Goraksha

National Daily

प्रतिष्ठित विद्यालयको प्रिन्सिपल हुँदा…

मिलनसार ब्यक्तित्व । मिजासिलो स्वभावका धनी बसन्त न्यौपाने पेसाले शिक्षक हुन । सबैसँग मिल्न सक्ने खुबी भएका उनी सानादेखि ठुलासम्मका लागि प्रिय मानिन्छन । सरल स्वभाबका न्यौपानेलाई शिक्षण पेसा सानैदेखि मन पर्ने पेसा हो ।

घरका २ भाईमध्ये कान्छा सन्तानका रुपमा देउखुरीको लमही नगरपालिका वडा नं. ४ चैलाहीका जन्मिएका थिए । आमाबुवाले पनि शिक्षक बनाउने लक्ष्य लिएको उनी सुनाउछन । लक्ष्य भेटाउन बसन्तका लागि कठिनाई भने उत्तिकै थियो ।

पढाईका बेला आफ्नो कक्षामा अब्बल नतिजा लिँदै सफल भएका वसन्तले समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरेका छन । रुकुम, दाङ, सुर्खेत, बाँके हुँदै काठमाण्डौमा समेत रहेर उनले अध्ययन पूरा गरे । पढाइसँगसँगै लक्ष्यलाई पछ्याई रहेका बसन्तले गृह जिल्ला फर्किए लगत्तै २०६१ सालमा दाङको ४९ स्कुलमा अध्यापन गराउने अबसर प्राप्त गरे ।

जीवनको पहिलो चोटी शिक्षकको उपाधी पाएका बसन्तले शुरुमा अध्यापनका क्रममा केही खुसीसँगै केही अप्ठयारा क्षणहरु भएको समेत सुनाउँछन् । त्यस लगत्तै उनले पाईलापाईलामा लक्ष्यलाई पछ्याउँदै गए । सो समयमा निजी स्कुलको दबदबा बढेपनि प्रतिष्पर्धाले रोजगार पाउन अत्यन्तै गाह्रो थियो । अध्यपानकै शिलशिलामा उनी घरपायक पर्ने लमहीको टाईनिटट्स बोर्डिङमा अध्यापन गरे । त्यसपछि लमहीकै प्रिन्स बोर्डिङको भाईस प्रिन्सिपलसम्मको जिम्बेवारीमा रहेर उनले काम गरे ।

जिम्बेवारीमा रहँदा धेरै अबसर र चुनौतीसँगको सामना गर्नुपरेको उनी सुनाउछन । तर हिम्मत हारिनन, लगनसिल भएर काम गरिरहे, यो जिम्बेवार पनि मेरो जीवनको पहिलो सिकाई भएको उनी बताउँछन । लगत्तै २०७० सालमा त्यो बेलाको लमहीमा प्रतिष्ठित बिद्यालय रोजी बड्स बालबाटिकामा अध्यापन गराउने अबसर जुर्यो उनलाई । उत्कृष्ट बिद्यालयमा अध्यापन गराउन पाउनु ठूलो अबसर रहेको उनी सुनाउछन । अध्यापन गराउँदै जाँदा हजारौ विद्यार्थी तथा अभिबाक र शिक्षक शिक्षिकाहरुको मनमनमा बस्न सफल भए उनी ।

विद्यार्थी र अबिभाबकको नजरमा उत्कृष्ट शिक्षकको रुपमा परिचित हुन पुगेका बसन्तले आफ्नो अध्यापनकालमा कसैको चित्त दुखाएनन् । उनले शिक्षामा क्रान्ती लिन परम्परागत शिक्षालाई अन्त्य गर्दै आधुनिकिकरण शिक्षामा जोड दिँदै गए । फलत २०८० मंसिर १६ गते बिद्यालयको साधारणसभाले उनै बसन्तलाई प्रधानाध्यापक जस्तो महत्वुर्ण पदमा पुय्राईदियो । आफ्नो जीवनकाल अध्यापनमै समर्पित गरेका बसन्तलाई थम्माईएको यो पद चुनौती भएपनि आफुले अबसरका रुपमा लिएको उनी सुनाउछन ।

शैक्षिक सपना साकार पार्नका लागि मुर्तरुप दिने अबसर पाएको उनी बताउछन । उनले यो जिम्बेवारलाई नियाल्दा लमहीबाट बाहिरिने जनशक्ति बचाई राख्न योगदान दिन, अभिभाबकहरुको चाहनासँग जोडिन पाउनु, आफ्नो बिचारलाई उहाँहरुसँग जोड्दै परिकल्पना गरिएको शैक्षिक नमुनालाई मुर्तरुप दिन पाउनुलाई ठूलो अबसर प्राप्ति भएको सुनाउछन ।

लुम्बिनीको राजधानी देउखुरी भएपश्चात निजी बिद्यालयमा बाहिरी लगानी बढिरहेको चुनौतीलाई बसन्तले सँगसँगै प्रतिष्पर्धा गर्न सक्ने अठोट लिएर अबसरका रुपमा बुझेका छन । राज्यले सामुदायिक बिद्यालय भन्दा निजी बिद्यालयलाई हेर्ने दृष्टिकोण फरक भएपनि उनले यसलाई अबसरका रुपमा लिएका छन । परम्परागत सोचबाट पिल्सिरहेको सानो समाजसँग सहकार्य गर्दै शैक्षिक आधुनिकिकरण पुरागर्ने लक्ष्य चुनौती भएपनि आफुले अबसरका रुपमा लिएको बसन्तले सुनाए ।

जीवनकाल अध्यापनमा रहेका बसन्तले परम्परागत शिक्षा तोडेर रिसर्च बेष्ट, एक्टिभिटिज बेष्ट, प्रोजेक्ट बेष्ट, सर्भिस लर्निङ मोडल जस्ता आधुनिक धारहरुलाई स्थान दिँदै शिक्षामा परिबर्तन ल्याउने लक्ष्यका साथ अघि बढेका छन् । रोजी बड्स बालबाटिकाको प्रिन्सिपल हुँदै देउखुरी बहुमुखी क्याम्पसमा समेत कार्यरत छन । यो अध्यापन यात्राले फलत आफुसँगै आफ्नो परिवारको सपना पूरा गरेको उनले सुनाए ।

प्रस्तुती : टेकबहादुर पुन