Goraksha

National Daily

लोकतान्त्रिक वर्ष दुई हजार असी

सुभाष न्यौपाने
यो वर्ष दुई हवार असी नेपालको लागि हितकार !
आयो भूँचालो भत्क्यो जाजरकोट पश्चिम रुकुम !!
जाडो गयो बढ्यो गर्मी बनको छैनन् टहरा !
धेरै छन् अनुदान राहत तर तिनको दुःख रहर !!
अरु पनि त्यस्तै छ देशमा लथालिङ्ग छ राजनीति !
बढ्दै छ आर्थिक सङ्कट जनताको विपन्न स्थिति !!
चोरी तस्करीको देशमा नागरिक विमुख भए !
अझै लगाउँछन् फूर्ति मलाई काम गर्न दिइएन रे !!

गत वैशाखको पहिलो शुक्रवारदेखि आज चैत्रको अन्तिम शुक्रवारसम्मको दिनलाई दुई हजार असी साल भनेर सम्बोधन गरियो । नयाँ वर्षको आगमन हुँदा नेपाली जनता जति हर्ष र उल्लासका साथ नव वर्षको स्वागतमा उभिएका थिए । त्यति नै वर्षका दिनहरु बित्दै जाँदा आकांक्षा मडारिँदै गए भने आकांक्षा मर्दै गए । मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको नेपाली जनताले महसुस गरिरहेको बेला नेपाल सरकारका अर्थमन्त्री सचिव र राष्ट्र बैंक नेपालको अर्थतन्त्रालयमा फर्कँदै छ भन्दै कोकिलकण्ठ फिँजाउँछन् । कार्तिक् शत्रमा आएको भुइँचालोबाट जाजरकोट र पश्चिम रुकुमका नेपालीले ठुलो क्षति व्यहोर्नु प¥यो ।

भूकम्पबाट दुःख पाएका नेपाली जनताको सहयोगमा राष्ट्रिय अन्तर राष्ट्रिय दात्रि राष्ट्र र दात्रि संस्थाद्वारा सहयोग गर्ने क्रम अझै बाँकी नै छ । नेपाल सरकारले पनि घटनाको मूल्याङ्कन गरेर राहत पनि तोकेको छ तर बासको उचित व्यवस्थापन हुन नसक्दा कति सुत्केरी र घाइतेको मृत्यु भयो त्यसको जिम्मेवारी लिन चाहन्नन् । अझ भन्छ सरकारले ती सङ्कटमा परेका नागरिकलाई उद्धार र राहत उपलब्ध गराउने क्रममा व्यवधान उत्पन्न भयो रे । सरकारले काम गर्न नसकेको हैन रे, सरकारलाई काम गर्न दिइएन रे । गठबन्धन भत्कियो रे सरकार फेरियो रे ? यस्ता फजुल कुरा गरेर नागरिकका आधारभूत आवश्यकता माथि खेलवाड गर्न पाइन्छ ? राज्य सत्ता सम्हालेर बस्नेले अर्कालाई आरोप लगाएर पन्छिन पाइन्छ ? तिमी सत्तामा जानेले जनतालाई राजनैतिक आस्थाको आधारमा राहत विवरण पद्धति सुरु ग¥यौ । त्यो के तिम्रो बाबुको विर्ता हो ? तिमीले कमाएर ल्याएर जनतालाई पालेका छौ ?

बरु जनताको कमाइ उल्टो तिमीहरुले खाइरहेका छौ । अहिले हामीले बिताएको वर्ष दुई हजार असी तिमीहरुको लागि राम्रो भयो होला, तिमीहरुले लुटेर खाने अवसर प्राप्त गरे हौला तर नेपाली जनताको लागि समग्रमा वर्ष दुई हजार असी फलिभूत हुन सकेको छैन । तिमीहरु सबै देलका च्याम्पियन बन्यौ, कोही तस्करी प्रकरणमा त कोही गिरीवन्धु टिस्टेटमा । तिमीहरुले नगरेको नजानेको केही छ ? मुलुकको लोकतन्त्रसँगै जोडिएको शान्ति प्रक्रियाको पूर्वार्धमा सुरु भएको रक्तचन्दन प्रकरण अहिले सुनखानीमा परिणत भएको छ । सरकर जति नयाँ गठबन्धनको गठन गर्छौ । उति मुलुक तहसनहस बनाउँछौ । तिमीहरु दिन सक्छौ ? तिमीलाई जनताले लोकतन्त्रको नाममा विश्वास गरेका हुन् । तिमीहरु चतुर स्याल बनिरहेका छौ भने तिमीहरु बाघसँग लड्ने कुकुरको फेला पर्दैछौ ।

