calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

नेविसंघले बुझायो १० वटै पालिकामा ज्ञापनपत्र

गोरक्ष समाचारदाता
दाङ, ७ वैशाख । नेपाल विद्यार्थी संघले जिल्लाका १० वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेविसंघको स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको हो ।

जिल्लाको शैक्षिक अवस्थाको निगरानी र शैक्षिक सुधार गर्ने उद्देश्य सहित सबै स्थानीय तहमा ज्ञापन–पत्र बुझाईएको नेविसंघका केन्द्रीय सदस्य निरज गिरीले बताए । उनको नेतृत्वमा नेविसंघको टोलीले जिल्लाको बंगलाचुली गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । ‘जिल्लाको शिक्षा सुधारका लागि स्थानीय तहलाई ध्यानाकर्षण गराउन स्थानीय तहलाई ज्ञापनपत्र बुझाइएको हो’, नेविसंघ केन्द्रीय सदस्य गिरीले भने, ‘हाम्रो यो ध्यानाकर्षणप्रति स्थानीय तह गम्भीर बनेको अवस्था छ, पक्कै पनि शैक्षिक सुधारमा उहाँहरूले थप भूमिका निर्वाह गर्नुहुने छ ।’

नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले नेविसंघले शैक्षिक सुधारका लागि गरेको यो खबरदारीले जिल्लाको शैक्षिक सुधारमा टेवा पु¥याउने बताए । उनले जिल्लाका सबै स्थानीय तहमा पुगेर नेविसंघका प्रतिनिधिले ज्ञापनपत्र बुझाएको पनि बताए । ‘जिल्लाको शिक्षाको गुणस्तरियातालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा गरिएको यो सचेतनासँगै स्थानीय तहलाई गरिएको खबरदारी पनि हो’, नेविसंघका जिल्ला अध्यक्ष पोख्रेलले भने, ‘जिल्लाका १० वटै पालिकामा नेविसंघका प्रतिनिधि खटिएर ज्ञापनपत्र बुझाउने र शैक्षिक अवस्था सुधार्नका लागि आग्रह गर्ने काम भएको छ ।’ अध्यक्ष पोख्रेल नेतृत्वको नेविसंघको टोलीले राजपुर गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी घोराही उपमहानगरपालिकामा आकाश भण्डारीको नेतृत्वमा, तुलसीपुर उपमहानगरपालिकामा शिवराज खनालको नेतृत्व, लमहीमा समिर केसीको नेतृत्व, बबई गाउँपालिकामा अर्जुन भट्टराईको नेतृत्वमा नेविसंघको टोलीले ज्ञापनपत्र बुझाएको छ । यसैगरी दंगीशरणमा घनश्याम घिमिरेको नेतृत्वमा, गढवामा रणबहादुर खड्काको नेतृत्व, राप्ती गाउँपालिकामा अम्रेशकुमार यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ ।