calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

देउखुरीमा आगलागीबाट ८७ वर्षीय बृद्धको मृत्यु,तीन घरगोठ जलेर नष्ट

दाङ,७ वैशाख । दाङको लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका–९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो ।

आगलागी भएको समयमा घरभित्र रहेका अत्यावश्यक कागजात लिन गएको समयमा आगोले जल्दा बोटेको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उहाँको एक घर हुँदै उहाँका भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरी दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार चार बजे आगलागी भएपनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको थियो । जसका कारण आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । घरभित्र रहेको कुनै सामान निकाल्न नपाएको पीडितहरूको गुनासो छ । आगोलाई राती नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी भए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसी, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी घटनास्थल पुग्नु भएको थियो ।