थाहा छ बाघसँग लड्ने कुकुर कस्तो हुन्छ ? बाघले जहिले पनि सिकार होस् वा सत्रुको घाँटीमा समाउने गर्छ भने ती बाघसँग लड्ने क्षमता भएका ती सम्मानित कुकुरलाई उनका मालिकले सुरक्षाको लागि नेकवेल्ट बाँधेर छोडदिएका छन् तर तिमीहरु स्याल नै हौ । लोकतान्त्रिक नेपालको आधाको दिन भनेर देशबासी सरकारले मान्दै गएको दिन चैत २७ लाई आधार मान्दै आएको दिन हो । उक्त दिनलाई नै अवसरको रुपमा लिएर भेला, समार आन्दोलन सुरु गरेका छन् जनजागरण अभियानको नाममा तर छ्यालिस सालको आन्दोलनको नेतृत्वकर्ता र सहभागी राजनैतिक दल र वर्तमान सरकार भने राष्ट्रिय प्रजातन्त्र पार्टीको उक्त भेला तथा कार्यक्रमलाई प्रतिगमनको प्रतिकात्मक रुपमा गरिएको कार्यक्रमको रुपमा व्याख्या गरिरहेका छन् तर आजको दिसम्म आइपुग्दा नेपाली जनता वर्तमान सरकार र त्यसका गठबन्धन कर्ताको त्यो रोदन स्वीकार्न तयार छैनन् ।

यो अवस्थाको बारेमा ती राजनैतिक दलले राम्रोसँग बुझ्दा राम्रो होला । जसले जनता र लोकतन्त्रको नाममा सत्ता चलाएर खेलाएर आएर डकारेर पनि नपुगेर अझै पनि जनताको नाममा लोकतन्त्र अलाप्दै छन् । लोकतन्त्रको जग खनेको साढे तिन दशक बित्दासम्म पनि जनताले लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् भने तिमी के को लोकतन्त्रको अलाप फाल्छौ ? तिमीले रोएको कराएको पुकारेको चित्कारेको सबै लोकतन्त्र जनताले बुझिसकेका छन् । तिमी सुत खोर र घुसखोरले जनतालाई आफ्नो पक्षमा पार्न फकाउने फूल्याउने दम्काउने तर्साउने कुनै कुकर्म गर्न कोसिस नगर । लोकतान्त्रिक वर्ष दुई हजार असीमा नेपाली जनताको लागि भएको राम्रो काम नेपाली कांग्रेसको गोदावरी सम्मेलनमा उपस्थिति बहुमत सदस्यले हिन्दुराष्ट्र नेपाल कायम गर्ने भन्ने विषयमा हस्ताक्षर गरे जसको कारण नेकपा माओवादी केन्द्रसँग गरिएको नेपाली कांग्रेससँगको गठबन्धनको सरकार विघटन हुन पुग्यो ।

