Goraksha

National Daily

शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय जायज : प्र.अ. पौडेल

मा.वि. तुलसीपुर सेन्टर विद्यालय, विगत एक दशक अगाडिको जीर्ण अवस्थाबाट वर्तमान अवस्थामा शैक्षिक भौतिक व्यवस्थापकीय दृष्टिले तीव्र सुधारको विद्यालयमा पर्दछ । यस विद्यालयमा विद्यार्थी सङ्ख्या २५०० पुगेको छ । ५ वटा विषयमा प्राविधिक धार सञ्चालित छन् । विद्यालयको शैक्षिक उपलब्धी तुलसीपुर नगरभरिकै उच्च छ । २०७२ सालदेखि एउटा विद्यालयले पाउने उच्च शैक्षिक उपलब्धी अनुदान मा.वि. सेन्टरले नै पाएको छ । आइटी डिप्लोमातर्फ नेपालमै उत्कृष्ट नतिजा आइरहेको छ । आइटी र ईलेक्ट्रिकलमा पास आउट भएका सबै विद्यार्थी आयआर्जनमा जोडिसकेका छन् । सङ्गीत, खेलकुद मार्सल आट्र्सलगायत बालबालिकाको चौतर्फी प्रतिभाको विकास हुने अवसर विद्यालयमा व्यवस्था गरिएको छ तर अझै पनि यस विद्यालयमा भर्ना भएका सत प्रतिशत बालबालिकाले तहगत र विषयगत सक्षमता आर्जन गर्न सकेका छैनन् । खासगरी कक्षा १० वा १२ तथा डिप्लोका तहमा सत प्रतिशत विद्यार्थी कम्तिमा प्रथम श्रेणीमा उत्तीर्ण गराउने गरी केही शैक्षिक, व्यवस्थापकीय सुधार र अनुगमन मूल्याङ्कन क्षेत्रमा रणनैतिक योजना र स्पष्ट लक्ष्य निर्धारण गरी यो शैक्षिक सत्र २०८१ लाई गुणस्तर सुधार अभियान वर्षका रुपमा कार्यान्वयन गर्ने भनेको छ यसै सन्दर्भमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलसँग गरिएको संक्षप्त कुराकानी । 

 शैक्षिक सत्र २०८१ लाई शैक्षिक सुधार वर्षको रुपमा लिएको भन्नुभएको छ यो के हो ? 

शैक्षिक गुणस्तर सुधारको अभियानको लागि सर्वप्रथम विद्यालय परिवारले आफ्ना बालबालिका यसै विद्यालय पढाउने निर्णय कार्यान्वयन गरेका छौँ । थप दक्ष जनशक्ति नियुक्ति गर्ने तथा विद्यालयका शिक्षक कर्मचारीलाई आइसिटिसम्बन्धी तालिम दिई क्ष्ऋत् को माध्यमवाट प्रभावकारी शिक्षण गर्ने । शिक्षण पद्धति जवाफदेही बनाउने, परीक्षा प्रणालीमा व्यापक सुधार गर्ने । प्रत्येक कक्षका सेक्सनमा सीमित संख्यामा विद्यार्थी राखेर पढाउने । गृहकार्य दिने, मासिक परीक्षा सञ्चालन गर्ने, एक सेक्सनको प्रश्न निर्माण र परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण अर्को सेक्सनको शिक्षकले गर्ने जबसम्म उत्तीर्ण हँुदैनन् तबसम्म कोचिङ पढाउने, माथिल्लो कक्षाका विद्यार्थीलाई भाद्रपछि हाप वोर्डस गर्ने, प्राथनाभन्दा पहिले हाजिर गराउने ।

विषयगत र तहगत कोडिनेटरको व्यवस्था गर्ने । विद्यालयको गतिविधिलाई स्वचालित बनाउने, हप्तामा एक घण्टी पूरै एउटा कक्षा नैतिक र मानवीय मूल्यमान्यता र संस्कारको लागि मोटिभेसन कलास चलाउने । अभिभावक शिक्षा सञ्चानल गरी अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने ।  खाली पिरियडमा अतिरिक्तत सुविधा दिएर अर्को शिक्षक खटाउने प्रबन्ध गर्ने । विद्यार्थीलाई हस्ताक्षर सुधार तथा सङ्गीत पिटिसम्बन्धी तालिम दिइएको छ । शिक्षकको उपस्थिति वृद्धि गर्न सञ्चित हुने भैपरि, पर्व र बिरामी बिदा रकम विद्यालयको स्रोतबाट भुक्तानी गर्ने । बालबालिकालाई उसको रुचि अनुसार अतिरिक्त प्रतिभा प्रस्फुटन हुनको लागि विद्यालयमा आवश्यक व्यवस्था गरेका छाँै ।

