आध्यात्मीक गुरु धारण गर्दाको खुसी

दैनिक कर्ममा होस वा राजनीतिदेखि समाजमा हुने ठुला साना काममा उनी सधै क्रियाशील हुन्छन् । कर्मसील मिजासीला तुलसीपुर– ५ निवासी शिशिर लामिछानेको खुसीका पलहरु धेरै भएको बताउछन् । ‘मानिसको जिवनमा सुख र दुःखका दुई पाटाहरु हुन मानिस केहि राम्रो भयो भने खुसी हुन्छ र नराम्रो भयो भने दुखी हुन्छ –उनले भने ।’ लामिछानेले मानिस सुखमा र दुःखमा दुवैमा समान भयो भने जिवनमा प्रगतिको बाटोमा लम्किन सक्ने बताउछन् ।

उनको बाल्यकाल खुसीसंगै वित्यो विद्यालय स्तरको पढाईमा पनि उनी अवलनै थिए । विस २०५४ सालमा घोराहीस्थीत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका लामिछानेले एसएलसी पासगर्दा आफु खुसी भएको सुनाए । ‘हाम्रो बाल्यकालको लक्ष्य उद्धेश्य भनेकै पढने थियो, पढाई पछिनै अरुकुराको निर्धारण गर्नेहो त्यसैले मेरो पहिलो खुसी एसएलसी पास गर्दाको दिननै हो –लामिछानेले भने ।’ उनले विगत सम्झदै भने ‘त्यो बेलाको सम्झनुहोसत विद्यालय स्तरको पढाई सक्दा र आफु उत्र्तिण हुँदा कस्तो संसार जिते जस्तो लाथ्यो अहिलेपो महत्व छैन् ।’

उनले जीवनमा अन्य खुसीहरु पनि भएको बताए । त्योसंगै उनी एसएलसीपछि नयाँ जोस र उमंग बोकेर उच्च शिक्षा हासिलका लागि काठमाण्डौ गएको बताए । उनले काठमाण्डौमा बस्दा साथीभाई हुने खाने जागीर खादै पढदै गरेकाहरुसंग साथ संगत भएको सम्झिए । ‘हामीसंग सिमित घरबाट पठाईको पैसा हुन्थ्यो अटकलेर खर्च गर्नु पर्ने अवस्था थियो त्यति वेला एउटा कम्पनीमा मैले जागीरका लागि आफ्नो बायोडाटा पेश गरेर र म सफल भए त्यो मेरो अर्को खुसीको पलहो –उनले भने ।’

२०५८ सालमा म व्याजलर बण्दै गर्दा खेतान ग्रुपको हिमालयन स्न्याक्स एण्ड नुडल्समा जागीर खान पाउँदा आफु निकै खुसी भएको सम्झीए । त्यो दिन मेरो अर्को खुसी थपिएको थियो मेरो दोस्रो खुसी त्यो पनि हो उनले भने । त्यस्तै उनले आफु बैवाहिक जिवनमा बाध्यीको दिनपनि खुसी भएको बताए । ‘म पहिले एकलै थिए पछि मेरो जिम्मेवारी थपीयो अव म होइन हामी भयर जिवन जिउने भयो भन्ने मलाई त्यति वेला लागेको थियो – लामिछानेले भने ।’ त्यस्तै २०६१ सालमा नेपाल टे«ड युनियन काँग्रेस युवा समितिको दाङ जिल्ला अध्यक्षमा सर्वसमत भई केन्द्रमा पहिलो पटक चुनाव लडेर चुनाव जित्दा अर्को खुसी लागेको सुनाए । केन्द्रीय सदस्यमा साथी भाईले चुनाव लडर्नु पर्छ भनेर युवा केन्द्रिय सदस्यमा चुनाव लडेर चुनाव जित्दा अर्को खुसी प्राप्त भएको उनलेसुनाए ।

लामिछानेले जिवनको दौरानमा आफु मोटरसाइलक द्ुर्घटना परेको र आफुले अव जिवन यतिनै रहेछ भनेर हिक्मत हारेको सुनाउदै त्यस पछि आफुले नयाँ जिवन पाउँदा अर्को खुसी लागेको सुनाए । ‘केहि बर्ष अगाडी मेरो ठुलो दुर्घटना भएको थियो तर म उपचार पछि सन्चो भए त्यो अवस्था बाट आज यो अवस्थमा आउँदा मेरो खुसीको सिमानै रहेन – लामिछानेले भने ।’ त्यस्तै लामिछानेले अर्को खुसी प्रभु इन्स्योरेन्समा जागीर भएको दिन निकै खुसी भएको सुनाए । ‘मैले प्रभु इन्स्योरेन्समा जागीर संगै अधिकृत भमएको दिन म निकै खुसी भएको थिय त्यो खुसी पनि लेखिदिनुहोला – लामिछानेले मुस्कुराउदै भने ।’

समाज सेवा जागीर संगै राजनितिमा लागेको लामिछानेले नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत वडा इकाई समितिको निर्वाचनमा उपसभापतिमा निर्वाचित हुँदा अर्को खुसी मिलेको सुनाए । ‘मानिसको खुसीको सिमा नै हुदैन मानिसले जुनकुरा पाएको हुदैन त्यो कुरा पाउँदा उ खुसी हुन्छ –लामिछानेले भने ।’

उनले समाज सेवा राजनीति तथा जागीरमा आफुलाई सवैले सहयोग गर्दा खुसी लाग्ने गरेको सुनाए । ‘मलाई सवैको साथ सहयोग छ मैले सवै क्षेत्रमा आफ्नो दिएको जिम्मेवारी पुरा गर्छु मलाई सवैले विश्वास गर्नुहुन्छ त्यहिनै मेरो लागि खुसीको कुराहो लामिछानेले भने ।’ उनले विभिन्न समयमा विभिन्न सामाजिक काममा आफुले सेवा गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए ।

उनी जस्ता पढे लेखेका साथीहरु विदेशिए पनि उनले आफ्नै देश र आफ्नो ठाउँमा सानो भयपनि यहि बसेर पसिना बगाउनु पर्छ भने मान्यता दिएको बताए । लामिछानेले आफ्नो सवैभन्दा धेरै खुसी आध्यात्मीक गुरु धारण गरेको दिन भएको बताउछन् । ‘मानिसको भौतिक खुसी केहि क्षणको लागिहो आध्यात्मीक खुसीनै सवै भन्दा बढी महत्व पूर्ण छ –लामिछानेले भने ।’ तुलसीपुर– ५ निवासी युवा शिशिर लामिछाने प्रभु इन्स्योरेन्स तुलसीपुरका अधिकृत हुन् ।