चार जनाको भिडियो कन्फेन्सबाट म्याद थप गरिएको श्रेष्तेदार गिरीले बताए । उनका अनुसार डिभिजन वन कार्यालय दाङको थुनुवा कक्षबाट पक्राउ गरिएका आरोपितहरुसँग पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी न्यायधिस भिमलाल बेल्बासेले सात दिनको म्याद गरेको आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सकिने अदालतले जनाएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।

यस अघी लकडाउनको समयमा वन पैदावार तथा बन्यजन्तु चोरी निकासीमा संलग्न भएको आशंकामा अनुसन्धानको क्रममा थुनामा रहेका ब्यक्तिहरुलाई म्याद थपका लागि अदालतमा पेश गर्दा अदालतले कोरोना भाइरस परिक्षणको रिपोर्ट माग गरेको थियो । डिभिजन वन कार्यालयले कोरोना भाईरस संक्रमणबाट देशनै लकडाउनमा वसिरहेको अवस्थामा वन कर्मचारीहरु अहोरात्र खटेर चोरी निकासी एवं चोरी तस्करीमा संलग्नहरुलाई सवुत प्रमाण सहित पक्राउ गरि थप अनुसन्धानका लागि म्याद थप माग्दा अदालतबाट थुनुवाहरुको कोराना परिक्षण रिपोर्ट अनिवार्य ल्याउनु पर्ने माग गरेको थियो ।

डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धा भइरहेको जनाएको छ । यस अवधीमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिडिभजन वन कार्यालय दाङले जानकारी दिएको छ ।