देवी पाटन यात्रा भारतको जनकपुर प्रस्थान

लिला शाह
कोइलाबास।२९ चैत्र । दाङको घोराहीस्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतको जनकपुर प्रस्थान गरेको छ । गत चैत २३ गते घोराहीको गोरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङको कोईलाबासबाट भारत प्रस्थान गरेको हो ।

यात्रा टोलीले शुक्रबारसम्म भारतको जनकपुरमा रहेको सिद्वरत्ननाथ मठमा विश्राम लिने भएको छ । नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेराबाट हरेक वर्ष चैत्र पञ्चमीका दिन भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्ने परम्परागत चलन छ । भारत जनकपुरमा दुई दिन विश्राम गरि २०८१ साल बैशाख १ गते पचमीका दिन देवी पाटन पुग्ने गरि यात्रा अघि बढेको महायात्रा आयोजक समितिका अध्यक्ष महन्त सुरतनाथ योगीले जानकारी दिएका छन् ।

भारत प्रबेश गर्दा नेपाल भारत सिमाबर्ति क्षेत्र कोईलाबासमा आइपुगेका भारतीय भक्तजनहरूले यात्रामा सहभागीहरूलाई बिहिबार बिहान पुष्प वर्षा गराउँदै भब्य स्वागत गरेका थिए ।

हरेक वर्ष निरन्तर रूपमा भइरहेको देबिपाटन यात्रा ८०९ देखि निरन्तर चल्दै आएको इतिहास छ । चैत्र २३ गते घोराहीबाट विशेष तामझामका साथ सुरु भएको छ । यात्रा लमही नगरपालिका ६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाईपछि बुधाबार बिहान कोइलाबास पुगेको थियो । भारतको जनकपुरको२९ र ३० गते जनकपुरको विश्राम पछि वैशाख १ गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देविपाटनका लागि विशेष तामझामसहित गोरक्ष पात्रदेवताको रथयात्रासहितको महायात्रा प्रस्थान हुनेछ ।

नयाँ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देविपाट पुगिने कार्यतालिका रहेको छ भने वैशाख ६ गतेसम्म देविपाटको बसाईपछि ६ गतेको रात्रिकालीन समयमा देविपाटबाट पुनःरत्ननाथ मन्दिर चौघेराको लागि फिर्ता हुने कार्यक्रम रहेको छ । सात गते पुनःरत्ननाथ मन्दिर चौघेरामा पात्रदेवतासहितको टोली आइपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने जनाइएको छ ।
एतिहासीक रत्ननाथ देबिपाटन यात्राले नेपाल र भारतबिचको सास्कतक सम्बन्धलाई थप मज्बुत बनाउन सहयोग पुग्ने भारत जनकपुरका मठाधिश प्रदिप पाण्डेयले बताएका छन् ।