तुलसीपुर, २६ साउन । असल,संस्कारी संगै प्रतिभाशालि विद्यार्थीहरु उत्पादनका लागि त्रिकोणात्मक सम्वन्ध आवश्यक भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । राप्ती बालएकाडेमी तुलसीपुरको आयोजनामा तुलसीपुरमा भएको अभिभावक अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले विद्यालयमा शिक्षकहरुले मात्र पढायर प्रतिभाशालि विद्यार्थी बन्न नसक्ने भन्दै त्यसमा विद्यालय,विद्यार्थी अभिभावकहरुको त्रिकोणात्मक सम्वन्ध रहनु पर्ने बताएका थिए ।
राप्ती बालएकाडेमी तुलसीपुर–६ गाईडहरका प्रिन्सील ठाकुर प्रसाद डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका मनबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोटिभेसनल शिक्षक रविन्द्र बस्नेतले घरमा बालबालिकाको हेर चाहर उनीहरुको चालचलन र उनीहरुलाई दिनुपर्ने शिक्षाको विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए ।
बस्नेतले व्यावहारिक र जीवनउपयोगी तथा समय सापेक्ष शिक्षा प्रदान गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए । ‘बालबालिकालाई विद्यालय पठायरमात्र हुदैन उनीहरुलाई कसरी साहसी, संस्कारी र अवल बनाउनेहो त्यो सवै हात अभिभावकको हुन्छ –उनले भने ।’

त्यस्तै अभिभावक ,विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको त्रिकोणात्मक सम्बन्ध भए मात्र विद्यार्थीहरुलाई सफल र प्रभावकारी शिक्षण गर्न सकिन्छ भन्ने कुरालाई मनन गरी विद्यालयले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको प्रिन्सीपल डाँगीले बताए । ‘हामीहरुले अभिभावकहरुलाई पनि प्रेरणा दिनु पर्छ भनेर यस्ता कार्यक्रम ल्याएकाहौ,– प्रिन्सीपल डाँगीले भने ।’ लागुऔषध दुव्र्यसन रोकथाम अभियान लुम्विनी प्रदेशका संयोजक बसन्त पुनले लागुऔषध, दुव्र्यसन र त्यसबाट बालबालिकालाई कसरी जोगाउने भन्ने अभिभावकले पनि ध्यान दिनु पर्ने भन्दै लागुऔषध दुव्र्यसनको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा राप्ती बालएकाडेमी सञ्चालक समितिका सदस्य तथा संस्थापक प्रिन्सीपल सुर्यप्रसाद शर्मा, भुपबहादुर बुढाथोकीलगायतले आजका बालवालिका भोलिका कर्णधार भएको भन्दै बालबालिकालाई कस्तो बनाउने भन्ने हात अभिभावकको पनि रहेको भन्दै सवै पक्ष सचेत हुनुपर्ने सुझाव दिएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक ताराप्रसाद पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण साहायक प्रिन्सीपल नारायण खड्काले गरेका थिए । कार्यक्रममा दुई सय बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।