जसको नयाँ गठबन्धनमा नेकपा एमाले सहभागी हुन पुग्यो भने रा.स्व.पा पनि ओलीको इसारामा नै गठबन्धनमा सहभागी हुन पुगेर पार्टी सभापति रवि लामिछाने महत्वपूर्ण पद गृहमन्त्री बनेर मुलुकको सुरक्षा प्रशासन चलाइरहेका छन् । त्यस्तै लोकतान्त्रिका वर्ष दुई हजार असीको उत्तरार्धमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकोले उनले अनुसन्धान प्रक्रियालाई सहज सरल बनाउन गृहमन्त्री पदबाट राजिनामा दिएर संसदलाई जवाफ दिनु पर्ने भन्दै सदन सञ्चालनमा अवरुद्धको उत्पन्न गर्दै आएको नेपाली कांग्रेसले सदनमा २०४७ सालयता सार्वजनिक पद धारणा गरेका सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिन गरिपाउँ भन्दै सदनमा महत्वपूर्ण प्रस्ताव दर्ता गराएको छ, जुन प्रस्ताव नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछिको सबैभन्दा उत्तम प्रस्ताव हुनु पर्छ, जुन देश र जनताको लापिग आवश्यक पनि हो । जो वर्तमानले मागिरहेको छ ।
हिन्दु राष्ट्र नेपाल र २०४७ सालदेखि आजका दिनसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरिपाउँ भन्ने यी दुई एजेण्डा नेपाली जनताले खोजे विषय हुन् । नेपाली कांग्रेसले २०४८ सालको आम निर्वाचन पश्चात एकलौटी सरकार गठन गर्ने बहुमत प्राप्त ग¥यो । त्यसरी बहुमत प्राप्त दलले सरकार गठन गर्दा नेपाली जनता असाध्यै खुसी भए सरकार नेपाली कांग्रेसले गठन ग¥यो सदनमा बहुमत प्राप्त ठुलो दलको हैसियतमा सरकार गठन पश्चात प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध कर्मचारी सङ्गठनले मुलुकभरी आन्दोलनको सुरुवात भयो ।

२०४७ सालको आन्दोलनको सफलता पश्चात बनेको सम्बोधन २०४७ अनुसार मुलुकमा पहिलो आम निर्वाचन सम्पन्न भयो । २०४७ सालको आन्दोलनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एकलौटी सरकारको गठन भए पश्चात आन्दोलनमा बाम गठबन्धनको नेतृत्व गरेको पार्टी नेकपा एमाले आफ्नो अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको भन्ने कुरा नेकपा एमालेका महासचिुव मदन भण्डारीले सार्वजनिक गरेपछि यो मुलुकको कर्मचारी आन्दोलन अगाडि बढ्यो । स्थाई सरकार भनिने एउटा हिस्साले आन्दोलनको घोषणा गरेर अगाडि बढेपछि भर्खर सुरु भएको प्रजातान्धिक पद्धतिको खुला अभ्यास त्यति दरो रुपमा अगाडि बढ्न नसक्ने अवस्थामा पग्याृ । शिशु प्रजातनत्त हुर्कँदै बढ्दै शिोर अवस्थामा पुग्नु पर्ने राजनीति शिशु उठ्ला बसला भन्ने बेलामा शिशु ओँठमुख नै नचलाउने अवस्था पुगेको देखियो ।

त्यतिबेलामा सत्तासिन दल नेपाली कांग्रेसले केही गर्छ कि भनेर कांग्रेसलाई ठुलो पार्टी बनाएर सत्तामा पु¥याय पनि नेपाली कांग्रेसमा त्यो बुद्धि पलाएन । उल्टै आम निर्वाचन २०४८ मा बहुमत ल्याएर एकल सरकार चलाउने अवसर पाएको कांग्रेस मुलुक र जनताको लागि केही गर्न नसकेपछि भइराखेको आफ्नो सदनको अवस्था र एकल सरकार जोगाउन नसकी २०५१ सालमा मध्यावधि निर्वाचनमा होमियो । नेपाली कांग्रेसको त्यो अदुरदर्शी निर्णयका कारण मुलुक अझैसम्म पनि द्वन्द्वको भूमरिमा घुमिरहेको छ । उतिबेलादेखि नै नेपाली कांग्रेसले घुस, भ्रष्टाचारको नियन्त्रणमा चासो देखाएको भए आज आएर नेपाली कांग्रेसले सदनमा २०४८ सालदेखि यतातिरका सबै सार्वजनिक तथा उच्च पदस्त व्यक्तिको सम्पत्ति छानबिन गरिपाउँ भन्ने प्रस्ताव सदनमा दर्ता गराउनु पर्ने थिए । ढिलै भए पनि छानबिन प्रस्ताव सदनमा दर्ता गारनउ सफल भएकोमा नेपाली कांग्रेसलाई नेपाली जनताले धन्यवाद दिएका छन् ।

