सिँचाइ कुलोमा राजनीति
युवराज शर्मा
नेपाली राजनीति सिँचाइ कुलोमा पनि छ । यस्ता राजनीतिक छलफललाई हेर्दा छलनीति र कुटनीतिकशैली पाइन्छ । भनिन्छ–राजनीतिक कार्य तर त्यस्ता कार्यहरुलाई हेर्दा खाउनीति बनेको छ । अहिले धेरै जिम्मेवार पदमा बसेका व्यक्तिले नागरिकको आस्थ र विश्वास पाउने वातावरण बनाउन सकेका छैनन् । जता हे¥यो त्यति मानिसमा ठगनीति र विश्वासघात बढेको छ । हरेक निकायमा भएका जनप्रतिनिधिमा शोषण र दमन गरिब तथा निमुखावर्गमा व्याप्त भएको पाइन्छ ।
देशमा दलीय व्यवस्था भएकोले आफ्नो दलबाट भएका कमी कमजोरीमा समेत जनताको आवाज सुन्ने निकायले पनि सुन्न चाहन्नन् । किसान वर्गले खेतीपाती गर्छन् । उनीहरुका लागि सिँचाइ कुलो महत्वपूर्ण हुन्छ तर कुलामा पनि राजनीति चलखेल गर्ने दलीय व्यवस्था छ । सिँचाइ कुलोको पदाधिकारी बन्न दलको हस्तक्षेप हुन्छ । लोकतन्त्र भए पनि छाडातन्त्र बढ्दो छ । यस्तो वृद्धि दलगत नेताबाट भयो भने राजनीतिको स्वरुप लाजनीति भएको छ । यसले किसान वर्गमा निराशा नैराश्यता र वैमनुष्यता बढ्दो छ । किसानले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन् ।
गाउँलेका लागि गर्न चार प्रकारका विकास हुनुपर्छ । गाउँबाट आउजाउ गर्न सुधारिएको सडक, शुद्ध खानेपानी, विद्युतको उज्यालो, सिँचाइको कुलो मर्मत, सुधार र निर्माण हुनु अनिवार्य हुन्छ तर सिँचाइमा पनि राजनीति चल्छ भन्ने ज्ञान किसानलाई थाहा भएन । हरेक क्षेत्रमा दलका मान्छे हुनु पर्ने र दलगत काम हुनु पर्ने राजनीतिज्ञको सोँचाइ छ । उनीहरु भन्छन्–राजनीति दलीय आधार नभएसम्म लोकतन्त्र बलियो हुँदैन भन्छन्–राजनीतिक दलका नेता । जो व्यक्ति दलगत भावनामा छन् । पञ्चायती व्यवस्थामा लोकतन्त्र असल छ भन्थे । त्यस व्यवस्थाका व्यक्ति अहिले धेरै गणतन्त्रवादी बनेर लोकतन्त्रको व्याख्या गरेको किसानले गाउँघरमा गर्छन् । उनीहरुले भन्छन्–जुन तन्त्र आए पनि किसानलाई केही आएन, पाएनन् र रासायनिक मलका लागि पैसा तिर्दा पनि समयमा पाउँदैनन् । बेमौसमी वर्षाले धेरै दुःख झेलिरहेका किसान छन् । जसको काम खेतीपातीमा सीमित छ । उनीहरुले उत्पादन गरेनन् भने खाद्य समस्यालाई टार्न सक्दैनन् । रोजगार पाउँदैनन् । आयस्रोत घरमा छैन । आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक समस्याले पिल्सिरहेका छन् । मलमपट्टी लगाउने राजनीतिज्ञ नै हुन् । यस्तो वातावरणमा कसरी सधार गर्ने सिँचाइ गर्ने कुलोको ? चिन्तामा किसान छन् ।
नेपालका किसानको मरणपोषणको आधार नै खेतीपाती हो । अन्न भण्डार जमिन बाँझो रहने दुई कारण छन् । प्रथम हो, सिँचाइको अभावमा र दोस्रो कारण हो, युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेर । यी दुई कारणले गर्दा नेपाल खाद्य आयात गर्ने देशमा पर्छ । बढ्दो जनसंख्या र सहर विस्तारको लहरले गर्दा गाउँमा हिलो धुलो झी वर्षा सहेर खेतीपाती गर्न छाडे । उब्जनी हुने जमिनमा सहर बन्न लागे तर मानिसलाई ज्ञान भएन कि उब्जाउ जमिनमा सहर बसाएर हुँदैन । खाद्य सङ्कट बढ्छ । नागरिकको मरणपोषणको लागि उब्जनी हुने जमिन मासेर सहर बजार बसाल्दा खेतीयोग्य जमिन हुँदैन । यस्ता कार्यलाई निरुत्साहित गरेर खाद्य उत्पादनलाई वृद्धि गर्नु राज्यको दायित्व हो । यसतर्फ नेपाल सरकारका तीनै तहमा भएका जनप्रतिनिधिको जवाफदेहिता पाइन्न । युवा जनशक्तिलाई विदेश पठाएर रेमिट्यान्स भित्र्याउने काम गर्दछ ।
