‘न्याय सम्पादनमा निगरानी’

गोरक्ष समाचारदाता
दाङ, २७ साउन । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले अदालतको न्याय सम्पादनलार्ई निगरानी गर्न अधिकारकर्मीलार्ई आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २७आँै साधारणसभाको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । मुख्यन्यायाधीश पाण्डेले न्याय सम्पादनमा ढिला सुस्ती र गुनासोमा कमी ल्याउन प्रयास भइरहेको बताए ।

त्यसका लागि पनि समाजमा एदाकदा आउने गुनासो र न्यायले गर्ने न्याय सम्पादनलार्ई नजिकबाट निगरानी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले मानव अधिकारको दायरा फराकिलो भएकाले अधिकारमा विभेद हुन नहुने बताए । दंगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री र शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले नागरिकको अधिकारलार्ई सुनिश्चित गर्न माग गरे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय कार्य समितिका सल्लाहकारद्धय उत्तम पुडासैनी र गोविन्द खनाल, सचिव एवम् परिवेक्षक सन्तोष अधिकारी क्षेत्री, निर्मल नेपाली, निर्वतमान केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, काठमाडौं शाखा सभापति भगवान पुडासैनी, दाङ शाखाका पूर्व सभापतिहरू डिल्लीराज धिताल र मोहनधिताल, प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाद्र्ये, उच्च अदालतबारका उपाध्यक्ष श्रीराम चौधरी, थारु कल्याणकारी सभाका कोषाध्यक्ष चुर्ण चौधरी, राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश उपाध्यक्ष देवा डाँगी, प्याव्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डेलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्व भएको थियो ।

नयाँ कार्यसमिति चयन

मानव अधिकार तथा शान्ति समाज दाङ शाखामा नयाँ समिति चयन गरिएको छ । मानव अधिकार निर्वाचन समितिका संयोजक मोहनप्रसाद धितालका अनुसार ११ सदस्य कार्य समिति र्निविरोध निर्वाचित भएका छन् । जसमा कोमल डाँगी सभापति, अमृतप्रसाद शर्मा उपसभापति, माधव बस्नेत सचिव, मधुसुदन गौतम सहसचिव र निर्मलाकुमारी पोख्रेल कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा राजनी शाह, भीमलाल मरासिनी, रन्जनराज गौतम, दीपक केसी, भीमकुमारी सुनार र नारायणी वली रहेका छन् । नवनिर्वाचित कार्यसमितिले दुईजना महिला सदस्य मनोनित गरेको शाखा सभापति कोमल डिसीले जानकारी दिए । जसमा बमकुमारी खडका र बबिता कार्की रहेका छन् । बाँकी दुईजना सदस्य अर्को बैठकले मनोनय गरिने छ । नवनिर्वाचित कार्य समितिको पदभार ग्रहण कार्यक्रम शनिवार नै भएको छ ।