शिक्षणलाई सिपसँग जोड्न प्रयोगात्मक अभ्यासलाई जोड दिने जसको लागि विषयगत प्रयोगशाला निर्मांण गरिएको छ । शिक्षणलाई विषयगत र तहगत सक्षमता आर्जनको हिसाबले शिक्षण गर्ने । विद्यालयका बालबालिका गलत सङ्गतमा लाग्न नपाऊन् भनेर तालिम प्राप्त काउन्सीलर राखेका छौँ । विद्यालयमा सुरक्षा गार्डको प्रबन्ध गरेका छौँ । विद्यालयमा बालक्लब गठन गरेर विद्यालय र विद्यार्थीबिचको पुलको रुपमा बालक्लबले काम गरेको छ । विभिन्न सिर्जनात्मक एवम् रचनात्मक कार्यको अतिरिक्त बाल क्लबले जङ्फुड निषेधित क्षेत्र घोषणा भएको छ । विद्यार्थीको अक्षर लेखन सुधार सङ्गीत पिटी सञ्चालन गर्न तालिम सञ्चालन गरेका छौँ ।

 हाल विद्यालयमा कति विद्यार्थी छन् ? 

यस विद्यालयमा शैक्षिक सत्र २०८० मा साधारणतर्फ करिब १९४० र प्राविधिक धारतर्फ ५६० गरी जम्मा करिब २५०० विद्यार्थी अध्ययनरत थिए । भौतिक संरचनाको कमीका कारण बर्सेनि १००० भन्दा बढी विद्यार्थी भर्ना नपाएर फर्कनु पर्ने वाध्यता रहेको छ ।

 कति जना विद्यार्थी भर्ना गर्ने योजना छ ? 

यस शैक्षिक वर्ष २०८१ मा करिब २८०० विद्यार्थी मात्र भर्ना गर्ने लक्ष्य रहेको छ । विद्यालय ३ सिप्टमा सञ्चालन गरेर भए पनि यस वर्ष थप विज्ञान विषयमा कक्षा ११ समेत सञ्चालन गर्ने योजना रहेको छ ।

 तहगत कक्षा भन्नुभएको छ यो के हो ?

यस वर्ष हामी विद्यालयमा ए, वि र सि गरी ३ प्रकारको गे्रडिङ गरेर विद्यालयको पठनपाठन सञ्चालन गर्दैछौँ । ए गे्रडमा, पढाइमा राम्रो विद्यार्थी र निजी स्कुलमा शुल्क तिरिरहेका अभिभावकलाई लक्षित गरेर निजी स्कुलभन्दा आधा जस्तो अभिभावक सहयोग लिएर एसि ,स्र्माट बोडसहित स्र्माट कलासको व्यवस्थासहित थप पाठ्यपुस्तक समेत लगाएर व्यवस्थीत पठनपाठन सञ्चालन गदैछौँ । साथै वि ग्रेडमा अङ्ग्रेजी माध्यमा र सि ग्रेडमा नेपाली माध्यमा पठनपाठन सञ्चालन गदैछौँ ।

 शिक्षक कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा पढाउने भन्ने निर्णय गर्नुभएको छ यो के सर्थक होला त ? बाध्यकारी निर्णय ठिक होत ? 

मा.वि. तुलसीपुर सेन्टरमा अध्यापनरत शिक्षक कर्मचारी र वि.व्य.स. शिक्षक अभिभावकसँग सबैका बालबालिका यसै विद्यालयमा पढाउने २०८० फागनु २० गतेको बैठक सर्वसम्म त निर्णय हो । शैक्षिक सत्र २०८१ को पहिलो दिन वैशाख २ गते नै सबै विद्यालय परिवारले बालबालिका भर्ना गरी कार्यान्वयन भइसकेको छ । यो बाध्यकारी त होइन तर वर्तमान अवस्थामा यो जनताको माग हो । आम शिक्षक सुमदायको पेसागत मर्यादा माथि उठाउन र अभिभावकको विद्यालयप्रति विश्वास र साथ सहयोगको लागि पनि यो निर्णय जायज लगेको छ । आम शिक्षक समुदायलाई हरेक ठाउँमा यो प्रश्नले नाजवाफ बनाउँथ्यो । त्यही प्रश्नको जवाफको लागि यो निर्णय गरेका हौँ । सामुदायिक विद्यालयमा पढाउने शिक्षक सक्षम छन् भन्ने सिद्ध गर्नलाई यो निर्णय गरिएको हो । ढिलो चाँडो यो दिशातिर सबै विद्यालय जानै पर्ने हुन्छ ।

 विशिष्ट सुविधायुक्त कक्षा सञ्चालन भन्नुभयो यो के हो ? 