सहकारी प्रकरणमा मानवीय उपप्रभान तथा मृहमन्त्री रवि लामिछाने तथा उनका सहयोगी जिवि राईले सहकारीको रकम हिनामिना गरेको भन्ने आरोज लागिरहेको छ भने उक्त सहकारी प्रकरण चर्चामा मात्र नभई न्यायीक बहसतर्फ केन्द्रित भइरहेको अवस्थामा फागसन २१ पछिको गठबन्धनको सरकारका आफ्नो जिद्धिपूर्ण मागका साथ सहभागी भएका हुन् । उनका सहकारी सहकर्मी जिवि राई रवि मात्रै हँुदा सिंगपुर मलेसियामा घुमिरहेका थिए रे । त्यही सहकारी प्रकरणमा जि वि. राई र रवि लामिछाने मुछिएको जिवि राई फरार रहेको र रवि लामिछाने सोहप् प्रकरण चर्चामा आएपछि मात्र मन्त्री भएकोले पनि नेपाली कांग्रेसले प्रभाव नष्ट हुन नदिनकाृ लागि भन्दै रवि लामिछानेले सोर्वजनिक गरेपछि नेपाली कांग्रेसले नियम संगतरुपमा २०४८ सालदेखि हालसम्म उच्च पदस्त तथा सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरिपाउँ भनी प्रस्ताव सदनमा प्रस्तुत गरेको छ । अब हेरौ आतुर छन् कांग्रेसको उक्त छानबिनको प्रस्ताव वर्तमान सरकारले जतिसक्यो चाँडो अनुसन्धान कार्यान्वयनमा ल्याओस् भन्ने चाहना राख्छन् । समय धेरै फेरिसकेको छ । जो जति जान्ने भए पनि उसको जति जान्ने अरु पनि भइसकेका छन् ।

त्यसैले म मात्रै सबै जान्ने छु भनेर कुनै पनि व्यक्ति बस्छ भनृ उसले अरुको जति बुझ्दैन भनौ भने नमिल्ला उसको जति जान्ने अरु पनि भइसकेका छन् । मुलुकमा बहुदलीय व्यवस्थाको सुरुवातसँगै राजनैतिक इमान्दारिताको सफलतालाई पर्खिरहेका जनतालाई राजनैतिक दुर्वलता हात लागिरहेको छ । जसको कारण नेपाली जनतालाई नेपाली राजनीतिले नैराश्यतातर्फ उन्मुख गराइरहेको छ । जनता चाहन्छन् हरेक फेरबदल पश्चात जनताको अवस्था फेरिन्छ भन्ने आशा गरिरहेका बेला मुलुकमा फेरिने सबै आले राजनैतिक गठबन्धनले पनि नेपालीको अवस्था फेर्ने काम गर्छ र गर्नुपर्छ भन्ने मानिरहेका थिए । इमानदारीता अनुसार जनसेवा र राष्ट्र निर्माणमा सहभागी हुने कार्यलाई राजनीति भनेर बुझेर बसेका जनतालाई नेपाली राजनीतिज्ञले राजनीति भनेर बुझेर बसेका जनतालाई नेपाली राजनीतिज्ञले राजनीतिलाई ठगेर खाने ढाँटेर खाने विषयको रुपमा परिभाषित गरिरहेका छन् । उनीहरु नै जनतालाई किर्ते जालसाजको बाटो हिडाउँन खोजिरहेका छन् ।

