Goraksha

National Daily

सडकमा रोकिएको ट्रकमा ठोक्किदा मोटरसाइलकल चालकको मृत्यु

टेकबहादुर पुन

लमही,१२ बैशाख । लमहीको बनघुस्री खुटीमा पिच सडकमै रोकिएको ट्रक पछाडी मोटरसाईकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।

बनघुस्रीबाट खुटी घरतर्फ जाँदै गरेको प्रदेश ३ ०२००९ प ९८५८ नम्बरको मोटरसाईकल ना १ ख ९५७० नम्बरको रोकिएको ट्रक पछाडी ठोक्किदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा लमही ७ खुटी निवासी मोटरसाईकल चालक बर्ष ४३ का महेन्द्र गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
मँगलबार बेलुका करिब ९ बजे दुर्घटनामा परी घाईते भएका गिरीको उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडी र चालक प्रहरीको नियन्त्रणमा छन । स्थानीयका अनुसार सडकमै गाडी रोकिएर दुर्घटना भएको हो । बनघुस्री खुटीमा सधैजसो वरिपरि गाडी लस्कर रोकिएका हुन्छन । प्रहरीले केहीदिन अघिमात्र पिच सडकमा गाडी रोक्न नपाईने अभियान समेत चलाएको थियो । तर अभियानले सार्थकता नपाउदै गिरीको सोही कारण मृत्यु भएको छ । शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।