विशिष्ट सुविधा युक्त भनेको यस वर्ष कक्षा १ देखि १० सम्म एक÷एक सेक्सनमा विशिष्ट सुविधा सहित अंग्रेजी माध्यमा पढाइ गर्ने योजना रहेको छ । यसको लागि थप भ्हअििभभलत तभबअजभच को पदर्पुिर्त गरिएको छ । यसमा एसी÷स्मार्टवोर्डलगायत विशेष सुविाधा व्यवस्था हुने छ । यसमा खास गरी उत्कृष्ट बालबालिका र अन्य विद्यालयमा बढी शुल्क तिरिरहेका बच्चालाई त्यो रकमभन्दा आधा अभिभावक सहयोगमा यो व्यवस्था गर्न लागिएको हो तर यस विद्यालयमा मेघा स्कुलको परियोजना ५ वर्षमा कार्यन्वयन भइसक्यो भने हरेक कक्षा विशिष्ट सुविधा युक्त हुने छन् । हाम्रो उद्देश्य पनि हुने खाने परिवार जस्ले निजी विद्यालयमा बढी शुल्क यसै पनि तिरिरहेका छन् । त्यो उहाँहरूले तिरिरहेको रकमको आधा रकमबाट विशिष्ट सुविधा युक्त कक्षा सञ्चालन गर्न र उक्तबाट केही बचत रकम समग्र विकासमा लगानी गर्ने लक्ष्य रहेको छ ।

 यसमा कति रकम लाग्छ ? 

यो विशिष्ट सुविधा युक्त कथाको लागि कक्षा १ देखि ५ सम्म भर्ना सहयोग रु २००० र मासिक सहयोग १५०० तथा कक्षा ६ देखि १० सम्म भर्ना २५०० मासिक सहयोग २००० कायम गरिएको छ तर विद्यालयमा पढिरहेको हरेक बालबालिकाले पैसा नभएको कारण यस विद्यालयका कुनै विषय र तहमा पढ्ने अवस्थाबाट बञ्चित गरिएको छैन । सक्नेले तिर्ने नसक्नेले नतिर्ने, अझ विद्यालयमा यस वर्ष अध्ययनरत गरिब विपन्न वर्गका बालबालिकाका लागि झोला, डूेस जाडोमा स्विटर खरिद गरेर उपलब्ध गराउन १ लाख रकम विनियोजन समेत गरिएको छ ।

 विद्यार्थीले शिक्षण सिकाइ र शिक्षक शिक्षिकाले अध्यापन गराएको मापन गर्न अनुगमन र मूल्याङ्कनको विधि समेत अपनाइने भन्नुभएको छ यो के हो ? 

यस विद्यायलयमा शैक्षिक सत्र २०८१ लाई गुणस्तर सुधार अभियान वर्षको रुपमा मनाउँदै छौँ । यसको लागि विद्यालयको पठनपाठन सुधारसम्बन्धी योजना नीतिको साथै प्रभावकारी अनुगमन र मूल्याङ्कनको प्रबन्ध पनि गरिएको छ । तहगत र विषयतथ सक्षमता आर्जन भयो भएन ? विद्यार्थीले आर्जित सक्षमता लेखाइ, बोलाईको माध्यमबाट व्यक्त गर्न सक्छ सक्दैन ? जसको अनुगमनको मूल्याङ्कनको लागि एउटा सेक्सनको प्रश्नपत्र निर्माण र परीक्षा अर्काे सेक्सनको शिक्षकले गर्ने प्रबन्ध गरिने छ । पठनपाठनको अनुगमन गर्न ६० वटा सिसिटिभि क्यामरा वाइफाई जडान गरी अफिसबाट तथा संसारका जुनसुकै ठाउँबाट विद्यालयको हरेक गतिविधिलाई ीष्खभ हेर्ने प्रबन्ध गरिएको छ । तहगत र विषयगत कोर्डिनेटर व्यवस्था गरिएको छ । विद्यार्थीलाई प्रत्येक सेक्सनमा डायरी वितरण गरी शिक्षक कक्षामा आएको समय गएको समय र पढाइको कति प्रतिशतले बुझे, लेख्न लगाएर शिक्षकले दस्तखत गरी निस्कनु पर्ने व्यवस्था गरिएको छ । उक्त डायरी साप्ताहिक रुपमा कोडिनेटरले हेर्ने प्रबन्ध गरिएको छ । अब सबै विद्यालय परिवारको बालबालिका यसै विद्यालयमा भर्ना भए पछि हरेक शिक्षक कर्मचारी अनुगमण कर्ता हुने छन् । यसले विद्यालयको पठनपाठनको अवस्था अझ सुधार हुनेछ ।