मुलुकमा राजनैतिक दलहरु आफूलाई लोकतन्त्रवादीको अग्रकित्तामा डम्याउन चाहन्छन् लोकतन्त्रलाई विभिन्न शब्द र शब्दावलीमार्फत परिभाषित गर्न चाहन्छन् तर उनीहरुको क्रियाकलाप भने लोकतान्त्रिक मर्म विपरित भइरहेको देखिन्छ । लोकतन्त्रवादी हुने कम्युनिष्ट किन नहुने लोकतन्त्रको परिभाषा मिठरी मिठोसँग व्याख्या गर्छन् तर सत्कर्मनगरेर लोकतन्त्र ढाक्ने शब्दजाल फाल्छन् भनेर लोकतन्त्रको मर्ममा वाण हान्छन् । तैपनि लोकतन्त्र फलाक्न छाड्दैनन् । यदि लोकतन्त्रको शब्द रटान मात्र गर्ने लोकतन्त्रको मर्म अनुसार काम गर्ने वातावरण भएन वा बिग्रीयो भने जनताले कति दिन लोकतन्त्रको नाममा तिमीहरुलाई कति दिन पर्खने तिम्रो लोकतन्त्रलाई कति दिन पर्खने ? तिमीहरुको यस्तै गतिविधिले तिम्रै हातबाट जनताले तिम्रो विकल्प ल्याउन सक्छन् । जनताले इमानदार सम्झेर प्रशंसा गरे भने तिमी त्यस अवसरमा चोर नै भए पनि इमानदार ठहर्छौ । आजसम्म तिमीहरु त्यही आवरणमा थियौ अब तिमीहरुको लोकतान्त्रिक आवरणयुक्त मुकुण्डो खुलिसकेको छ ।

तिमीहरुले लोकतन्त्रको नाममा गरेका कला कर्तुतको पर्दाफास भइरहेको छ । लोकतान्त्रिक वर्ष दुई हजार असी तिमीहरुकै कारण असफल र अनिष्ट जस्तै रह्यो । तिमीहरुकै कारण मुलुक सुनखानी बन्न पुगेको छ । विडम्बना तिम्रो सुनखानी त देश बेच्ने जनता ढाँट्ने खानी पो रहेछ । मुलुकभित्र रहेका राज्यको स्वामित्वका महत्पूर्ण सम्पत्ति अल्झाई बुझाई गरेर आफू र आफन्तको नाममा गराउने अवसर वर्ष रह्यो तर त्यो वर्ष मुलुक र जनताको लागि अनिष्ट सावित भयो । तिमीहरुकै कारण मुलुकको लोकतन्त्र लोकहिततर्फ नभई तिमीहरुको झुण्डको सुविधा र दलका नेताहरुको स्वार्थ शिद्ध गर्नतर्फ लोकतन्त्र अनुमोदित भएको छ । जनता चाहन्छन् अब आउने वर्ष दुई हजार एकासी जनताको वषृ बन्न सकोस् जनताको चाहना पूरा गर्ने वर्ष बन्न सकोस् भन्ने चाहना र कामना बन्न सकोस् ।

वर्ष असी जस्तो वर्ष एकासी दुःखको वर्ष नरहोस नेपाली जनताको लागि भन्ने काममा गर्दछन् । अब जनतालाई ठगेर र ढाँटेर नेपाली जनताले तिमीहरुलाई न त ठुलो मान्छे मान्छन् न त तिम्रो सम्मान गर्ने छन् । यति गर्दा पनि तिम्रा चेत खुल्दैनन् र तिम्रो बुद्धि पलाउँदैन भने तिमीलाई जनताले मान गर्लान् र सम्मान गर्लान् । त्यसैले जनताले तिमीहरुले गरेको सबै कालाकर्तुत नदोहराउने र नपछाउने बाचा गरिरहेका छन् । त्यसैले अब तिमीहरुले आइरहेको र भित्रिरहेको वर्ष दुई हजार एकासीले अब तिमीहरुलाई पछ्याउने छैन । आउँदो वर्षमा नेपाली जनताले लोकतन्त्रको नाममा तिमीहरुको राजनैतिक पञ्जाबाट पक्कै पनि मुक्ति पाउने छन् । मुक्ति पाउने भन्ने कामना गर्दै सवल र सफल नेपाल बनाउने कार्यमा सबैको बराबर सहभागीता रहोस् भन्ने कामनाका साथ नयाँ वर्षको शुभकामना प्रकट गर्दछौँ ।