मावि तुलसीपुर सेन्टरमा विशिष्ट सुविधासहित कक्षा सञ्चालन हुने 

तुलसीपुर, २८ चैत ।  माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले शैक्षिक सत्र २०८१ लाई शैक्षिक सुधार बर्षको रुपमा लिएको छ ।
त्यस्तै शैक्षिक गुणस्तर बृद्धिगर्नको लागि ब्यवस्थापकिय पक्षमा आवश्यक सुधार गर्ने र शैक्षिक सत्र २०८१ मा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ र सम्पूर्ण शिक्षक कर्मचारीका छोराछोरीलाई विद्यालयमा भर्ना गर्ने सर्वसहमतिबाट निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिएका छन् ।
जस अन्तर्गत हालसम्म ८  जनाले भर्ना गरेको उनले बताए । सामुदायिक विद्यालयको प्रतिष्ठा बढाउन आफुहरु लागेको उनले बताए ।  बिद्यालयका प्रधानाध्यापक पौडेलले  तहगत कक्षाका बिद्यार्थीहरुले सोही अनुरुपमा शिक्षण सिकाई प्राप्त गर्ने गरि बिद्यालयले शैक्षिक सुधार गर्ने उदेश्यका साथ रणनीति र सुचक समेत निर्माण गरेको जानकारी दिए ।
बिद्यार्थीहरुले शिक्षण सिकाई र शिक्षक शिक्षीकाले अध्यापन गराएको मापन गर्न अनुगमन र मूल्यांकनको बिधि समेत अपनाईने उनले बताए  ।
२०२७ सालमा स्थापना भएको यस बिद्यालय गत शैक्षिक सत्रमा बिभिन्न तहमा गरि २५ सय बिद्यार्थी अध्ययनरत थिए । भौतिक पूर्वाधार,आर्थिक श्रोत ब्यबस्थापन,बिद्यार्थी संख्याको अनुपातमा निकै सुधार गरेको प्राविधिक शिक्षालय मेघा बिद्यालयले २५ सय भन्दा बढि बिद्यार्थी भर्ना गर्न नसक्ने समेत बताएको छ ।
स्थायी,राहत,अस्थायी,नीजि लगायत गरि ८५ जना शिक्षक शिक्षीका कार्यरत यस बिद्यालयमा दक्ष जनशक्तिको रुपमा थप १० जना शिक्षक भर्ना गर्ने र तीन तहको पठन पाठन सञ्चालन गर्ने तयारी भईरहेको उक्त बिद्यालयले जनाएको छ ।
सामुदायिक बिद्यालय भएकै कारण समुदायको आवश्यकता र माग अनुसार नेपाली भाषामा आधारित,अग्रेजी भाषामा आधारित र बिशिष्ट सुबिधायुक्त कक्षा गरि ३ वटा माध्यमबाट कक्षाहरु सञ्चालन हुने छन् । विद्यालयले विशिष्ट सुविधायुक्त कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । बिशिष्ट सुबिधायुक्त कक्षा सञ्चालनका लागि भने प्रति बिद्यार्थी २ हजार शुल्कको ब्यबस्था गरिएको उनले बताए ।
 ‘कोहि पैसा तिर्न सक्नेले यो सुविधा लिन्छु भन्नु हुन्छ भने हामीहरुले  वातावरणअनुकुलन कक्षाकोठा,डिजिटल प्रबिधि र अन्य बिशेष सुबिधा बिद्यार्थीले प्राप्त गर्ने छ– पौडेलले भने ।’ यस बाफत आएको रकमले अन्य विद्यार्थीहरुका लागि भौतिक सुधार देखि शिक्षकहरुको व्यवस्थापन गर्ने उनको भनाई छ ।