यसैमा राष्ट्रको उन्नती र आर्थिक विकास मान्छ । यसले राष्ट्रलाई कमजोर बनाउँछ भन्ने ज्ञान नेपाली राजनीतिमा पाइन्न । राजनीतिले ठिक मार्ग समात्न सकेन भने लाजनीतिमा परिणत हुन्छ । त्यहाँ भ्रष्टाचार बढ्छ । भ्रष्ट आचरण मान्छेमा बढ्दै गयो भने लुप्तनाको विकास हुन्छ । अहिले नेपालमा पनि त्यस्तै भएको अवस्था छ । यसको निराकरण नभएसम्म नेपाल पनि विकासोन्मुख देश बन्दैन भन्छन्–अर्थशास्त्री । बढ्दो छ । जमिन छ तर सिँचाइ प्रवन्ध छैन भने कसरी खतेी गरे अन्न उब्जाउने ? यस्ता समस्यामा किसान पीडित छन् । उनीहरुको पीडा सुन्ने नै सरकार हो । सरकारबाट पीडा सुनेर समाधान गरिँदैन भने सरकार भएको अनुभूति नागरिकले गर्दैनन् । जनताको सरकार भने पनि जनताप्रति उत्तरदायी बन्न सकेन भने जनताको आशा मर्छ । उनीहरुमा निराशा बढ्छ । वर्तमान समयमा त्यस्तै वातावरण सरकारी कार्यशैलीमा छ । जनउत्तरदायी भूमिका निर्वाह गर्न नसकेको झल्किन्छ ।
आजको समयलाई नियाल्खा किसानलाई सरकारले जे दिनु पर्ने हो, त्यो विषय गाउँ बनेको छ । किसानको माग नै सिँचाइ कुलो निर्माण पक्कि बनाइ दिने हो । यो काम गणतन्त्र आएको ७ वर्ष बित्दा पनि भएन । अब कहिले हुने हो, अत्तोपत्तो छैन । सानो ठुटे पिपलको सिँचाइ कुलो योजना सातौँ वर्षमा पनि भएन । अब आठौँ वर्षमा के हुने हो ? भन्न सकिन्न । यस्तो कछुवा गतिमा सरकारी योजना चल्ने हो भने हाम्रो देश नेपालको विकास योजना एक दशकमा पनि पूरा होला भन्ने अवस्था छैन । गाउँको सडक। विद्युतीकरण, खानेपानी जस्ता विषयमा विकास गर्ने प्रष्ट आधार सरकारी योजनामा देखिन्न । अझ सिँचाइ कुलो बन्ने योजना पनि आकाशको फल आँखा तरी मर भन्ने उखानमा सीमित छ ।
सिँचाइ कुलो निर्माण जनताको लागि खाद्य उत्पादनमा महत्व छ । यसको निर्माणमा राजनीति गर्नु लाजनीति भएको छ । दलीय राजनीतिले आफ्नो दल र बिरानो दलको भावना देखाउनु राजनीति गर्नेहरुको मानसिक कमजोरी हो । यसले समाजमा वैरभाव देखाउँछ । वैमनुष्यता बढाउँछ । नेतालाई आत्मसम्मान बढ्छ तर जनतामा निराशा, वैमनुष्यता र वितृष्णा बढेको छ । किसान सिँचाइ कुलो नबनेपछि निराश छन् । राजनीतिमा लाजनीति देखिएको छ । यसको दोषी सरकार हो । घोराही–१ मा पर्ने ५१७ मिटर लामो सिँचाइ कुलोका कारण समस्या भोग्दै आएका छन् । वृहत दाङ उपत्यका सिँचाइ कार्यालयमा जग्गा धनीले माग गरे तापनि सरकारले रकम उपलब्ध गराएन । किसानको समस्याको समाधान भएन । पक्की कुलाको अभावमा खेतीयोग्य जमिन बाँझो हुने समस्या छ । यस्ता सिँचाइ कुलोमा राजनीति नगर्न पनि सल्लाह छ । सिँचाइ कुलो खेतीपातीको कामका लागि हो, नकि राजनीति खेल्नका लागि ।