 पढ्दै कमाउँदै भन्ने छ यो के हो ? 

पढ्दै कमाउँदै नेपाल सरकारको योजना हो । यसमा विद्यार्थी पढने र सँगसँगै काम गर्ने सिक्ने र पढाइ खर्च उठाउन आम्दानी गर्ने योजना हो । यसले विद्यार्थी विदेश पलायनलाई कम गर्ने लक्ष्य राखेको छ । उक्त परियोजनाअन्तर्गत यस विद्यालयमा अनुदान आएको छैन तर हाम्रो विद्यालयमा पढाइ हुने प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थी तथा विद्यालयमा उपलब्ध सङ्गीत मार्सल, आट्र्स, खेलकुद क्षेत्रबाट सिप आर्जन गरी व्यावसायिक रुपमा कमाइ गर्न थालेनका छन् ।

 शिक्षकले राजनीति गर्छन् भन्छन् तपाई पनि एउटा सङ्गठनमा आवद्ध हुनुहुन्छ के यो ठिक हो ? 

राजनीति मूल नीति हो । त्यसैको आधारमा संविधान कानुन र देशको अन्य राज्य व्यवस्था गाइडेड हुन्छ । देशको सचेत नागरिकका रुपमा शिक्षक समुदाय राजनीतिबाट निरपेक्ष रुपमा अलग हुन सक्दैन । आवश्यक पनि छैन तर शिक्षकको मुख्य पेसा शिक्षण नै हो । उसको प्रमुख दायित्व विद्यालय सुधार नै हो । त्यो कर्तव्यबाट च्यूत हुने गरी राजनीतिलाई पेसा गराउनु उपयुक्त हुँदैन । त्यो गलत हुन्छ । जहाँसम्म सामुदायिक विद्यालय खस्कनुमा शिक्षकलाई मात्र जुन दोष दिइन्छ, त्यो चाँही न्यायोचित हुँदैन ।

सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग तुलना गरेर सामुदायिक विद्यालय खस्किय, शिक्षकले राम्रोसँग पढाउँदैनन् भनेर समाजले दोष दिने परिस्थिति निर्माण भएको छ । सामुदायिक विद्यालय खस्कनुमा धरै कारण छन् । प्रमुख त सरकारले गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय लगानी गर्न सकेको छैन । न्यून शिक्षक दरबन्दी र जीर्ण पूर्वाधारमा सामुदायिक विद्यालय सञ्चालित छन् । दोस्रो सरकारको शिक्षामा द्धौध नीति अर्थात् शिक्षामा निजीकरणको नीति हो । निजी क्षेत्रभित्र निजी मुनाफाको लागि कतिपय अवस्थामा अस्वस्थ प्रतिस्पर्धा माफियाको प्रवेश, सिन्डीकेट निर्माण हुन सक्छ । जहाँसम्म मेरो व्यक्तिगत सवाल हो म राजनीतिबाट अलग छैन । पेसागत नेतृत्व पनि गर्छु तर विद्यालय प्रमुख प्राथमिकतामा रहेको छ र विद्यालयमा व्यापक सुधार पनि भएको छ ।

 अन्तमा केही भन चाहान्नु हुन्छ ? 

मा.वि. सेन्टर स्कुल परिवार विद्यालयको सुधारलाई आफ्नो प्रतिष्ठासँग जोडेर मन वचन कर्मले समर्पित भएर लागेका छौँ । यस विद्यालयमा हरेक बालबालिकाले तहगत र विषयगत सक्षमता उच्च प्राप्त गर्न सकोस् । श्रम र उत्पादसँग जोडिन सकुन् । परिवारको जीवनस्तर सुधार गर्न सकुन् । साथै अभिभावकको विश्वास र साथ सहयोग तथा लगानीको उचित प्रतिफल दिन हामी प्रतिबद्ध छौँ ।